Home Bibles नहेम्याह 2:3 · नेपाली बाइबल
नहेम्याह 2:3 · नेपाली बाइबल

मैले राजालाई भने, “राजा सदैव जीवित रहुन्। मेरो अनुहार किन उदास नहुनु जब त्यो शहर जहाँ मेरो पिता-पुर्खाहरू गाढिएका थिए। त्यो भग्नावशेष मात्र छ अनि त्यसका द्वारहरू आगोले नष्ट भएकाछन्।”

Cross references

1 राजा 1:31

तब बतशेबाले राजा दाऊद सामु भुईंमा निहुरेर ढोग गरिन्। अनि भनिन्, “दाऊद राजा दीर्घायु होऊन्।”

2 इतिहास 21:20

योराम बत्तीस वर्षका थिए जब तिनी राजा भए। तिनले आठवर्षसम्म यरूशलेममा शासनगरे। जब योरामको मृत्यु भयो तब कुनै व्यक्ति दुःखित भएनन्। मानिसहरूले योरामलाई दाऊदको शहरमा गाडे, तर राजाहरूलाई गाडिने चिहानमा होइन।

2 इतिहास 28:27

आहाजको मृत्यु भयो अनि तिनका पुर्खाहरू सित गाडिए। मानिसहरूले आहाजलाई यरूशलेम शहरमा गाडे। तर तिनीहरूले आहाजलाई त्यो चिहानमा गाडेनन् जहाँ इस्राएलका राजाहरूलाई गाडिन्थ्यो। हिजकियाह आहाजका स्थानमा नयाँ राजा भए। हिजकियाह आहाजका छोरा थिए।

2 इतिहास 32:33

हिजकियाहको मृत्यु भयो अनि आफ्ना पुर्खाहरूसित गाडिए। मानिसहरूले हिजकियाहलाई डाँडामा गाडे जहाँ दाऊदका पुर्खाहरूका चिहानहरू छन्। यहूदाका अनि यरूशलेममा बस्ने सबै मानिसहरूले हिजकियाहलाई सम्मान प्रदान गरे जब तिनको मृत्यु भयो। मनश्शे हिजकियाहका स्थानमा नयाँ राजा भए। मनश्शे हिजकियाहका छोरा थिए।मनश्शे यहूदाका राजा

नहेम्याह 1:3

तिनीहरूले मलाई भने, “यहूदा प्रदेशमा, देश निर्वासनबाट बाँचेकाहरू जो थिए, तिनीहरू अत्यन्त कष्ट र अपमानमा छन्। अनि यरूशलेमको पर्खाल भत्केकोछ, त्यसका द्वारहरू आगोले जलेका छन्।”

एस्तर 8:6

किनभने यदि मैले मेरा मानिसहरूले भोग्नु पर्ने त्यो यातना देख्नु पर्यो भने म कसरी सहन सक्छु! अनि यदि मैले मेरा कुलको विनाश देख्नु पर्यो भने कसरी सहनु?”

भजनसंग्रह 38:7

मलाई ज्वरो आएको छ, अनि मेरो सम्पूर्ण शरीर कट्-कट् खाइरहेछ।

भजनसंग्रह 102:14

तपाईंका दासहरूले उनको, ढुङ्गाहरू मन पराउनेछ, तिनीहरूले त्यो शहरको धूलोलाई सम्म मन पराउने छन्।

भजनसंग्रह 102:15

मानिसहरूले परमप्रभुको नाउँको उपासना गर्नेछन्। परमेश्वर, पृथ्वीमा भएका राजाहरूले तपाईंलाई सम्मान गर्नेछन्।

भजनसंग्रह 137:6

यरूशलेम यदि मैले तिमीलाई भुलेको भए तब म भरोसा गर्छु फेरि कहिल्यै गाउने थिईन्। म कसम खाँन्छु, म तिमीलाई कहिलै भुल्ने छैन।

विलाप 2:9

यरूशलेमका सबै फाटकहरू भूइँमा भासिए। यहाँले फाटकका सबै डण्डाहरू टुक्र्याई धुलो पार्नुभयो। उहाँका राजा र राजकुमारहरू अरू कुनै राष्ट्रमा छन्। उनीहरूलाई अब शिक्षा दिइने छैन। र यरूशलेमका अगमवक्ताहरूले पनि परमप्रभुबाट कुनै दर्शन पाएनन्।

दानियल 2:4

त्यस विषयमा कल्दीहरूले अरामी भाषामा बोल्दै उत्तर दिए, “महाराज अमर रहुन! हामी तपाईंका सेवकहरू हौं। तपाईंले आफ्नो सपना हामीलाई बताउनु होस् अनि हामी तपाईंलाई त्यसको अर्थ बताउँछौं।”

दानियल 3:9

तिनीहरूले राजा नबूकदनेस्सरलाई भने, “हे राजन, तपाईं अमर हुनुहुन्छ।

दानियल 5:10

राजा र अधिकारीहरूको हल्ला-खल्ला सुनेर राजमाता भोजमा आइन् र राजमाताले भनिन्, “राजा अमर रहुन। नडराऊ।

दानियल 6:6

त्यसपछि ती मंत्रिहरू र सल्लाकारहरू अनि प्रांन्तका बडाहाकिमहरूले राजाकहाँ आएर भने, “राजा दारा अमर रहुन।”

दानियल 6:21

दानियलले राजालाई जवाफ दिए, “महाराज अमर रहुन्।

Interlinear

Choose Theme