Home Bibles ☰ Books एस्तर 2:23 · नेपाली बाइबल
एस्तर 2:23 · नेपाली बाइबल

त्यो कुराको छानबीन गरियो त्यो सत्य पाइयो र ती दुईलाई रूखमा झुण्ड्‌याइयो। अनि यो घट्ना राजको इतिहासमा लेखियो।

Cross references

उत्पत्ति 40:19

तीन दिनभित्र राजा यहाँ आउनु हुनेछ अनि तिमी कैदबाट मुक्त हुनेछौ। तब राजाले तिम्रो टाउको छिनाउनु हुनेछ अनि तिम्रो शरीर खुट्टामा झुण्ड्याउँनु हुनेछ अनि तिम्रो शरीरको मासु चराहरूले खानेछन्।”यूसुफलाई बिर्सिन्छन्

उत्पत्ति 40:22

तर फिरऊनले मुख्य रोटी पकाउनेलाई फाँसी दियो अनि यूसुफले जे जे हुन्छ भनी बताएको थियो त्यही भयो।

व्यवस्था 21:22

“कुनै एकजना मानिस पापको दोषी हुन सएछ र त्यसलाई मृत्यु दण्ड दिन सकिन्छ। मानिसहरूले त्यसलाई मारेर एउटा रूखमा उसको शरीर झुण्डाउन सएछन्।

यहोशू 8:29

यहोशूले ऐका राजालाई एक रूखमा झुण्ड्याए। तिनले उसलाई साँझसम्म त्यतिकै झुण्ड्याइ राखे। सूर्यास्तको समयमा यहोशूले आफ्ना मानिसहरूलाई ऐका राजाको मृत-शरीरलाई रूखबाट झार्नु भने। तिनीहरूले त्यसको मृत-शरीरलाई शहर-द्वारमा खसाइ दिए। त्यसपछि तिनीहरूले मृत- शरीरलाई ढुङ्गाले ढाकि दिए। त्यो ढुङ्गाको थुप्रो आज सम्म त्यहाँ छ।आशिर्वाद एवं अभिशापहरूको पठन

एज्रा 4:15

जसमा कि तपाईका पिता-पुर्खाहरूका अभिलेखमा खोजि गरियोस्। यी अभिलेखहरूमा तपाईंले यो पाउनुहुनेछ अनि जान्नु हुनेछ कि त्यो एक बागी शहर हो। एक शहर जसले राजाहरू अनि देशहरू प्रतिघात पुर्याउँछ धेरै अघि देखिनै त्यो देश भित्र विद्रोह भईराइराखेको छ। यसैकारणले गर्दा त्यो शहर ध्वंश भएको थियो।

एस्तर 5:14

तब तिनकी पत्नी अनि तिनका सबै मित्रहरूले तिनलाई भने एउटा 75 फीट अग्लो फाँसी बनाऊ। अनि राजालाई विहान भन, “मोर्दकैलाई त्यसमा झुण्डयाउनु होस्। त्यसपछि खुशीसित राजासंग भोजमा जानुहोस्।” त्यो विचार हामानलाई उत्तम लाग्यो अनि तिनले फाँसी बनाए।

एस्तर 6:1

त्यो रात राजालाई निन्द्रै लागेन। तिनले आफ्ना सेवकहरूलाई दफतरको लेख पुस्तक आफू कहाँ ल्याउनु भने अनि त्यो राजालाई पढेर सुनाइयो। जब बिग्ताना अनि तेरेश।

एस्तर 7:10

यसरी तिनीहरूले हामानलाई त्यही फाँसीमा झुण्डयाए जो तिनले मोर्दकैको निम्ति बनाएका थिए। अनि राजाको क्रोध शान्त भयो।

एस्तर 10:2

अनि मोर्दकैका महानकार्यको विवरण, जसलाई राजाले पदोन्नति प्रदान गरेका थिए के ती मेदिया अनि फारसका राजाहरूका इतिहासमा लेखिएका छैनन्? साँच्चै यहूदी अनि मोर्दकै राजा अहासूरसका दोस्रो राजा थिए।

मलाकी 3:16

परमेश्वरका भक्तहरूले एक-अर्कामा कुरा गरे जुन परमेश्वरले सुन्नुभयो। उहाँसंग एउटा पुस्तक छ जुन पुस्तकमा परमेश्वरका भक्तहरूको नाउँ छन् ती उनीहरू नै हुन् जसले परमेश्वरको नाउँको सम्मान गर्छन्।

Interlinear

Choose Theme