Home Bibles ☰ Books एस्तर 10:2 · नेपाली बाइबल
एस्तर 10:2 · नेपाली बाइबल

अनि मोर्दकैका महानकार्यको विवरण, जसलाई राजाले पदोन्नति प्रदान गरेका थिए के ती मेदिया अनि फारसका राजाहरूका इतिहासमा लेखिएका छैनन्? साँच्चै यहूदी अनि मोर्दकै राजा अहासूरसका दोस्रो राजा थिए।

Cross references

1 राजा 11:41

सुलेमानले आफ्नो शासन कालमा धेरै महान् अनि विवेकपूर्ण काम गरेका थिए। यी सबै काम सुलेमानको इतिहास नाउँक पुस्तकमा लेखिएका छन्।

1 राजा 14:19

राजा यारोबामले अरू धेरै कामहरू गरेका थिए। उनले युद्धहरू लेडे अनि जनगणमाथि शासन गरिरहे। उनले गरेको सबै कामहरू ‘इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा’ लेखिएका छन्।

1 राजा 22:39

सबै कामहरू जो राजा आहाबले आफ्नो शासन कालमा गरेका थिए ‘इस्राएलका राजाहरूको इतिहासको, पुसतकमा लेखिएको छ। अनि त्यस किताबले हात्तीको दाँतको विषयमा बताउँदछ जसद्वारा राजाले महललाई अझै सुन्दर बनाएका थिए। पुस्तकले त्यस शहरको वर्णन गर्छ जसलाई राजाले बनाएका थिए।

एस्तर 2:23

त्यो कुराको छानबीन गरियो त्यो सत्य पाइयो र ती दुईलाई रूखमा झुण्ड्‌याइयो। अनि यो घट्ना राजको इतिहासमा लेखियो।

एस्तर 6:1

त्यो रात राजालाई निन्द्रै लागेन। तिनले आफ्ना सेवकहरूलाई दफतरको लेख पुस्तक आफू कहाँ ल्याउनु भने अनि त्यो राजालाई पढेर सुनाइयो। जब बिग्ताना अनि तेरेश।

एस्तर 8:2

तब राजाले औठी फुकालेर जो तिनले हामानकोबाट फिर्ता लिएका थिए। अनि तिनले त्यो मोर्दकैलाई दिए। तब एस्तरले मोर्दकैलाई हामानको घरको जिम्मा दिइन्।

एस्तर 8:15

मोर्दकैले नीलो अनि सेतो वस्त्रले बनाएको राजवस्त्र, पहिरेर, एक विशाल सुनौला मुकुट र सेतो सूतीवस्त्र अनि बैजनि वस्त्र पहिरेर मोर्दकै राजाको उपस्थिबाट गए। अनि शूशन शहरका मानिस कराए र खुशी मनाए।

एस्तर 9:4

तिनीहरू मोर्दकैसित डराएका थिए। किनभने मोर्दकै राजा महलमा एक मुख्य व्यक्ति थिए, अनि समस्त प्रान्तमा तिनको प्रभाव अनुभव गरिएको थियो किनभने मोर्दकैका धेरै भन्दा धेरै शक्तिशाली मानिसहरू थिए।

भजनसंग्रह 18:35

परमेश्वर तपाईंले रक्षा गर्नुभयो र मलाई जित्नमा सघाउनु भयो। तपाईंको दाहिने पाखुराले मलाई सघाउनु भयो। तपाईंले शत्रुलाई परास्त गर्नमा सघाउनु भयो।

दानियल 2:48

यसपछि राजाले दानियललाई सम्मान पूर्वक आफ्नो राज्यको महत्वपूर्ण पदमा नियुक्ती गरे अनि धेरै बहुमूल्य उपहारहरू पनि दानियलाई दिए। दानियललाई सम्पूर्ण बाबेल प्रदेशको शासक नियुक्ती गरे अनि दानियललाई बाबेलको सबै ज्ञानी मानिसहरूको प्रधान बनाइदिए।

Interlinear

Choose Theme