Home Bibles ☰ Books एस्तर 2:10 · नेपाली बाइबल
एस्तर 2:10 · नेपाली बाइबल

एस्तरले आफ्ना मानिसहरू वा आफ्ना पुर्खाहरू को बारेमा केही बोलिनन् किन भने यस विषयमा बोल्न मोर्दकैले तिनलाई निषेध गरेका थिए।

Cross references

रूथ 3:6

यसर्थ रूथ तल ढीकी कुट्ने ठाउँमा गइन्। रूथले आफ्नी सासूले तिनलाई गर्नु भनेका सबै कुरा गरिन्।

एस्तर 2:7

मोर्दकैकी एकजना भतिजी थिई जसको नाउँ हदस्सा थियो। उसको आमा-बाबु मरिसकेका थिए। मोर्दकैले उसलाई धर्म-पुत्रीको रूपमा ग्रहण गरेको थियो। हदस्सालाई एस्तर पनि भन्निथ्यो। एस्तरको शारीरिक गठन अनि अनुहार सुन्दर थियो।

एस्तर 2:20

एस्तरले अझ पनि आफ्ना मानिसहरूको अथवा आफ्नो वंशको विषयमा मोर्दकैले आदेश दिए अनुसार अरूलाई भनेकी थिइनन्। अनि उसको निगरानीमा हुँदा जस्तै तिनले मोर्दकैको आज्ञा पालन गरिन्।

एस्तर 3:8

अनि हामानले राजालाई भने, “तपाईंको राज्यको प्रत्येक प्रान्तमा मानिसहरू माझ एक थरिका मानिसहरू छरिएका अनि छुट्टीएका छन्। अनि तिनीहरूको दस्तुर सबै मानिसहरूको दस्तुर भन्दा भिन्नैछ। तिनीहरू राजाको नियमहरू मान्दैनन्, राजालाई त्यो कुरा अशैय भयो।

एस्तर 4:13

तब मोर्दकैले यो जवाफ एस्तरलाई पठाए “तिमी स्वयंले यो नसोच कि राजाको दरवारमा बस्छु भनेर सबै यहूदीहरू मध्ये तिमी उम्कने छ्यौ।

एस्तर 7:4

किनभने म र मेरा मानिसहरू विनाश हुन मारिन र ध्वंश गरिन बेचिएका छौं। यदि हामी कमरा स्वरूप मात्र बेचिएको भए म शान्त हुने थिएँ। म यस्तो तुच्छतामा राजालाई झन्झट दिने थिईंन होला। म चुपचाप भए पनि हुनेथियो किनभने यस्तो अर्थ दासत्व सच्चाईले राजाले राजालाई दुखित नबनाएको भए पनि हुने थियो।”

मत्ती 10:16

“सुन! म तिमीहरूलाई ब्वाँसोका बीचमा भेडाझै गरी पठाउँछु। यसकारण सर्पझैं चनाखो बन। अनि ढुकुर झैं सोझो बन।

एफिसी 6:1

बालकहरू हो, प्रभुले चाहेको जस्तो, आफ्ना आमा-बाबुले भनेको मान। त्यो बाहेक, गर्नु पर्ने राम्रो कुरो यही होः

Interlinear

Choose Theme