अनि आफ्ना अधिनका प्रदेशबाट आएर अधिकारीहरूका निम्ति 180 दिनसम्म भोजको आयोजन गरे।
Cross references
महानता, शक्ति गौरव, विजय अनि सम्मान तपाई कै हुन। किन? किनभने पृथ्वी अनि स्वर्गका सबै कुरा तपाईकै हुन्। हे परमप्रभु, राज्य तपाईकै हो। तपाई शिर हुनुहुन्छ, हरेक बस्तु माथि शासक हुनुहुन्छ।
परमप्रभुले सुलेमानलाई अत्यन्त महान तुल्याउनु भयो। इस्राएलका सबै मानिसहरू जान्दथिए कि परमप्रभुले सुलेमानलाई महान बनाउँदै हुनुहुन्छ। परमप्रभुले सुलेमानलाई राजाले पाउनुपर्ने सम्मान प्रदान गर्नुभयो। सुलेमान अघि इस्राएलका कुनै पनि राजाले यस्तो सम्मान पाएका थिएनन्।
यदि तिमी परमेश्वर जस्तो छौ भने तब तिमी घमण्ड गर्न सक्दछौ। यदि तिमी परमेश्वर जस्तो छौ भने तब तिमीले महिमा र सम्मान लुगा जस्तै लगाउन सक्छौ।
तपाईंले जित्नका लागि राजालाई अगुवाइ गर्नुभयो अनि उनलाई महान् महिमा प्रदान गर्नुभयो। तपाईंले उसलाई इज्जत र आदर दिनुभयो।
तिम्रो पटुकामा तरवार भिर। तिम्रो महिमापूर्ण जंगी पोशाक लगाऊ।
यहूदामा भएका मानिसहरूले परमेश्वरलाई चिन्छन्। इस्राएल का मानिसहरूले परमेश्वरको नाउँको आदर गर्दछन्।
परमप्रभु राजा हुनुहुन्छ। उहाँले वैभवी अनि सामर्थ्यपूर्ण पोषाकहरू लगाउनु हुन्छ। उहाँ तयार हुनुहुन्छ यसैले सारा संसार सुरक्षित छ, यो नष्ट हुनेछैन।
तपाईंको शाही र महिमा अश्चर्यजनक छन् म तपाईंको आश्चर्यकामहरूको बारेमा भन्ने छु।
परमप्रभु। यसकारण अन्य मानिसहरूले तपाईंले गर्नु भएका महान् कार्यहरूका विषयमा सिक्नेछन्। मानिसहरूले तपाईंको राज्य कति महान् र आश्चर्यपूर्ण छ भनेर सिक्दछन्।
ती कुराहरूले हिजकियाहलाई आनन्द पुरायो। यसकारण हिजकियाहले मानिसहरूलाई आफ्नो भण्डारबाट सारा बहुमूल्य वस्तुहरू देखाए। हिजकियाले तिनीहरूलाई सुन, चाँदी बहुमूल्य मसलाहरू र महँगो मूल्य भएको अत्तरहरू देखाए। हिजकियाहले तिनीहरूलाई युद्धमा चलाएका तरवारहरू र ढालहरू देखाए। हिजकियाहले तिनीहरूलाई सबै चीजहरू देखाए। जुन उनले सुरक्षित राखेका थिए। हिजकियाहले आफ्ना घर अनि राज्यमा भएका सम्पूर्ण चीजहरू तिनीहरूलाई देखाए।
आफ्नो तीव्र बुद्धि अनि व्यापारले गर्दा तिमीले सम्पत्ति बढायौं अनि त्यो सम्पत्तिले गर्दा तिमी घमण्डी भयौं।
हे राजा! तपाईं महान राजा, राजाहरूको पनि राजा हुनुहुन्छ, जसलाई स्वर्गका परमेश्वरले राज्य, सामर्थ्य, अधिकार अनि मान दिनु भएको छ।
जब राजाले भने, “बाबेललाई हेर, यो महान शहरको निर्माण मैले आफ्नो शक्तिले गरेको हो। शहरको राजधानी मेरो राज्यले मेरो महोत्तमको गौरव प्रदान गरेकोछ।”
त्यस समयमा परमेश्वरले मेरो बुद्धि मलाई फेरि दिनु भयो। अनि एउटा राजाको रूपमा मेरो मान, सम्मान अनि शक्ति फेरि फर्काई दिनुभयो। मेरो सल्लाहकार अनि राजकीय मानिसहरू फेरि मकहाँ आए। म फेरि पहिलाको भन्दा पनि महान अनि शक्तिशाली राजा भएँ।
सर्वोच्च परमेश्वरले तपाईंको बाजे राजा नबूकदनेस्सरलाई एउटा राज्यको महान शक्तिशाली राजा बनाउनु भयो।
“मैले हेर्दा हेर्दै त्यसको ठाउँमा सिंहासन राखियो अनि त्यसमा प्राचीन राजा बस्नु भयो। उहाँले हिँउ जस्तो सेतो लुगा लगाउनु भएको थियो, अनि कपाल सेतो ऊन जस्तो थियो। उहाँको सिंहासन बलिरहेको आगोको ज्वाला जस्तै थियो र त्यसको चक्काहरू दन्केको आगो जस्ता थिए।
त्यसपछि शैतानले येशूलाई एउटा अति अल्गो पर्वतमा पुर्यायो। उसले येशूलाई संसारका सबै राज्यहरू, त्यहाँ भएका वैभव देखायो।
हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर हामीलाई दुष्टबाट बँचाउनु होस्।
परमेश्वरले धैर्यतापूर्वक पर्खनु भयो जसमा कि उहाँको कृपा पाउनेहरूलाई उहाँले आफ्नो सम्पन्न महिमा देखाउन सकून्। परमेश्वरले ती मानिसहरूलाई आफ्नो महिमा प्राप्त गर्न तयार गर्नु भयो।
म प्रार्थना गर्दछु, कि उहाँले तिमीहरूको हृदयको आँखा खोलिदिउन् ताकि तिमीहरू आशालाई चिन्न सक जसका निम्ति परमेश्वरले तिमीहरूलाई चुन्नु भयो। अनि परमेश्वरले आफ्ना पवित्र जनहरूलाई वचन दिनुभएको आशिष कति सम्पन्न र महिमाशाली रहेछ त्यो पनि जान्नेछौ।
त्यो धनी र महिमामयी सत्य आफ्ना मानिसले जानुन् भन्ने निश्चय परमेश्वरले गर्नुभयो। त्यो महान सत्य सबै जातिहरूको लागि हो। अनि उहाँ सत्य हुनुहुन्छ ख्रीष्ट स्वयं, जो तिमीहरू सबैमा हुनुहुन्छ। परमेश्वरको महिमामा भागीदारी हुनु उहाँ हाम्रो एक आशा हुनुहुन्छ।
हामीले तिमीहरुलाई हाम्रा प्रभु येशू ख्रीष्टको शक्तिको बारेमा व्याख्या गरेका छौं। हामीले तिमीहरुलाई उनको आगमनको विषयमा भन्यौं। हामीले तिमीहरुलाई जे व्याख्या गर्यौं ती मानिसहरुले रचेका चतुर कथाहरु होइनन्। हामीले आफ्नै आँखाले येशूको महानता देख्यौं।
“हाम्रा परमप्रभु अनि परमेश्वर। तपाईंलाई महिमा, सम्मान अनि शक्ति प्राप्त गर्न योग्य हुनुहुन्छ। तपाईंले सबै बस्तुहरु सृष्टि गर्नु भयो। हरेक बस्तुको अस्तित्व छ अनि ती सृष्टि भएका छन् किनभने तपाईंले यस्तो चहानु भएको छ।”