Home Bibles भजनसंग्रह 145:5 · नेपाली बाइबल
भजनसंग्रह 145:5 · नेपाली बाइबल

तपाईंको शाही र महिमा अश्चर्यजनक छन् म तपाईंको आश्चर्यकामहरूको बारेमा भन्ने छु।

Cross references

उत्पत्ति 24:63

एक साँझ इसहाक मैदानमा घूमि रहेको थियो। इसहाकले आँखा उठाएर हेर्यो अनि टाडोमा ऊँटहरू आउँदै गरेको देख्यो।

व्यवस्था 32:3

किनभने म परमप्रभुको नाउँ घोषणा गर्छ, हाम्रा परमेश्वरको महानताको प्रशंसा गर।

1 इतिहास 16:9

परमप्रभुको निम्ति गाओ। परमप्रभुको निम्ति स्तुति गान गर। उहाँका आश्चर्यकर्महरूको विषयमा सुनाऊ।

भजनसंग्रह 40:9

मैले महासभामा मानिसहरूलाई तपाईंको विजयको सुसमाचारहरू बताएँ। अनि परमप्रभु, तपाईं जान्नुहुन्छ म ती सुसमाचारहरू भन्नका लागि कहिल्यै रोकिने छैन!

भजनसंग्रह 66:3

उहाँको कार्यहरू कति अदूभूतपूर्ण छन् भन! परमेश्वर, तपाईंको शक्ति महान् छ। तपाईंका शत्रुहरू झुक्दछन्। तिनीहरू तपाईंसँग डराउँदछू!

भजनसंग्रह 71:17

हे परमेश्वर, म सानो केटो हुँदादेखि तपाईंले मलाई शिक्षा दिनु भयो। अनि आज सम्म मैले मानिसहरूलाई तपाईंले गरेका अदूभूत कार्यहरू बारेमा घोषणा गर्दछु।

भजनसंग्रह 71:24

मेरो जिब्रोले तपाईंको धार्मिक कार्यहरूको विषयमा सदा-सर्वदा गीत गाउने छ। अनि ती मानिसहरू ज-जसले मलाई मार्न चाहन्छन्। तिनीहरू परास्त र अपमानित हुनेछन्।

भजनसंग्रह 72:18

परमप्रभु परमेश्वर, इस्राएल का परमेश्वरको गुण-गान गर! परमेश्वरले मात्र त्यस्तो आश्चर्यचकित कामहरू गर्न सक्नु हुन्छ!

भजनसंग्रह 96:3

परमप्रभु साँच्चि नै अद्भूत हुनुहुन्छ, भनेर मानिसहरूलाई भन। परमेश्वरले गर्नु हुने आश्चर्यचकित चीजहरूका विषयमा राष्ट्रहरू माझ भन। सृजना गर्नु हुने अचम्मका कामहरूको बारेमा मानिसहरूलाई भन।

भजनसंग्रह 104:1

हे मेरो आत्मा परमप्रभुको प्रशंसा गर। हे परमप्रभु मेरो परमेश्वर, तपाईं महान् हुनुहुन्छ! तपाईं आदर र महिमाले सजिएको हुनुहुन्छ।

भजनसंग्रह 105:2

परमप्रभु प्रति भजन गाओ, उहाँको प्रशंसा गर। उहाँले गर्नु भएको अलौकिक कुराहरूको बारेमा बताऊ। जो उहाँले गर्नुहुन्छ।

भजनसंग्रह 111:3

परमप्रभुले साँच्चि नै महिमापूर्ण र अचम्मका कामहरू गर्नुभयो। उहाँको धार्मिकता सदा-सर्वदा रहने छ।

भजनसंग्रह 119:27

हे परमप्रभु, तपाईंका नियमहरू बुझ्न मलाई साथ दिनुहोस्। तपाईंले सृजना गर्नु भएका आश्चर्यजनक कुराहरूको विषयमा मलाई अध्ययन गर्न दिनुहोस्।

यशैया 12:4

त्यसपछि तिमीहरू भन्नेछौ, “परमप्रभुको प्रशंसा गर! उहाँको नाउँमा आराधना गर! उहाँले गर्नु भएका कामहरूको बारेमा सबै मानिसहरूलाई भन! र उहाँको नाउँ उच्च पारिएको छ भनी घोषणा गर।”

दानियल 4:1

सारा संसारमा बस्ने विभिन्न भाषा बोल्ने जाति-जातिहरूका मानिसहरूलाई राजा नबूकदनेस्सरबाट तिमीहरूको भलो होस्। भनि पठाए।

दानियल 4:37

त्यस पछि म नबूकदनेस्सर स्वर्गको राजाको स्तुति गर्छु तथा उहाँलाई सम्मान अनि महिमा प्रदान गर्छु। उहाँले जे भन्नुहुन्छ ठीक भन्नुहुन्छ, उहाँ सँधै न्यायपूर्ण हुनुहुन्छ, उहाँमा अहँकारीहरूलाई विनम्र प्रदान गर्ने क्षमता छ।

Interlinear

Choose Theme