Home Bibles रोमी 13:5 · नेपाली बाइबल
रोमी 13:5 · नेपाली बाइबल

तिमीले शासकको आज्ञा मान्नै पर्छ, तिमीले मान्नै पर्छ किन कि मानेनौ भने तिमीले दण्ड पाउन सक्छौ। तिमीले मान्नु पर्छ किनभने तिमी जान्दछौ कि असल काम गरिनु पर्छ।

Cross references

1 शमूएल 24:5

पछि दाऊदलाई शाऊलको टुक्रा खास्टो काटेकोमा नराम्रो लाग्यो।

उपदेशक 8:2

म भन्छु, तिमीले सधैं राजाको आज्ञा पालन गर्नुपर्छ। किनकि तिमीले परमेश्वरलाई त्यसो गर्ने वचन दिएका छौ।

प्रेरित 24:16

यही कारणले म सधैं परमेश्वर अनि मानिसहरूको अघि त्यही गर्ने प्रयास गर्छु जुन मेरो विश्वासमा सही हुन्छ।

तीतस 3:1

मानिसहरूलाई यी कुरा गर्न नभुल्नु, भनीभन, शासक र सरकारी अगुवाहरूको अधिकारमा रहनु, ती अधिकारीहरूको आज्ञा पालन गर्नु अनि सबै किसिमको राम्रो कामका निम्ति तयार बस्नु,

हिब्रू 13:18

हाम्रा निम्ति प्रार्थना गर्न नछोड। हाम्रो काम बारे हामी विश्वस्त छौं किनकि हामी सधैं जुन उत्तम छ त्यही गर्ने प्रयास गर्छौ।

1 पत्रुस 2:13

प्रभुको निम्ति प्रत्येक मानब अधिकारको आज्ञा पालन गर। राजाको आज्ञा पालन गर जो सर्वोच्च अधिकारी हुन्।

1 पत्रुस 2:19

एक व्यक्तिले कुनै नराम्रो काम नगरेको भए तापनि यातना भोग्नु पर्छ, तर यदि त्यस व्यक्तिले परमेश्वरलाई सम्झन्छ अनि पीडा सहन्छ भने त्यसले परमेश्वरलाई खुशी तुल्याउँछ।

1 पत्रुस 3:16

तर ती मानिसहरुलाई आदर सहित नम्र प्रकारले उत्तर देऊ। यो अनुभव गर्न समर्थ बन कि तिमीहरुले सही कार्य गरिरहेका छौ। जब तिमीहरु यस्तो प्रकारले काम गर्छौ ख्रीष्टमा तिमीहरुको चरित्रको विषयमा निन्दा गर्नेहरु लज्जित हुनेछन्।

Interlinear

Choose Theme