Home Bibles यूहन्ना 7:47 · नेपाली बाइबल
यूहन्ना 7:47 · नेपाली बाइबल

फरिसीहरूले उत्तर दिए, “तब तिमीहरू पनि मूर्ख बनियौ।

Cross references

2 राजा 18:29

राजा भन्दछन्, ‘हिजकियाहलाई मूर्ख बनाउन नदेऊ। उनले तिमीलाई मेरो शक्तिबाट बचाउन सक्दैनन्।’

2 राजा 18:32

तिमीहरू यस्तो तबसम्म गर्न सक्ने छौ जबसम्म म आएर तिमीहरू टाढा आफ्नो देशमा लिएर जान्न। यो ठाउँ अन्न र नयाँ दाखरस, गहुँ र अंङ्गुर र अंडीर महको देश हो। तब तिमीहरू बाँच्ने छौ, मर्दैनौ। तर हिजकियाहका कुरा नसुन। उनी तिमीहरूको मन बदली गर्न चाहन्छन्। उनी भन्दैछन्। ‘परमप्रभुले हामीलाई बचाउनु हुनेछ।’

2 इतिहास 32:15

हिजकियाहलाई तिमीहरूले मूर्ख तुल्याउन वा तिमीहरूलाई छल्न नदेऊ। तिनी प्रति विश्वास नगर किनभने कुनै राष्ट्र वा राज्यका कुनै पनि देवता आफ्ना मानिसहरूलाई म वा मेरा पुर्खाहरूबाट बचाउँन कहिले पनि समर्थ भएनन्। यसर्थ तिम्रा देवताले तिमीहरूलाई नष्ट गर्न बाट मलाई रोक्न सक्छन् भनी नसोच।”‘

मत्ती 27:63

तिनीहरूले भने, “स्वामी, हामीलाई थाहा छ त्यस ठगाहाले त्यो जिउँदो छँदा ‘तीन दिनपछि म फेरि बौरी उठ्नेछु’ भनेको थियो।’

यूहन्ना 7:12

त्यहाँ धेरै मात्रामा मानिसहरूको घुइँचो थियो। तिनीहरू मध्ये कसै कसैले येशूको विषयमा गुप्त प्रकारले कुरा गरिरहेको थिए। कतिपय मानिसहरुले भने, “उहाँ एक असल मानिस हुनु हुन्छ।” तर कतिपयले भने, “होइन, मानिसहरूलाई मूर्ख बानउँदछ।”

यूहन्ना 9:27

त्यस मानिसले उत्तर दियो, “मैले तपाईंहरूलाई पहिल्यै भनिसकेको छु। तर तपाईंहरूले सुन्नु नै भएन। किन तपाईंहरू फेरि सुन्न चाहनु हुन्छ? के तपाईंहरू पनि उहाँको चेलाहरू हुन चाहनु हुन्छ?”

2 कोरिन्थी 6:8

कसैले हामीलाई आदर गर्छन् तर कसैले अनादर गर्छन। कसैले हाम्रो बारेमा प्रशंसा गर्छन् तर कसैले निन्दा गर्छन। कसैले भन्छन् हामी ठगाहा हौं तर हामी सत्य बोल्छौं।

Interlinear

Choose Theme