Home Bibles उपदेशक 9:18 · नेपाली बाइबल
उपदेशक 9:18 · नेपाली बाइबल

ज्ञान युद्धको हात हतियार भन्दा धेरै असल हो। तर मूर्खले थुप्रै असल कुराहरूलाई नष्ट गर्दछ।

Cross references

यहोशू 7:1

तर इस्राएलका मानिसहरूले परमेश्वरको आज्ञा पालन गरेनन्। यहूदाका कुलको जेरहको छोरो जब्दी, त्यसको छोरो कर्मी, कर्मीको छोरो आकान थिए। आकानले ती केही वस्तुहरू राखे जसलाई नष्ट गरिनु पर्ने थियो। यसर्थ परमप्रभु इस्राएलका मानिसहरू प्रति अत्यन्त क्रोधित हुनुभयो।

यहोशू 7:5

जब इस्राएलका मानिसहरूले यो देखे, तिनीहरू अत्यन्त भयभीत भए, अनि आफ्ना साहस गुमाए।

यहोशू 7:11

इस्राएलका मानिसहरूले मेरो विरूद्ध पाप गरेका छन्। तिनीहरूले करार भङ्ग गरे जो मैले तिनीहरूलाई पालन गर्नु भनी आज्ञा गरेको थिएँ। तिनीहरूले ती केही वस्तुहरू लगे जसलाई मैले नष्ट गर्नु भनी आज्ञा दिएको थिएँ। तिनीहरूले मबाट चोरी गरेका छन्, तिनीहरूले झूटो काम गरेका छन्। तिनीहरूले ती वस्तुहरू आफ्नै निम्ति लगे।

यहोशू 22:20

“जेरहका छोरा आकान नाउँको मानिसलाई सम्झ। उसले ती वस्तुहरूलाई ध्वंश गर्नुपर्छ भन्ने आज्ञालाई पालन गर्न अस्वीकार गरे। त्यो एक मानिसले परमेश्वरको नियम भङ्ग गरे, तर इस्राएलका समस्त मानिसहरूले दण्ड पाए। उसको पापको कारण आकानको मृत्यु भयो साथै अन्य धेरै मानिसहरूको पनि मृत्यु भयो।”

1 शमूएल 14:28

एउटा सैनिकले जोनाथनलाई भन्यो, “तपाईंका पिताले मानिसहरूलाई एउटा शपथ खान लगाए। तपाईंका पिताले मानिसहरूलाई केही खाएमा दण्डित गरिने शपथ खुवाए। यसैले मानिसहरू भोकभोकै छन्। यसैले गर्दा मानिसहरू कमजोरी भए।”

1 शमूएल 14:30

आज मानिसहरूले शत्रु पक्षबाट जे-जे भोजन ल्याएका थिए, ती सब खान पाएका भए कति राम्रो हुन्थ्यो। हामीले अझ धेरै पलिश्तीहरूलाई मार्न सक्थ्यौं।”

1 शमूएल 14:36

शाऊलले भने, “आज राती हामी पलिश्तीहरूलाई लखेट्नेे छौं। हामीले तिनीहरूबाट प्रत्येक बस्तु खोस्ने छौं। हामीले तिनीहरू सबैलाई मार्ने छौं।”सैनिकहरूले जवाफ दिए, “तपाईंलाई जे राम्रो लाग्छ, त्यही गर्नुहोस्।”तर पूजाहारीले भने, “परमेश्वरलाई सोध।”

2 शमूएल 20:1

त्यहाँ बिक्रीका छोरा शेबा नाउँ गरेको दुष्ट प्रवृतिका बिन्यामीन कुल समूहका एकजना मानिस थिए। शेबाले तुरही फुकेर मानिसहरू भेला गर्ने भए। तब उसले भने,“हामीसित दाऊदको भाग छैन यिशैको छोरामा हाम्रो कुनै अंश छैन इस्राएल, हामी सबै घर जाऔं आफ्नो पालमा।”

अय्यूब 35:8

अय्यूब, तिमीले सुकर्म अथवा कुकर्म जे गर्छौ त्यसले तिमी जस्तै अन्य मानिसहरूलाई प्रभाव पार्दछ। तर ती कर्महरूले परमेश्वरलाई सहयोग अथवा आघात केही पुर्याउँदैन।

उपदेशक 7:19

ज्ञानले मानिसलाई शक्ति दिन्छ, एउटा ज्ञानी मानिस शहरभित्र दशजना शासकहरू भन्दा शक्तिशाली हुन्छ।

उपदेशक 9:16

तर म अझै पनि भन्छु, बल भन्दा बुद्धि श्रेष्ठ हो। ती मानिसहरूले गरीब मानिसको ज्ञानको बारेमा भुले अनि उनले भनेका कुराहरू सुन्न छोडे।

उपदेशक 10:1

मरेका थोरै झिंगाले उत्तम सुगन्धलाई पनि दुर्गन्धपूर्ण बनाउँदछन्। यसरी नै सानो मूर्खताले सम्पूर्ण बुद्धि र सम्मान नष्ट गर्दछ।

उपदेशक 10:10

तर बुद्धिले हर काम सुगम हुँन्छ। भुत्ते छुरीले काट्न कठीन पर्छ। तर कसैले छुरीलाई उध्याएर काटे त्यही सजिलो काम हुँन्छ ज्ञान त्यस्तै हो।

2 थिस्सलोनिकी 2:8

त्यसपछि त्यो दुराचारी निस्कनेछ र प्रभु येशूले त्यसलाई आफ्नो मुखको श्वासले मारिदिनु हुनेछ। परमप्रभुले दुष्ट मानिसलाई आफ्नो गौरवमय आगमनले नाश गरिदिनु हुनेछ।

2 तिमोथी 2:16

जो परमेश्वरबाट आएको होइन त्यस्ता व्यर्थका कुरा गर्नेहरूबाट अलग बस। त्यस्तो कुराले मानिसलाई परमेश्वरको झन- झन विरोधी बन्न अग्रसर गराउँछ।

2 तिमोथी 3:8

जेन्नस र जेम्ब्रसलाई नै संझ। तिनीहरू मोशाको विरूद्ध थिए। यी मानिसहरू पनि त्यस्तै हुन्। तिनीहरू सत्यका विरोधी हुन्। तिनीहरूको विचार बहकिएको छ। तिनीहरू सत्यको अनुसरण गर्न चुकेका छन्।

2 तिमोथी 4:3

समय आउने छ जब मानिसहरूले सत्य शिक्षा सहने छैन। तिनीहरूले धेरै शिक्षकहरू पाउनेछन् जो ती मानिसहरूको इच्छाहरूसँग तिनीहरू मिल्नेछन्। ती शिक्षकहरूले तिनीहरूलाई तिनीहरूले सुन्न चाहने कुराहरू सिकाउनेछन्।

तीतस 1:10

आज्ञापालन नगर्ने धेरै छन्। तिनीहरू व्यर्थका कुराहरू गर्छन् अनि मानिसहरूलाई गलत तरिकाले अगुवाई गर्छन्। म विशेष गरी तिनीहरूका बारेमा कुरा गर्दैछु जो यहूदी मतबाट बाहिर भएका छन्। धर्मगुरूले मानिसहरू भूलमा छन् भनी देखाउनु पर्छ अनि तिनीहरूलाई त्यस्तो व्यर्थका कुराबाट रोक्नु पर्छ।

हिब्रू 12:15

सर्तक बस ताकि कोही पनि परमेश्वरको अनुग्रहबाट बंचित नबनोस्। अनि तिमीहरू मध्ये कोही पनि तीतेपाती जस्तो बडनु हुँदैन र अरूलाई बिगार्नु हुँदैन।

Interlinear

Choose Theme