कसैसित जति धेरै धन हुन्छ, उसलाई खर्च गर्नको निम्ति त्यति नै धेरै साथीहरू हुन्छन्। यसकारण त्यस धनी मानिसलाई वास्तवमा प्राप्त केही हुने होइन्। उसले आफ्नो धनलाई मात्र हेरिबस्न सक्छ।
Cross references
फिरऊनले अब्रामसित राम्रो व्यवहार गरे कारण तिनलाई फिरऊनले साराईको भाइ सम्झे अनि उनले अब्रामलाई भेडा, गाई-वस्तु, गधा तथा पुरूष अनि महिला सेवकहरू र ऊँटहरू पनि दिए।
यस समय अब्राम निकै धनी थिए कारण तिनीसँग घेरै गाई-वस्तु र घेरै सुन-चाँदीहरू थिए।
त्यस समयमा लूत पनि अब्रामसित यात्रा गरिरहेको थियो अनि तिनीसंग पनि पशुहरू र पालहरू धेरै नै थिए।
हामीले यरीहो शहर अनि त्यहाँ भएका सबै वस्तुहरू कब्जा गर्यौं। मैले बाबेलका एउटा सुन्दर कोट, दुइ सय शेकेल ओजनको चाँदी अनि लगभग पचास शेकेल ओजनको सुन देखें। ती वस्तुहरू मैले आफ्नै निम्ति राख्न चाहें। यसकारण मैले ती वस्तुहरू लिएँ। तपाईंले ती वस्तुहरू मेरो पाल मुनि भूइँमा गाढिएको पाउनु हुनेछ। चाँदी कोट मुनि छ।”
सुलेमानलाई प्रत्येक दिन चाहिने खाध्य सामग्री यो थियो ऊ आफ्नै निम्ति अनि उनीसँगै मेजमा भोजन गर्ने सबै मानिसहरूका निम्तिः30
राजा सुलेमानले यस कार्यमा सघाउ पुर्याउन इस्राएलका तीस हजार मानिसहरूलाई बोलाए।
मेरो टेबलमा हाम्रा वरिपरिका राष्ट्रहरूबाट आएका मानिसहरू सहित एक सय पचासजना यहूदी अधिकारीहरू थिए।
मलाई धनाढ्य हुनुको सट्टामा तपाईंको करारको बारेमा सोच्नलाई साथ दिनुहोस्।
धन-सम्पत्ति हेर्दा-हेर्दा शेष भएर जान्छ। धन सम्पत्ति आफ्नो पंखेटा फैलाएर उडेर जाने चरा झैं आकाशमा जान्छ।-8-
एकोहोरो लागि रहनुमाभन्दा आफूसित जो छ त्यसैमा सन्तोष हुनु राम्रो हो। सधैं धेरै खोजिरहनु व्यर्थ हो। यो पनि हावालाई पक्रडन खोज्नु जस्तै हो।
यसकारण हे युवा-युवतीहरू हो जबसम्मा तिमीहरू जवान हुँदै आनन्द मनाऊ। जो मनले भन्छ त्यही गर। प्रसन्न रहौ। जो तिमीहरूको इच्छा छ त्यही गर। तर याद राख, तिमीहरूको प्रत्येक कर्म अनुसार परमेश्वरले न्याय गर्नेछन्।
एकजना मानिस जसले आफ्नो अधिकार बाहिरबाट सम्पत्ति पाँउछ त्यो अण्डा नपारी चिङना काडने चरा जस्तै हो। उसले आफ्नो सम्पत्ति जीवनको आधा अथवा अन्तिममा हराउँछ अनि उ मूर्ख बनिन्छ।”
सर्वशक्तिमान परमप्रभुले निर्णय लिनुभएको छ कि ती मानिसहरुले निर्माण गरेको शहरहरु सबै आगोले जलाएर खरानीमा परिणत गर्ने। तिनीहरुको सबै मेहनत बेकामको भएर जानेछ।