त्यस समयमा लूत पनि अब्रामसित यात्रा गरिरहेको थियो अनि तिनीसंग पनि पशुहरू र पालहरू धेरै नै थिए।
Cross references
आदाले याबाल नाउँको छोरोलाई जन्म दिइन्। याबाल पालमा बस्ने र गाई-वस्तुहरु पाल्नेहरुको पुर्खा थिए।
यसर्थ अब्रामले परमप्रभुले भन्नु भए अनुसार नै हारान छोडे अनि लूत तिनीसित गए। जब अब्रामले हारान छोडे त्यस समय तिनी पचहत्तर वर्ष पुगेका थिए।
अब्रामले आफ्नी पत्नी साराई, उसको भतिजो लूत, आफूसित भएका कमारा-कमारीहरू र हारानमा आफ्नो जे जति थियो लिएर कनान गए।
केटाहरू हलहली बढे। एसाव एकजना सिपालु शिकारी भयो अनि ऊ मैदानतिरै बस्न मन पराउँथ्यो। तर याकूब शान्त स्वभावको थियो अनि पाल भित्रै बस्थयो।
तिनीहरूको पालहरू, भेडाका बगालहरू, पालका पर्दाहरू र तिनीहरूका चीजहरू लगिनेछ। शत्रुले तिनीहरूका ऊँटहरू लगेर जानेछन्। मानिसहरू तिनीहरू प्रति चिच्याउने छन्। डरलाग्दा कुराहरू चारैतिर भई रहेको छ।