Home Bibles लूका 1:50 · नेपाली बाइबल
लूका 1:50 · नेपाली बाइबल

जसले परमेश्वरलाई उपासना गर्छ उसको पुस्तौं सम्म उहाँ दयालु हुनुहुन्छ।

Cross references

उत्पत्ति 17:7

म तिम्रो र मेरो बीचमा एक करार तयार बनाउँछु जुन करार तिम्रा सन्तानहरूको निम्ति पनि हुनेछ। म तिम्रो र तिम्रा सबै सन्तानहरूको परमेश्वर रहनेछु। यो करार संधैको निम्ति रही रहनेछ।

प्रस्थान 20:6

तर म हजारौं पुस्तासम्म ती सन्तानहरूसित दयालु हनेछु जसले मलाई प्रेम गर्छ र मेरो आज्ञाहरू पालन गर्छ।

प्रस्थान 34:6

परमप्रभु मोशाको अघि जानु भयो अनि भन्नुभयो, “म यहोवा अनि म परमप्रभु हुँ। म करूणापूर्ण अनि दयालु हुँ। म रिसाउनुमा ढीलो, म प्रेमले परिपूर्ण अनि विश्वास योग्य छु।

2 राजा 17:39

तिमीले परमप्रभु तिनीहरूको परमेश्वरको मात्र डर मान्नु पर्छ अनि आदर गर्नुपर्छ। तब उहाँले तिमीलाई तिम्रा सबै शत्रुहरूबाट बचाउनु हुनेछ।”

भजनसंग्रह 31:19

हे परमेश्वर! तपाईंले धेरै आश्चर्य-जनक कुराहरू आफ्ना भक्तजनहरूको निम्ति लुकाउनु भएको छ। तपाईंले असल कुराहरू प्रत्येक मानिसहरूलाई गर्नु हुन्छ जसले तपाईंलाई विश्वास गर्छन्।

भजनसंग्रह 85:9

परमेश्वरले चाँडै आफ्नो चेलाहरूलाई बचाउँनु हुनेछ। हामीहरू चाडै इज्जतको साथ हाम्रा स्थानमा पस्नेछौ।

भजनसंग्रह 103:11

परमेश्वरको प्रेम आफ्ना भक्तजनहरूमा पृथ्वीदेखि आकाशको उचाई जस्तै अग्लो छ।

भजनसंग्रह 103:17

तर परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैं माया गर्नुभयो अनि उहाँले आफ्ना भक्तजनहरूलाई अनवरत प्रेम गर्नुहुन्छ। परमेश्वरको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्तदेखि अनन्तसम्म रहन्छ।

भजनसंग्रह 115:13

महान् र क्षुद्र दुवैलाई परमप्रभुले आफ्ना भक्तहरूलाई आशीर्वाद दिनुहुनेछ।

भजनसंग्रह 118:4

मानिसहरूले परमप्रभुलाई पुज्दै यसो भन्दछन्, “उहाँको स्नेहपूर्ण करूणा अनन्त रहनेछ!”

भजनसंग्रह 145:19

परमप्रभुले त्यही गर्नुहुन्छ जो भक्तजनहरूले चाहन्छन्। परमप्रभुले उहाँका भक्तजनहरूले सहायताको निम्ति गरेको पुकार सुन्नु हुन्छ, ध्यान दिनुहुन्छ। उहाँले उनीहरूको प्रार्थनालाई जवाफ दिनुहुन्छ र तिनीहरूलाई बचाउनुहुनेछ।

भजनसंग्रह 147:11

परमप्रभु ती मानिसहरू सित आनन्दित हुनुहुन्छ जसले उहाँलाई पूज्दछन्। परमप्रभु ती मानिसहरूसँग खुशी हुनुहुन्छ जसले उहाँको प्रेममा भरोसा राख्दछ।

मलाकी 3:16

परमेश्वरका भक्तहरूले एक-अर्कामा कुरा गरे जुन परमेश्वरले सुन्नुभयो। उहाँसंग एउटा पुस्तक छ जुन पुस्तकमा परमेश्वरका भक्तहरूको नाउँ छन् ती उनीहरू नै हुन् जसले परमेश्वरको नाउँको सम्मान गर्छन्।

प्रकाश 19:5

त्यापछि सिंहासनबाट एउटा आवाज आयो। आवाजले भन्यो“तिमी सबै मानिसहरु जो उहाँको सेवा गर्छौं, हाम्रा परमेश्वरको स्तुति गर। तिमीहरु सबै साना ठूला मानिसहरु जसले उहाँको सम्मान गर्छो, हाम्रा परमेश्वरको स्तुति गर।”

Interlinear

Choose Theme