तिनीहरूलाई तिमीहरूको संघार अनि घरको मूल ढोकाहरूमा लेखेर राख।
Cross references
यी पशुहरूको रगत सबै मानिसले जम्मा गर्नुपर्छ। अनि ढोकाका चौखटाहरूमा र घरका जहाँ पाठाहरू खाइन्छन ढोकाहरूमाथि छर्नु पर्छ।
“मैले दिएका यी आज्ञाहरू पालन गर। यी आज्ञाहरू हृदयमा राख। यी आज्ञाहरू लेखेर हातमा बाँध अनि निधारमा टाल जसले गर्दा तिमीहरूलाई यी आज्ञाहरू सम्झना भइरहोस्।
यी आदेशहरू ढोकाको चौकटहरूमा र घरको फाटकमा लेख।
म चाहन्छु कि कसैले ती कुराहरू सम्झेला जुन म भन्छु र पुस्तकमा लेख्छु। म चाहन्छु मेरो वचनहरू चर्मपत्रमा लेखियोस्।
अब संकेतको रूपमा यो लेख, ताकि सबै मानिसहरूले यो देख्न सकुन्। अनि यो एउटा पुस्तकमा लेख। यो लिखित रूपमा अन्तिम दिनको लागि राख। यो निकट अगमवमा साक्षी बनिनेछ।
तब तिमीहरूले ती विछ्यौनाहरू बीचमा जान्छौ र ती देवताहरूलाई प्रेम गरेर मेरो विरूद्ध पाप गर्छौ। तिमीहरूले ती देवताहरूलाई प्रेम गर्छौ, तिमीहरू तिनीहरूका नाङ्गो शरीरहरू हेरेर खुशी हुन्छौ। तिमीहरू मसँग थियौ, तर तिनीहरूले मलाई त्याग्यौ तिनीहरूका हुनको लागि मलाई सम्झन सहयोग पुर्याउने कुराहरू तिमीहरूले लुकायौ। तिमीहरूले ती कुराहरू ढोका र चौखटहरू पछाडी लुकायौ। त्यसपछि तिमीहरू गयौ र ती झूटा देवताहरूसँग करार बाँध्यौ।
परमप्रभुले मलाई उत्तर दिनुभयो, “तिमीलाई जुनकुरा दर्शाउँछु त्यसलाई राम्रोसित लेख। यो वचन सफा र प्रष्टसंग लेख कारण अरु मानिसहरुले पनि हेरेर पढ्न सकुन्।