Home Bibles व्यवस्था 6:8 · नेपाली बाइबल
व्यवस्था 6:8 · नेपाली बाइबल

मेरो यी आज्ञाहरू सम्झना राख्नका लागि लेखेर हातमा बाँध, आफ्ना निधारमा बाँधिराख

Cross references

प्रस्थान 13:9

“यस पवित्र चाडले तिमीहरूलाई सम्झना गराउने छ यो हातमा बाँधेको धागो आँखाअघि राखिएको चिन्ह जस्तो हुनेछ। यस पवित्र दिनले तिमीहरूलाई परमप्रभुले दिनु भएको उपदेशहरू सम्झना गराउनेछ। यसले तिमीहरूलाई त्यही दिनको सम्झना गराउँछ परमप्रभुले आफ्नो महाशक्ति प्रयोग गरेर तिमीहरूमाथि करूणा गर्नु भएको थियो।

प्रस्थान 13:16

यो तिमीहरूको हातमा कसेको धागो जस्तै हो र यो तिमीहरूका आँखाको सामुन्ने राखेको चिन्ह जस्तो हो। यसले हामीलाई सधैं सम्झना गर्न सहायता गर्छ कसरी परमप्रभुले उहाँको महाशक्ति चलाएर हामीहरूलाई मिश्रबाट ल्याउनु भयो।”

गन्ती 15:38

“इस्राएलका मानिसहरूसित कुरा गर। तिनीहरूलाई यी कुराहरू भन् आउने पुस्ताहरू भरि तिमीहरूले फुर्काहरू बनाउनु पर्छ अनि तिनीहरूलाई तिमीहरूको लुगाको कुनामा टाँस्नु पर्छ। त्यस पछि तिमीहरूको लुगाको प्रत्येक कुनाको फुर्काहरूमा निलो धागो बाँध।

व्यवस्था 11:18

“मैले दिएका यी आज्ञाहरू पालन गर। यी आज्ञाहरू हृदयमा राख। यी आज्ञाहरू लेखेर हातमा बाँध अनि निधारमा टाल जसले गर्दा तिमीहरूलाई यी आज्ञाहरू सम्झना भइरहोस्।

हितोपदेश 3:3

प्रेम, विश्वासनीयताले तिमीलाई कहिल्यै नछाडोस्। तिनीहरूलाई आफ्नो मानसपटलमा गहिरोसित राख। ती शिक्षाहरूलाई माला गुँथी गलामा लगाई राख्।

हितोपदेश 6:21

उनीहरूले भनेका वचनहरू सधैं हृदयमा राख, तिनीहरूलाई तिम्रो गला वरिपरि बाँधेर राख।

हितोपदेश 7:3

तिनीहरू तिमीले आफ्नो औंलीहरूमा बाँधेर राख अनि हृदयमा लेखेर राख।

मत्ती 23:5

“तिनीहरू मानिसहरूलाई देखाउनका निम्ति राम्रा कुरा गर्दछन्। तिनीहरू आफ्ना धर्मशास्त्रहरूका विशेष सन्दूक राख्छन्। तिनीहरू सन्दूकहरू ठूला-ठूला बनाउँछन्। अनि मानिसहरूले देख्न सकुन भनेर तिनीहरू आफ्ना प्रार्थनामा लगाउने वस्त्रहरू पनि लामा-लामा बनाउँछन्।

हिब्रू 2:1

यसकारण सिकाइएका कुराहरू अनुसरण गर्दा अझै धेरै होशियार हुनुपर्छ जसमा कि हामी सत्यको मार्गबाट नबहकियौं।

Interlinear

Choose Theme