“मैले दिएका यी आज्ञाहरू पालन गर। यी आज्ञाहरू हृदयमा राख। यी आज्ञाहरू लेखेर हातमा बाँध अनि निधारमा टाल जसले गर्दा तिमीहरूलाई यी आज्ञाहरू सम्झना भइरहोस्।
Cross references
“यस पवित्र चाडले तिमीहरूलाई सम्झना गराउने छ यो हातमा बाँधेको धागो आँखाअघि राखिएको चिन्ह जस्तो हुनेछ। यस पवित्र दिनले तिमीहरूलाई परमप्रभुले दिनु भएको उपदेशहरू सम्झना गराउनेछ। यसले तिमीहरूलाई त्यही दिनको सम्झना गराउँछ परमप्रभुले आफ्नो महाशक्ति प्रयोग गरेर तिमीहरूमाथि करूणा गर्नु भएको थियो।
यो तिमीहरूको हातमा कसेको धागो जस्तै हो र यो तिमीहरूका आँखाको सामुन्ने राखेको चिन्ह जस्तो हो। यसले हामीलाई सधैं सम्झना गर्न सहायता गर्छ कसरी परमप्रभुले उहाँको महाशक्ति चलाएर हामीहरूलाई मिश्रबाट ल्याउनु भयो।”
आज मैले दिएको आज्ञाहरू सधैं सम्झना राख।
तिनीहरूलाई तिमीहरूको संघार अनि घरको मूल ढोकाहरूमा लेखेर राख।
तब उनले भने, “तिमीहरूले निश्चय गर्नु पर्छ आज मैले बताएका सबै आज्ञाहरू तिमीहरू सम्झना राख्छौ र यस व्यवस्थामा रहेका आज्ञाहरू तिनीहरूले पालन गर्नै पर्छ भनी आफ्ना छोरा-छोरीहरूलाई बताउँनेछौ।
मैले तपाईंको उपदेशहरू होशियारी साथ कण्ठस्थ गरें। किन? किनभने तपाईंको विरूद्धमा म पाप नगरूँ।
हे मेरा छोरा, मेरा शिक्षाहरूलाई नभुल। मैले तिमीलाई गर्नु भनेका ती चीजहरूको सम्झना गर।
हे मेरो छोरो, आफ्नो बाबुको आज्ञाहरू ग्रहण गर अनि तिम्री आमाले दिएको शिक्षाहरूलाई इन्कार नगर।
तिमीले मेरा आज्ञाहरू पालन गर्यौ भने तिमी बाँच्नेछौ। मेरो सल्लाहलाई आँखाको नानी झैं जोगाई राख।
तिनीहरू तिमीले आफ्नो औंलीहरूमा बाँधेर राख अनि हृदयमा लेखेर राख।
“तिनीहरू मानिसहरूलाई देखाउनका निम्ति राम्रा कुरा गर्दछन्। तिनीहरू आफ्ना धर्मशास्त्रहरूका विशेष सन्दूक राख्छन्। तिनीहरू सन्दूकहरू ठूला-ठूला बनाउँछन्। अनि मानिसहरूले देख्न सकुन भनेर तिनीहरू आफ्ना प्रार्थनामा लगाउने वस्त्रहरू पनि लामा-लामा बनाउँछन्।
ख्रीष्टको संदेश तिमीहरूभित्र समृद्ध भावमा रहोस्। एक-अर्कामा शिक्षा दिनु र दृढ बनाउन सम्पुर्ण बुद्वि खटाऊ। परमेश्वरलाई हृदयले धन्यवाद चडाउँदै भजन, गीत र आत्मिक स्तुतिहरू गाऊ।
यसकारण सिकाइएका कुराहरू अनुसरण गर्दा अझै धेरै होशियार हुनुपर्छ जसमा कि हामी सत्यको मार्गबाट नबहकियौं।
तिमीहरु या कुराहरु जान्दछौ। तिमीहरुसित भएका सत्यताको विषयमा तिमीहरु दृढ छौ। तर तिमीहरुलाई यी कुराहरु सम्झना गराउन म सदैव सहायता गर्नेछु।
मेरा मित्रहरु, यो तिमीहरुलाई मेरो दोस्रो पत्र हो। मैले तिमीहरुको इमान्दारी हृदयहरुलाई केही चीजहरु सम्झनु सहायता होस् भनी यी दुइवटा चिट्ठीहरु लेखें।