परमेश्वर जसले मलाई पठाउनु भयो उहाँ मसंग हुनुहुन्छ। म सधैं त्यही कुरा गर्दछु जसले उहाँलाई खुशी दिँदछ। यसैले उहाँले मात्र मलाई एकलै छोडनु भएन।”
Cross references
“मेरो दासलाई हेर! म उसलाई सम्हाल्नेछु, उसलाई मात्र रोजेको हुँ। अनि म उसँग एकदम खुशी छु। मैले मेरो आत्मा उसमा हालीदिए। उसले जातिहरूमा निष्पक्ष न्याय गर्नेछ।
“म, परमप्रभुले, तिमीलाई मेरो धार्मिकता-अनुसार बोलाएको छु। म तिम्रो हात समाउने छु। अनि म तिम्रो रक्षा गर्नेछु। तिमी त्यस्तो चिन्ह हुनेछौ जसले देखाउँदछ। मानिसहरूसँग मेरो करार भएको। तिमी सारा मानिसहरूका निम्ति प्रज्वलित ज्योति हुनेछौ।
परमप्रभुले आफ्नो सेवक धार्मिक भएको चाहनुहुन्छ। परमप्रभुले उसको अनौठापूर्ण व्यवस्थाबाट उसको सम्मान रहेको हेर्न चाहनुहुन्छ।
मैले भने, “मैले व्यर्थै परिश्रम गरें, मैले आफूलाई थोत्रो पारें, तर उपयोगी काम भने भएन्। मैले मेरा सारा शक्तिहरू प्रयोग गरें तर वास्तवमा मैले केही पनि पाइँन। यसैले, परमप्रभुले मसँग केही गर्नलाई निर्णय दिनु पर्छ। परमेश्वरले मेरो कामको प्रतिफल दिनै पर्छ।
परमप्रभु मेरो मालिक मलाई पढाउने ज्ञान दिनुहोस्। यसकारण म यी दुखी मानिसहरूलाई अहिले पढाउँनेछु। प्रत्येक बिहान उहाँले मलाई उठाँउनु हुन्छ एक छात्र सरह र पढाउनु हुन्छ।
तब स्वर्गबाट यो वाणी आएको सुनियो। वाणिले यसो भन्यो, ‘यिनी मेरो प्यारो पूत्र हुन् र म यिनीसँग अत्यन्त प्रसन्न छु।”
जब पत्रुस कुरा गरिरहेका थिए, एक्कासि एक उज्यालो बादलले तिनीहरूलाई ढाकिहाल्यो। बादलबाट एउटा आवाज आयो। आवाज यस्तो थियो, “यी मेरा पुत्र हुन् अनि म यिनलाई प्रेम गर्दछु। म यिनीसित अति प्रसन्न छु। यिनको आज्ञा मान।”
येशूले भन्नुभयो, मेरो भोजन जसले मलाई यहाँ पठाँउनु भएको छ उहाँको इच्छालाई अनुसरण गर्नु हो अनि उहाँले मलाई दिएको काम पूरा गर्नु हो।
“म एकलै केही र्गदिनँ। म परमेश्वरबाट जस्तो सुन्छु त्यही प्रकारले न्याय गर्छु। यसैले मेरो निर्णय ठीक हुन्छ। किन? किनभने म आफैलाइ खुशी पार्ने कोशिश र्गदिन। तर म उहाँलाई खुशी पार्न चाहन्छु जसले मलाई पठाउनु भयो।
परमेश्वरले जे चाहनु हुन्छ त्यो काम गर्न म स्वर्गबाट आएको हुँ। मैले चाहेको काम गर्नलाई म आएको होइन।
तर यदि मैले न्याय गरें भने, मेरो न्याय सत्य हुनेछ। किन? किनभने जब म न्याय गर्दछु म एक्लो हुन्न। पिता जसले मलाई पठाउनु भयो उहाँ मसंग हुनुहुन्छ।
के तिमीहरू विश्वास गर्छौ कि म पिताभित्र छु र पिता मभित्र हुनुहुन्छ भनेर? जुन कुराहरू मैले भने त्यो मबाट आएको होइन। पिता मभित्र बाँच्नु हुन्छ अनि उहाँले आफ्नो काम आफै गर्नुहुन्छ।
तर संसारले जान्नै पर्छ कि मैले मेरा पितालाई प्रेम गर्छु। यसैले म त्यही जस्ताको तस्तै गर्दछु, जुन उहाँले मलाई गर्नु भन्नु भयो।“आऊ अब, हामी यस ठाऊँलाई छोडी जाऊ।”
मैले मेरा पिताको आज्ञा पालन गरें र निरन्तर उहाँको प्रेममा रही रहेकोछु। यस्तै प्रकारले यदि तिमीहरूले मेरो आज्ञा पालन गरयो भने तिमीहरू मेरो प्रेममा निरन्तर रहने छौ।
ध्यानले सुन, तिमीहरू छरिएर बस्ने समय आइरहेछ। तिमीहरू प्रत्येक आफ्नै घरमा छरपष्ट हुनेछौ। त्यो समय अब आएको छ। तिमीहरूले मलाई छाडनेछौ। म एकलो रहनेछु। तर म वास्तवमा एक्लो रहनेछैन किनभने पिता मसंग रहनु हुनेछ।