Home Bibles ☰ Books व्यवस्था 32:28 · नेपाली बाइबल
व्यवस्था 32:28 · नेपाली बाइबल

इस्राएलका मनिसहरू मूर्ख छन्, तिनीहरूले केही बुझ्दैनन्।

Cross references

व्यवस्था 32:6

के परमप्रभुले तिमीहरूको निम्ति गरेकोमा कृतज्ञता त्यसरी व्यक्त गर्नु पर्छ? होइन, तिमीहरू मूर्ख र बुद्धिहीन हौ। परमप्रभु तिमीहरूका पिता हुनुहुन्छ। उहाँले तिमीहरूको सृष्टि गर्नुभयो। उहाँ तिमीहरूका सृष्टिकर्ता हुनुहुन्छ। उहाँले तिमीलाई समर्थन गर्नुहुन्छ।

अय्यूब 28:28

अनि परमेश्वरले मानिसहरूलाई भन्नुभयो, “परमेश्वरको डर र सम्मान नै ज्ञान हो। खराब कामहरूबाट आफूलाई अलग राख्नु बुद्धि हो।”

भजनसंग्रह 81:12

यसैले तिनीहरू जे-जे चाहन्छन् त्यही गर भनेर छाडी दिएँ, इस्राएल ले आफ्नो मनले चाहेको गर्यो।

हितोपदेश 1:7

परमप्रभुलाई सम्मान गर्नु बुद्धिको शुरूवात हो। तर मूर्खहरूलेअनुशासन अनि ज्ञानलाई घृणा गर्छन्।

यशैया 27:11

दाखहरू सुक्नेछन् अनि हागाँहरू भाँचिएर जाने छन्। स्त्रीहरूले ती हागाँ दाउरा बाल्ने छन्।मानिसहरूले बुझ्नलाई अस्वीकार गर्ने छन्। यसर्थ परमेश्वर, सृष्टिकर्ताले तिनीहरूलाई आराम दिनु हुनेछैन। तिनीहरूका सृष्टिकर्ता तिनीहरू प्रति कृपालु हुनु हुनेछैन।

यशैया 29:14

यसैले म तिनीहरूलाई लगातार प्रभाव पूर्ण र अचम्म लाग्दा कामहरू गरेर चकित पारिरहन्छु। तिनीहरूका ज्ञानी मानिसहरूले आफ्ना विवेकहरू हराउनेछन्। तिनीहरूमा बुझ्ने क्षमता हुँदैन।”

यर्मिया 4:22

परमेश्वरले भन्नुभयो, “मेरा मानिसहरू मूर्ख छन्। तिनीहरूले मलाई चिन्दैनन्। तिनीहरू अज्ञानी नानीहरू हुन्। तिनीहरू बुझ्दैनन्। तिनीहरू दुष्टाईं गर्नमा सिपालु छन्, तर तिनीहरू असल काम कसरी गर्नु जान्दैनन्।”

यर्मिया 8:9

‘ज्ञानी मानिसहरूले’ परमप्रभुको वचनहरू सुन्न अस्वीकार गरे। यसकारण तिनीहरू वास्तवमा ‘ज्ञानी मानिसहरू’ होइनन्। ती ‘ज्ञानी मानिसहरूलाई’ जालमा फसाइएका छन्, अपमान गराइएका छन् र लज्जित पारिएका छन्।

होशे 4:6

“मेरा मानिसहरू ज्ञानको कमीले नष्ट भए, तर तिमीहरूले सिक्ने इच्छा पनि राखेनौ। यसर्थ म तिमीहरूलाई मेरा पूजाहारी बन्न दिँदिन। तिमीहरूले तिमीहरूका परमेश्वरको व्यवस्था नै भूल्यौ। यसर्थ म तिम्रा कुलहरूलाई भूलिदिनेछु।

मत्ती 13:14

यसरी यशैयाले जुन अगमवाणी गरे त्यो तिनीहरूमा पूर्ण भयो।‘तिमीहरू सुन्न त सुन्छौ तर बुझ्दैनौं। तिमीहरू हेर्न त हेर्छौ तर कहिले देख्दैनौ।

रोमी 11:25

दाज्यु-भाइहरू र दिदी-बहिनीहरू, म तिमीहरूलाई यो गुप्त कुरा बताउन चाहन्छु। यसले तिमीहरूलाई नबुझेका सबै कुराहरू बुझ्नमा सहयोग गर्नेछ। सत्य यो होः इस्राएलको एउटा भाग हठी भयो। तर त्यो परिवर्तन हुन सक्नेछ जब प्रशस्त अयहूदीहरू परमेश्वरकहाँ आउँदछन्।

1 कोरिन्थी 3:19

किन? किनभने परमेश्वर समक्ष यो संसारको ज्ञान मूर्खता हो। धर्म शास्त्रमा यस्तो लेखिएको छ। “उहाँले ज्ञानी व्यक्तिहरूलाई तिनीहरूकै आफ्नो चलाकीमा फसाउनु हुन्छ।”

Interlinear

Choose Theme