Home Bibles 1 कोरिन्थी 7:10 · नेपाली बाइबल
1 कोरिन्थी 7:10 · नेपाली बाइबल

अब म विवाह गर्नेहरूलाई यो आज्ञा दिन्छु। यो आज्ञा मबाट होइन, यो प्रभूबाट हो। पत्नीले आफ्ना पतिलाई नछोडोस्

Cross references

यर्मिया 3:20

तर तिमीहरू आफ्नो लोग्नेहरूसित अविश्वासी रहेका पत्नी मानिसहरू जस्तै भयौ। हे इस्राएलका परिवार, तिमीहरू म प्रति अविश्वासनीय भएका छौ।” यो सन्देश परमेश्वरबाट आएको हो।

मलाकी 2:14

तिमीहरू सोध्छौ, “हाम्रो भेटीहरू परमप्रभुले किन स्वीकार गर्नु भएन? किनभने तिमीहरूले गरेका नराम्रा कामहरू परमप्रभुले देख्नु भएको छ, उहाँ तिमीहरूको बिरूद्धसाक्षी हुनुहुन्छ। उहाँले देख्नुभएको छ, तिमीहरूले आफ्नो पत्नीलाई ठगी रहेछौ। तिमीहरूले त्यस स्त्रीसित तिमी जवान हुँदा नै बिवाह गरेको थियौ। ऊ तिम्रो प्रियसीथिई। त्यस समय तिमीले बैवाहिक करार गर्यौ अनि ऊ तिम्री पत्नी भई। तर तिमीले उसलाई ठग्यौ।

मत्ती 5:32

तर म तिमीहरूलाई भन्दछु, जसले आफ्नी पत्नीलाई व्यभिचारको कारणबाहेक अन्य कारणले त्याग गर्ला, उसलाई त्यसले व्यभिचारिणी तुल्याउँछ, र जसले त्याग गरिएकोसित विवाह गर्ला, त्यसले पनि व्यभिचार गर्नेछ।

मत्ती 19:3

केही फरिसीहरू येशूकहाँ उहाँको परीक्षा गर्न त्यहाँ आए। तिनीहरूले येशूलाई सोधे, “के कुनै पनि निहुँमा कसैले आफ्नी पत्नीलाई त्याग्न सक्छ?” तिनीहरू येशूले केही गलत कुरा वोलेको चाहान्थे।

मर्कूस 10:11

उहाँले भन्नुभयो, “यदि कुनै मानिसले आफ्नी पत्निसंग विवाह विच्छेद गर्छ, अनि अर्की स्त्रीसँग विवाह गर्छ भने त्यसले आफ्नी पत्नीसंग व्यभिचारको पाप गरेको ठरिन्छ।

लूका 16:18

“यदी कुनै मानसले आफ्नो पत्नीसंग छुटानाम गर्छ र अर्को स्त्रीलाई विवाह गर्छ भने, ऊ व्यभिचार पापको दोषी हुनेछ। अनि कुनै मानिसले छुटानामा भएकी स्त्रीलाई विवाह गर्छ भने त्यसलाई पनि व्यभिचार गरेकै पाप लाग्नेछ।”

1 कोरिन्थी 7:6

केही समयको निम्ति अलग रहनु भनेर म अनुमतिको रूपमा भन्दैछु। यसलाई आज्ञा नमान।

1 कोरिन्थी 7:12

अरू सबैलाई म यो भन्छु। यी कुराहरू म भन्दैछु, प्रभुबाट होइन। ख्रीष्टमा एक भाइको यस्ती पत्नी हुन सक्छे जो ख्रीष्ट विश्वासी होइन। यदि त्यस्ती पत्नी उसित बस्न राजी छे भने उसले त्यसलाई नत्यागोस्।

1 कोरिन्थी 7:15

तर विश्वास नगर्नेले त्याग्न खोजे, उसलाई त्यसो गर्न देऊ। त्यसो भएको खण्डमा ख्रीष्टमा भाइ वा बहिनी बन्धनमा रहदैंनन्।

1 कोरिन्थी 7:25

अब म अविवाहितहरूको विषयमा लेख्छु। यस बारे मलाई प्रभुबाट आज्ञा छैन तथापि म आफ्नो विचार पोख्छु । मलाई विश्वास गर्न सक्छौ किन कि प्रभुले मलाई दया गर्नु भएको छ।

1 कोरिन्थी 7:40

यदि उ त्यही अवस्थामा बसे अझ सुखी रहनेथिई। यो म जस्तो विचार गर्छु अनि म पक्का विश्वास गर्छु कि पमेश्वरको आत्मा ममा छ।

Interlinear

Choose Theme