Home Bibles ☰ Books व्यवस्था 22:1 · नेपाली बाइबल
व्यवस्था 22:1 · नेपाली बाइबल

“यदि तिमीले आफ्नो छिमेकीको गाई अथवा भेडा फुस्किएको देख्यौ भने आफूले नदेखे झैं गर्नु हुँदैन। त्यस पशुलाई त्यसको मालिकको जिम्मा दिनु पर्छ।

Cross references

प्रस्थान 23:4

“यदि तिमीले तिम्रो शत्रुको हराएको गोरू अथवा गधा भेटायौ भने उसको पशु उसलाई नै फर्काई देऊ।

लेवी 20:4

जब त्यस मानिसले मोलेकलाई आफ्नो नानी दिन्छ समुदायका मानिसहरूले उसलाई ध्यान दिदैनन् अनि उसलाई मार्दैनन्,

व्यवस्था 22:3

यदि तिमीले छिमेकीको गधा, लुगा-फाटा अथवा कुनै पनि चीज पाउँदा यस्तै गरेर आफ्नो छिमेकीको सहायता गर्नु पर्छ।

हितोपदेश 24:11

यदि मानिसहरू कसैलाई मार्ने दाऊमा रहेको पाए तिमीले त्यस मानिसलाई बचाउने भरमग्दुर प्रयास गर्नु पर्छ।

हितोपदेश 28:27

जसले गरीबहरूलाई दान गरी बस्छ उसलाई अभावले कहिल्यै स्पर्श गर्दैन। तर जो गरीबलाई यादै गर्दैन उसले श्राप पाउँछ।

यशैया 8:17

हामी परमप्रभुलाई हाम्रो सहयोगका लागि पर्खिनेछौं। परमप्रभु याकूबको परिवारले गर्दा लज्जित हुनु भयो। उहाँले तिनीहरूलाई भेट्ने इच्छा त्याग्नु भयो। तर म परमप्रभुलाई पर्खिनेछु। उहाँले हामीलाई बचाउनु हुनेछ।

यशैया 58:7

म चाहन्छु कि तिमीहरूले आफ्ना भोजन भोका मानिसहरूसँग बाँडेर खानेछौ। म चाहन्छु कि तिमीहरूले घर नभएका गरीब मानिसहरूलाई खोजेर आफ्नो घरहरूमा आश्रय दिनेछौ। जब तिमीहरूले नाङ्गो वस्त्रहीन मानिस देख्यौ भने त्यसलाई आफ्ना लुगाहरू दिनेछौ। ती मानिसहरूलाई सहयोग गर्न नचुक, तिनीहरू पनि तिमीहरू जस्तै नै हुन्।”

इजकिएल 34:4

तिमीहरूले कमजोरी र दुब्लो भेडाहरूलाई बलियो बनाएनौ। तिमीले चोट लागेको भेडालाई पट्टी बाँधिदिएनौ। कति भेडाहरू भड्केर टाढो गए तर तिमीले त्यसको खोजी गरेनौ अनि फर्काएर ल्याएनौ। तिमी त्यो हराएको भेडाको खोजीमा गएनौ। अहँ, तिमी निष्ठुर अनि कठोर भयौ।

इजकिएल 34:16

“म हराएको भेडाको खोजी गर्नेछु। म ती भेडाहरूलाई फर्काएर ल्याउँछु जुन तितर-बितर भएका छन्। म ती भेडाहरू जसलाई चोट लागेकोछ मलम पट्टी लगाई दिन्छु। म कमजोर भेडालाई बलियो बनाउँछु। तर म ती मोटा अनि शक्तिशाली गोठालाहरूलाई नष्ट पारिदिन्छु। म तिनीहरूलाई दण्ड दिन्छु जसको तिनीहरू भागिदारछन्।”

मत्ती 10:6

बरू इस्राएली मानिसहरूकहाँ जाऊ। तिनीहरू हराएका भेडाँहरू झें छन्।

मत्ती 15:24

येशूले भन्नुभयो, ‘इस्राएलका हराएको भेडाको निम्ति मात्र जानु भनी परमेश्वरले मलाई पठाउनु भएको हो।’

मत्ती 18:12

‘तिमीहरू के सोच्छौ? यदि कुनै मानिसको 100 वटा भेडाहरू छन्, अनि कुनै एउटा हराएको छ, भने अरू 99 वटा भेडालाई डाँडामा छोडेर ऊ हराएको एउटा भेंडालाई खोज्न जाँदैन? के यो ठीक होइन?

लूका 10:31

संयोगवश एकजना यहूदी पूजाहारी त्यही समय त्यो बाटोमा गइरहेका थिए। त्यो पूजाहारीले जब उसलाई देखे, तिनी त्यस मानिसलाई मदत गर्न रोकिएनन् तिनी हिंडिनै रहे।

Interlinear

Choose Theme