Home Bibles यूहन्ना 19:31 · नेपाली बाइबल
यूहन्ना 19:31 · नेपाली बाइबल

यो दिन तयारीको दिन थियो अर्को दिन विशेष विश्रामको दिन थियो। यहूदीहरूले विश्रामको दिन त्यो मृत शरीर क्रूसमा झुण्डायाई राख्न चाहेनन्। तब तिनीहरूले पिलातसलाई ती मानिसहरूको खुट्टा भाँच्नुका निम्ति आदेश मागे ताकि तिनीहरू छिटो मर्न सकुन्। अनि तिनीहरूको मृत शरीर क्रूसबाट तल झार्न सकियोस्।

Cross references

प्रस्थान 12:16

यो पवित्र चाडको पहिलो र अन्तिम दिनमा पवित्र सभा हुनेछ। यी दिनमा तिमीहरूले केही पनि काम गर्नु हुँदैन। यी दिनमा तिमीहरूको निम्ति एउटै काम भोजन तयार गर्नु हुन्छ।

लेवी 23:7

यो चाडको पहिलो दिन तिमीले विशेष सभा गर्नेछौ। त्यस दिन काम गर्ने छैनौ।

व्यवस्था 21:22

“कुनै एकजना मानिस पापको दोषी हुन सएछ र त्यसलाई मृत्यु दण्ड दिन सकिन्छ। मानिसहरूले त्यसलाई मारेर एउटा रूखमा उसको शरीर झुण्डाउन सएछन्।

यहोशू 8:29

यहोशूले ऐका राजालाई एक रूखमा झुण्ड्याए। तिनले उसलाई साँझसम्म त्यतिकै झुण्ड्याइ राखे। सूर्यास्तको समयमा यहोशूले आफ्ना मानिसहरूलाई ऐका राजाको मृत-शरीरलाई रूखबाट झार्नु भने। तिनीहरूले त्यसको मृत-शरीरलाई शहर-द्वारमा खसाइ दिए। त्यसपछि तिनीहरूले मृत- शरीरलाई ढुङ्गाले ढाकि दिए। त्यो ढुङ्गाको थुप्रो आज सम्म त्यहाँ छ।आशिर्वाद एवं अभिशापहरूको पठन

यहोशू 10:26

त्यसपछि यहोशूले ती पाँच राजाहरूलाई मारे। तिनीहरूको शरीरलाई तिनले पाँचवटा रूखमा झुण्ड्याइ दिए। यहोशूले साँझ नभएसम्म तिनीहरूलाई रूखमै झुण्डियाएर राखे।

हितोपदेश 12:10

एकजना धर्मी मानिसले उसको पशुहरूको आवश्यकता ख्याल गर्छ, तर दुष्ट मानिसको असल काम निष्ठुर हुन्छ।

मीका 3:3

तिमीहरुले मेरा मानिसहरुलाई ध्वंश पारिरहेका छौ। तिमीहरुले उनीहरुको छाला सम्म काढि रहेको छौ। तिनीहरुको हड्डी भाँचेर अनि तिनीहरुलाई भाँडामा पकाइने मासुको टुक्रा जस्तै बनाउँदै तिनीहरुको छाला काढि रहेकाछौ।

मत्ती 27:62

त्यस दिनलाई तयारीको दिन भनिन्थ्यो। भोलिपल्ट, मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातसकहाँ पुगे।

मर्कूस 15:42

यो दिनलाई तयारीको दिन भनिन्थ्यो। (जसको अर्थ हो विश्राम दिनको अघिल्लो दिन) रात पर्दै थियो।

यूहन्ना 19:1

तब पिलातसले येशूलाई लैजाने र कोर्रा लगाउने आदेश दिए।

यूहन्ना 19:14

यो प्रायः निस्तार चाडको तयारी गर्ने दिनको मध्या भएको थियो। पिलातसले यहूदीहरूलाई भने, “तिमीहरूका राजा यहाँ छ!”

यूहन्ना 19:42

मानिसहरूले येशूलाई त्यही नयाँ चिहानमा राखे कारण यो नजिक थियो अनि यहूदीहरू आफ्ना विश्रामको दिन तयारी गर्न थालेका थिए।

Interlinear

Choose Theme