Home Bibles ☰ Books व्यवस्था 19:5 · नेपाली बाइबल
व्यवस्था 19:5 · नेपाली बाइबल

यहाँ एउटा उदाहरण छ एकजना मानिस आफ्नो साथीलाई लिएर दाउरा लिन वनमा जान्छ। मानिस रूख काट्न बञ्चरो उठाउँछ तर बञ्चरो बिंडबाट छुट्टिन्छ र अर्को मानिसलाई लाग्छ र उसलाई मार्छ। बञ्चरो चलाउने मानिस तीनवटामध्ये कुनै एउटा शहरमा आफ्नो सुरक्षाको निम्ति भागेर जान सएछ।

Cross references

गन्ती 35:25

त्यो न्यायालयले मानिसलाई मर्ने मानिसका आफन्तहरूबाट मार्न देखी बचाउँछ। र उसलाई फेरि सुरक्षित शहरमा पठाइदिन्छ। हत्यारा त्यही शहरमा रहनु पर्छ जब सम्म प्रधान पूजाहारीले तेलसित अभिषेक गर्दैन मार्दैन।

2 राजा 6:4

यसकारण एलीशा अगमवक्ताहरूको दलसँग गए। जब तिनीहरू यर्दन नदीमा पुगे, तिनीहरूले केही रूख ढाल्न थाले।

2 राजा 6:5

तर जब एक जना मानिस केही रूखहरू काट्दै थियो, फलामको बञ्चरो बिंडमा खुस्केर पानीमा झर्यो। त्यो मानिस करायो, “मालिक, मैले त्यो बञ्चरो मागेर ल्याएको थिएँ।”

हितोपदेश 27:12

बुद्धिमानी मानिस आपत आईलाग्ने चाल पाए, सुरक्षाको निम्ति शरण लिन्छ तर अज्ञानीमानिस शिरहरू सीधा पारेर यसै आपततिर जान्छ अनि दुःख पाउँछ।

यशैया 32:2

यदि यस्तो हुन्छ भने राजा हावा पानीबाट लुक्ने ठाउँ हुनुहुनेछ अनि सुक्खा जमीनमा पानीको धारा हुनुहुनेछ। यस गरम ठाउँमा ठूलो चट्टानको शीतल छाँया हुनेछ।

Interlinear

Choose Theme