Home Bibles व्यवस्था 19:6 · नेपाली बाइबल
व्यवस्था 19:6 · नेपाली बाइबल

तर यदि शहरहरू निकै टाढा छन् भाग्दै गरेको मानिस त्यहाँ पुग्नु सएदैन अनि पक्राउ पर्छ र हत्या भएको मानिसका रिसाएका आफन्तद्वारा ऊ मारिन सएछ। तर त्यो मानिस मृत्यु पाउने योग्य थिएन किनभने उसले मानिसको हत्या घृणा अथवा रीसले गरेको थिएन।

Cross references

गन्ती 35:12

त्यो हत्यारा मारिने मानिसको आफन्तहरूको बद्लालिने विचारबाट अनि अदालतले हत्याराको कसुरमाथि न्यायोचित विचार नगरूञ्ञेल सम्म त्यहाँ सुरक्षित रहनु सक्छ।

व्यवस्था 21:22

“कुनै एकजना मानिस पापको दोषी हुन सएछ र त्यसलाई मृत्यु दण्ड दिन सकिन्छ। मानिसहरूले त्यसलाई मारेर एउटा रूखमा उसको शरीर झुण्डाउन सएछन्।

यहोशू 20:5

तर त्यस मानिसलाई खेद्‌दै आउने मानिस शहरमा पछ्याउँदै आउन सक्नेछ। यदि यस्तो भयो भने शहरका अगुवाहरूले उसलाई छोड्नु हुँदैन। तिनीहरूले त्यस मानिसको रक्षा गर्नुपर्छ जो तिनीहरू कहाँ सुरक्षाको निम्ति आएकोछ किनभने त्यसले एउटा मानिसलाई अन्जानमा मारेको थियो। उ क्रोधित भएको थिएन, अनि त्यस मानिसलाई मार्ने योजना गरेको थिएन।

2 शमूएल 14:7

अहिले सबै परिवारका सदस्यहरू मेरो विरूद्धमा छन्। तिनीहरू भन्छन्, “त्यस हत्यारा छोरालाई हाम्रो अघि ल्याऊ, हामी। पनि त्यसलाई मार्छौ। किनभने त्यसले आफ्ना भाइ मार्यो।’ मेरो छोरा घरको बत्ती हो। यदि तिनीहरूले त्यसलाई मारिदिए भने त्यो अन्तिम बत्ती पनि निभ्नेछ। बाबुको सम्पत्तिको हकदार त्यही एउटै त बाँचिरहेको छ। यदि त्यो मारियो भने मेरो पतिको नाउँ यस पृथ्वीबाट नाउँ निश नै मेटिने छ।”

यर्मिया 26:15

तर यदि तिमीहरूले मलाई मार्यौ भने, एउटा कुराको लागि निश्चित हौ। कि तिमीहरू एक निर्दोष मानिसको हत्यारा हुनेछौ। तिमीहरूले यो शहर र यसमा बस्ने सबै मानिसहरूलाई दोषी बनाउँनेछौ। किनभने उहाँ परमप्रभु नै हुनुहुन्छ जसले मलाई ती वचनहरू तिमीहरूलाई भन्न पठाउनु भयो जो तिमीहरूले सुन्यौ।”

Interlinear

Choose Theme