Home Bibles ☰ Books व्यवस्था 13:4 · नेपाली बाइबल
व्यवस्था 13:4 · नेपाली बाइबल

परमप्रभु तिमीहरूका परमेश्वरलाई आदर गर, उहाँलाई अनुशरण गर। परमप्रभुको आज्ञा पालन गर अनि उहाँले जे भन्नुहुन्छ त्यही गर। उहाँको सेवा गर तथा उहाँलाई कहिल्यै नछोड।

Cross references

व्यवस्था 6:5

तिमीहरूले आफ्नो सम्पूर्ण शक्ति, सम्पूर्ण प्राण र सम्पूर्ण हृदयले परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर्नु पर्छ।

व्यवस्था 6:13

परमप्रभु तिमीहरूका परमेश्वरको मात्र आदर र सेवा गर। अनि शपथ खाँदा उहाँको नाउँमा मात्र गर, अरू झूटा देवताहरूको नाउँ नलेऊ।

व्यवस्था 10:20

“तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई आदर गर, उहाँलाई कहिल्यै नछोड तथा कसम खाँदा पनि उहाँकै नाउँमा खाऊ।

व्यवस्था 11:1

“यसकारण तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई प्रेम गर्नु पर्छ। तिमीहरूले उहाँले भन्नु भएको कुराहरू गर्नुपर्छ अनि सधैं उहाँले दिनु भएको हुकुम, नियम, विधिहरू अनि आदेशहरू अनुसरण गर्नुपर्छ।

व्यवस्था 30:20

तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नै पर्छ र उहाँका आज्ञा पालन गर्नै पर्छ। उहाँलाई कहिलै त्याग नगर किनभने परमप्रभु नै तिमीहरूका जीवन हुनु हुन्छ। तब परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूः अब्राहाम, इसहाक र याकूबसित गर्नु भएको प्रतिज्ञा अनुसार पाएको भूमिमा उहाँले दीर्घायु जीवन दिनुहुनेछ।”

2 राजा 23:3

राजा खाँबोको छेउमा उभिएर अनि परमप्रभुसित करार गरे। उनले परमप्रभुलाई अनुसरण गर्ने अनि उहाँका आदेशहरू, नियमहरू तथा उहाँका विधिहरू पालनगर्ने वचन दिए। उनले यो सब आत्मा र हृदयका साथ गर्ने वचन दिए। उनले यस पुस्तकमा लेखिएका वचन पालन गर्ने वचन दिए। सबै मानिसहरू राजाले गरेको करारलाई समर्थन गरेको देखाउन उभिए।

2 इतिहास 34:31

तब राजा आफ्ना स्थानमा उभिए। तिनले परमप्रभुसित करार गरे। तिनी परमप्रभुको अनुसरण गर्न अनि परमप्रभुको आदेश, नियम, विधिहरू पालन गर्न सहमत भए। योशियाहले आफ्नो सम्पूर्ण हृदय अनि आत्माद्वारा आज्ञा पालन गर्न सहमत भए। तिनी यो पुस्तकमा लेखिएका करारका कुराहरू पालन गर्न सहमत भए।

यर्मिया 7:23

मैले केवल तिनीहरूलाई आज्ञा दिएँ, ‘मेरो आज्ञा पालन गर अनि म तिमीहरूको परमेश्वर हुनेछु अनि तिमीहरू मेरो मानिसहरू हुनेछौ तिमीहरूको हितका निम्ति मेरा सबै आज्ञाहरू पालन गर।’

मीका 6:8

हे मानिस! परमप्रभुले तिमीहरुलाई के असल छ त्यो भन्नु भएकोछ। परमप्रभुले तिमीहरुलाई उहाँ के चाहानु हुन्छ त्यो बताउनु भएको छ। मानिसहरुसंग तिमी साँचो बन, अरुसंग प्रेमगर, तिम्रो परमेश्वरको अघि नम्र भएर बस।

लूका 1:6

ती दुवै जकरिया र इलीशिबा परमेश्वर समक्ष असल मानिस थिए। जहाँ सम्म परमप्रभुको जम्मै आज्ञा र नियमहरूको सम्बन्ध छ तिनीहरू निष्कलंक थिए।

रोमी 6:13

तिम्रा शरीरका अंगहरूलाई पार्पकम र दुष्टकर्महरू गर्नलाई अर्पण नगर। बरू आफू मृत्युबाट जिउदो भएको कारण स्वयंलाई परमेश्वरप्रति समर्पति गर। राम्रो कामको लागि तिम्रा शरीरका अंग परमेश्वरको सेवामा अर्पण गर।

1 कोरिन्थी 6:17

तर जो प्रभुसित जोडिन्छ त्यो मानिस आत्मामा प्रभु सितै एक बन्दछ।

कलस्सी 1:10

तिमीहरू यस्तो तरहले बाँच्न सक कि तिमीहरूले प्रभुमा गौरव ल्याउने छौ अनि प्रत्येक तरिकाले उहाँलाई खुशी पार्नेछौं। तिमीहरू सबैले असल गर्ने छौ अनि परमेश्वरको ज्ञानमा विकसित हुन सक्छौ।

Interlinear

Choose Theme