Home Bibles 1 तिमोथी 5:20 · नेपाली बाइबल
1 तिमोथी 5:20 · नेपाली बाइबल

जब तिनीहरू पाप गर्छन्, मानिसहरूलाई भन कि तिनीहरू गलत छन्। यो कुरा सम्पूर्ण मण्डलीको समक्ष गर। तब अरूहरूले पनि चेतावनी पाउनेछन्।

Cross references

लेवी 19:17

“तिमीले हृदयबाट आफ्ना इस्राएली मित्रलाई घृणा गर्नु हुँदैन। यदि तिम्रो छिमेकीले केही अनिष्ट गरेको छ भने उसलाई जानकारी देऊ, तिमीहरू उसले गर्दा पापको दोषी हुने छैनौ।

व्यवस्था 13:11

तब इस्राएलका मानिसहरूले थाह पाउँनेछन् र त्यस्तो दुष्टतापूर्वक काम कहिल्यै गर्ने छैनन्।

व्यवस्था 17:13

यस्तो सजाय सबै मानिसहरूले थाहा पाउने छन् डर मान्ने छन् र त्यसपछि तिनीहरूले अझै हठ गर्ने छैनन्।

व्यवस्था 19:20

अरू मानिसहरूले पनि त्यस मानिसले पनि त्यस मानिसले गरेको दुष्कर्मको प्रतिफल थाहा पाउँछन् र फेरि त्यस्तो दुष्कर्म गर्ने साहस गर्दैनन्।

व्यवस्था 21:21

तब शहरका सबै मानिसहरूले उसलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ। यसरी, तिमीहरूले यस दुष्टलाई तिमीहरूको बीचबाट हटाउने छौ। इस्राएलका सबै मानिसहरूले यस्तो खबर थाहा पाउने छन् र डराउने छन्।

प्रेरित 5:5

जब हननियाले त्यस्तो सुने, उनी लडे र मरिहाले। केही युवाहरू आए अनि उनको शरीर ढाकिदिए।

प्रेरित 5:11

जम्मै विश्वासीहरू र अन्य मानिसहरूले ती घटनाहरू सुनैपछि सबै भयग्रस्त भए।

प्रेरित 19:17

एफिससका सम्पूर्ण मानिसहरू, यहूदीहरू र ग्रीकहरूले यी कुराहरू थाहा पाए अनि निक्कै डराए अनि तिनीहरू सबैले प्रभु येशूको नाउँमा धेरै भन्दा धेरै सम्मान गर्न थाले।

गलाती 2:11

जब पत्रुस एन्टिओकमा आए। उनले केही यस्तो काम गरे जो सरासर भूल थियो। त्यसैकारण मैले उनको आमने-सामने विरोध गरें किनभने उनी भूलमा थिए।

1 तिमोथी 1:20

हाइमिनियस र अलेकज्याण्डरले त्यसै गरेका थिए। तिनीहरूले परमेश्वरको विरूद्धमा बोल्नु नहुनेरहेछ भन्ने पाठ सिकुन् भनेर मैले ती दुईलाई शैतानको हातमा सुम्पिदिएँ।

2 तिमोथी 4:2

मानिसहरूलाई सुसमाचार भन, हर स्थितिमा यो भन। मानिसहरूलाई तिनीहरूले गर्नु पर्ने काम बताऊ। तिनीहरूको गल्ती हुँदा तिनीहरूलाई भन। तिनीहरूलाई उत्साह देऊ। यी सब कुराहरू ठूलो धैर्य र सावधान शिक्षाद्वारा गर।

तीतस 1:13

अगमवक्ताले भनेका ती कुराहरू ठीक हुन्, यसर्थ तिमीले तिनीहरूलाई देखाउनु पर्छ कि तिनी गलत छन्। तिमी तिनीहरूसित कठोर बन्नुपर्छ जसमा कि तिनीहरूले सत्य विश्वास अनुसरण गर्नेछन्।

Interlinear

Choose Theme