“‘तब न्यायको दरवार बस्नेछ र आखिरमा त्यसलाई शेष पार्न त्यसको सर्वाधिकार खोसिने छ।
Cross references
“उहाँको छेउमा एउटा आगोको खोला बगेर आयो। हजारौं-हजार स्वर्गदूतहरूले उहाँको सेवा गर्दैथिए। दश-दशहजार स्वर्गदूतहरू उहाँको अघाडी सेवा गरिरहेका थिए। तब न्यायधीश न्याय दिन बसे अनि किताबहरू खोले।
जब सम्म त्यो अति प्राचीन राजा आएर न्याय गरेनन्, प्राचीन राजाले सींङको न्यायको घोषणा गरे अनि ती पवित्र जनहरूले राज्य अधिकार प्राप्त गर्ने समय आयो।
उसले आफ्नो राजकीय तम्बु समुद्र अनि सुन्दर पवित्र पर्वतको बीचमा बनाउनेछ। तर आखिरमा त्यो अपवित्र राजा मर्ने छ। जब उसको अन्तिम समय आउँछ, त्यति बेला उसलाई सहायता दिने कोही पनि हुनेछैन।”‘
त्यसपछि त्यो दुराचारी निस्कनेछ र प्रभु येशूले त्यसलाई आफ्नो मुखको श्वासले मारिदिनु हुनेछ। परमप्रभुले दुष्ट मानिसलाई आफ्नो गौरवमय आगमनले नाश गरिदिनु हुनेछ।
त्यसैबेला त्यहाँ ठूलो भूँईचालो गयो। शहरको दशौं भाग नष्ट भयो। अनि सात हजार मानिसहरु त्यस भूँईचालोमा मरे। मानिसहरु जो मरेनन्. तिनीहरु अत्यन्त भयभीत थिए। तिनीहरुले स्वर्गका परमेश्वरलाई महिमा गरे।
अनि शैतान जसले मानिसहरुलाई छल गरिरहेको थियो, जलिरहेको गन्धकको पोखरीमा हालिदियो जहाँ झूटो अगमवक्ता अनि त्यो पशु अघि नै पयाँकिएका थिए। त्यहाँ दिन रात सदासर्वदा तिनीहरुलाई सजाय भोगाइनेछ।