त्यसले सर्वोच्चको विरूद्धमा नै बोल्नेछ, सर्वोच्चका पवित्र जनहरूलाई धुजा-धुजा पार्नेछ। त्यसले तोकिएको समय र व्यवस्थाहरू बद्लने विचार गर्नेछ अनि पवित्र जनहरूले त्यसको शक्तिमा, साढे तीन वर्ष राज्यको शक्ति सुम्पिदिनेछन्।
Cross references
तिमीले कसलाई अपमान गर्यौ र हाँसोको पात्र बनायौ? तिमीहरूले कसको विरोधमा आवाज उठायौ? तिमीहरू इस्राएलका परम पवित्रको विरूद्ध थियौ। तिमीहरूले आफूलाई उहाँ भन्दा महान सोच्यौ।
उहाँले नै समय परिवर्त्तन गर्नुहुन्छ उहाँले नै सालमा ऋतुहरू परिवर्त्तन गर्नुहुन्छ। उहाँले नै राजाहरू परिवर्त्तन गर्नुहुन्छ। उहाँले नै राजाहरूलाई शक्ति प्रदान गर्नुहुन्छ र उहाँले नै खोस्नुहुन्छ। उहाँले नै बुद्धि दिएर मानिसहरू बुद्धिमानी बन्छन् उहाँले मानिसहरूलाई ज्ञान दिनुहुन्छ अनि मानिसहरू ज्ञानी हुन्छन्।
राजा नबूकदनेस्सरले तपाईंलाई तपाईंको मानिसहरूबाट जबर्जस्ती टाडो पठाउनेछ, तपाईं जङ्गली जनावरहरूको बीचमा बस्नु हुनेछ। तपाईंले गाई गोरूले जस्तो घाँस खानु हुनेछ अनि तपाईं शीतले भिज्नु पर्नेछ। सात वर्ष सम्म यही प्रतिक्रिया दोहोरिनेछ। जब सम्म तपाईंले यो कुरा बुझ्नुहुने छैन, कि सर्वोच्च परमेश्वरले मानिसहरूमाथि सर्वधिकार गर्नुहुन्छ उहाँले जसलाई इच्छा गर्नु हुन्छ उसैलाई नै राज्य दिनुहुन्छ।
तपाईंलाई मानिसहरूबाट निस्कासित गरिनेछ। तपाईं जङ्गली पशुहरूसँग बस्नु पर्नेछ अनि गाईले झैं घाँस खानुहुनेछ। सात वर्ष सम्म यो चलिरहनेछ जब सम्म तपाईंले यो बुझ्नुहुँदैन कि सर्वोच्च परमेश्वरले मानिसहरूमाथि शासन गर्नुहुन्छ। अनि उहाँले जसलाई चाहनुहुन्छ उसलाई राज्य दिनुहुन्छ।”
“अहिले म त्यो सिङ्गको विषयमा नै सोच्दै थिएँ, हेर्दा हेर्दै अर्को सींङ उम्रियो ती सींङहरूको बीचमा त्यो सींङअरू सीङहरू भन्दा एकदमै सानो थियो। यो सींङमा मानिसको जस्तो आँखा थियो। यो सानो सींङमा एउटा मुख पनि थियो अनि स्वंयले प्रशंसा गरिरहेको थियो। यो सानो सींङले अरू तीनवटा सींङहरूलाई उचालेर फ्याँकि दियो।
त्यसको टाउकोमा दशवटा सींङहरू थिए अनि बीचमा अर्को सींङ उम्रियो। त्यस सींङले अरू दशवटा सींङहरूबाट तीनवटा उखेल्यो। त्यस सींङको घमण्डसित बोल्न एउटा आँखा एउटा मुख थियो। यो अरू सींङहरू भन्दा ठूलो देखिन्थ्यो। म यस दर्शनको विषयमा जान्न चाहन्थें।
फेरि त्यो चारै सींङहरू मध्ये एउटा सानो सींङ उम्रियो। त्यो सानो सींङ बढेर ठूलो भयो। यो दक्षिण पूर्वतिर बढेर गयो। यो सींङ सुन्दर भूमि पट्टि बढेर गयो।
सानो सींङ बढेर अग्लो भयो। यो बढेर घाम भन्दा अग्लो भयो। मन्दिरमा चढाउने दैनिक बलि पनि सींङले रोकिदियो।
त्यसको शक्ति महान हुनेछ, त्यसले अवर्णनीय विध्वंश ल्याउने छ। आफूले गरेको जुनसुकै काममा त्यो सफल हुनेछ। त्यसले ठूला-ठूला जाति र पवित्र मानिसहरूमा विध्वंश ल्याउने छ।
“तब भविष्यका शासकले धेरै मानिसहरूसित सम्झौता गर्नेछ। यो एक हप्ता सम्म चल्नेछ। आधा हप्ता सम्मको निम्ति भेटी अनि बलिदानहरू रोकाउनेछ। अनि एकजना विध्वंशक आउनेछ। उसले डरलाग्दो विनाशक कर्महरू गर्नेछ। तर परमेश्वरले त्यस विध्वंशको ध्वंशका निम्ति आदेश दिइसक्नु भएकोछ।”
“‘ऊ धेरै धन सम्पत्ति लिएर आफ्नो देश फर्कने छ। फेरि त्यो पवित्र वाचा प्रति नराम्रो कर्म गर्ने निर्णय लिनेछ। उसले आफ्नो योजना अनुसार काम गर्नेछ अनि आफ्नो देश फर्कनेछ।
पश्चिमबाट जहाजहरू तिनको विरूद्धमा आउनेछन् अनि ऊ पराजित हुनेछ र फर्किनेछ। पवित्र करारमाथि उसले आफ्नो रीस देखाउनेछ। ऊ फर्किनेछ अनि तिनीहरूलाई सधाउनेछ जसले पवित्र करार अनुसरण गर्न रोके।
“‘फेरि राजाले जे इच्छा लाग्यो त्यही गर्नेछन। उसले आफ्नो विषयमा बढि-बढाईं गर्नेछ, अनि आफ्नो प्रशंसा गर्ने छ। उसले सोच्ने छ ऊ कुनै देवता भन्दा ज्यादा राम्रो छ। उसले यस्तो कुरा गर्नेछ जुन कहिल्ये कसैले पनि सुनेको छैन। उसले देवताहरूको परमेश्वरको विरोधमा यस्तो कुरा गर्नेछ। ऊ त्यति बेला सम्म सफल हुन्छ जतिबेला सम्म यो सबै नराम्रो घट्नाहरू घट्दैन, तर नराम्रो घट्ना अवश्य घट्नेछ।
“त्यो मानिस जसले मलमलको लुगा लगाएको थियो अनि नदीको वहावको विरूद्ध उभिएको थियो उसले आफ्नो दुवै हात आकाश पट्टि उठायो। मैले त्यस मानिसलाई अमर परमेश्वरको नाउँ प्रयोग गरेर एउटा शपथ गर्दै गरेको सुनें। उसले भन्यो, ‘यो साँढे तीन वर्षको निम्ति हुनेछ। पवित्र मानिसको शक्ति घट्ने छ अनि यी सबै कुराहरू एकदमै समाप्त हुन्छन्।’
“‘नित्य बलि रोकिएको समयदेखि र उजाडको घृणित बस्तु स्थापना गरिएको समय सम्म 1,290 दिन हुनेछ।
परमेश्वर वा कुनै पनि चीज जो मानिसहरूले पूजा गर्छन् त्यसले विरोध गर्छ। त्यो दुराचारी मानिस आफैले आफूलाई परमेश्वर अथवा मानिसहरूको आराधना भन्दा माथि राख्छ। त्यो परमेश्वरको मन्दिरमा पनि जान्छ र त्यहाँ बस्छ र आफू परमेश्वर हुँ भन्ने घोषणा गर्छ।
पवित्र आत्मा स्पष्टसित भन्नु हुन्छ कि भविष्यमा कति मानिसहरू सत्य शिक्षा प्रति विश्वास गर्न छाडनेछन्। तिनीहरूले धोखे बाज आत्माहरूलाई मान्नेछन् अनि भूतप्रेतको शिक्षाहरूको अनुसरण गर्नेछन्।
त्यो भेंडाको पाठाले पाँचौं मोहर खोल्यो। तब मैले वेदी मूनि केही आत्माहरु देखें। ती आत्माहरु ती मारिएका मानिसहरुका थिए किनभने तिनीहरु परमेश्वरको सन्देश अनि तिनीहरुले प्राप्त गरेको सत्याप्रति विश्वासी थिए।
तर मन्दिर बाहिरको आँगन छोडिदेऊ। त्यसलाई ननाप। त्यो अयहुदीहरुलाई दिइएको छ। तिनीहरु बयालीस महीनासम्म पवित्र नगरमा पाइताला ठटाएर हिँडनेछन्।
जब ती दुई साक्षीहरुले आफ्ना प्रमाण सिध्याएका हुन्छन्, तब पशु तिनीहरुको विरुद्ध लडनेछ। यो त्यो पशु हो जो पातालबाट माथि आउँछ। त्यो पशुले तिनीहरु सबैलाई जित्नेछ अनि तिनीहरुलाई मार्नेछ।
त्यो स्त्री परमेश्वरले उसको निम्ति तयार गरिदिनु भएको स्थान मरुभूमितर्फ भागिन्। उसलाई त्यो मरुभूमिमा एक हजार दुइ सय साठ्ठी दिनसम्म हेरचाह गरिनेछ।
तर त्यस स्त्रीलाई विशाल गरुडको दुई पखेटा दिइयो। यसर्थ तिनी त्यस स्थानमा उडेर जान सक्थिइन् जो मरुभूमिमा तिनको निम्ति तयार गरिएको थियो। त्यस स्थानमा साढे तीन र्वषसम्म तिनको हेरचाह गरिने थियो। त्यहाँ तिनी त्यो सर्पदेखि टाढो बस्न सक्थिन.
त्यस पशुलाई अहँकारी बचन अनि ईश्वर निन्दा गर्न अनुमति दिइयो। त्यो पशुलाई बयालीस महीनासम्म त्यसको शक्ति प्रयोग गर्ने दिइयो।
त्यो दोस्रो पशुलाई त्यो पहिलो पशुको मूर्ति जीवित तुल्याउने शक्ति दिइएको थियो। तब त्यो मूर्ति बोल्न सक्थ्यो अनि त्यसलाई पूजा-गर्ने सबैलाई मार्ने आदेश दिन सक्थ्यो।
यसको मतलब-परमेश्वरको पवित्र मानिसहरुमा धैर्य हुनुपर्छ। तिनीहरुले परमेश्वरको आदेशहरु पालन गर्नुपर्छ अनि आफ्ना विश्वास येशूमाथि राख्नु पर्छ।
तिनीहरुले तपाईंका पवित्र मानिसहरु अनि तपाईंका अगमवक्ताहरुको रगत बगाइदिए। अहिले तिनीहरुलाई तपाईंले रगत पिउन दिनु भएको छ। तिनीहरु त्यसैको योग्य छन्।”
मैले देखें कि त्यस स्त्री मातेकी थिई। उसले परमेश्वरको पवित्र मानिसहरु अनि जसले येशूमा आफ्नो विश्वास बताएका थिए तिनीहरुको रगत पिएर मातेकी थिई। जब मैले त्यस स्त्रीलाई देखें, म पुरै आश्चर्य चकित भएँ।
अगमवक्ताहरु अनि परमेश्वरका पवित्र मानिसहरु अनि सबै मानिसहरु जो पृथ्वीमा मारिएकाछन्, तिनीहरुको रगतको दोषी छ बेबिलोन।”