Home Bibles दानियल 7:8 · नेपाली बाइबल
दानियल 7:8 · नेपाली बाइबल

“अहिले म त्यो सिङ्गको विषयमा नै सोच्दै थिएँ, हेर्दा हेर्दै अर्को सींङ उम्रियो ती सींङहरूको बीचमा त्यो सींङअरू सीङहरू भन्दा एकदमै सानो थियो। यो सींङमा मानिसको जस्तो आँखा थियो। यो सानो सींङमा एउटा मुख पनि थियो अनि स्वंयले प्रशंसा गरिरहेको थियो। यो सानो सींङले अरू तीनवटा सींङहरूलाई उचालेर फ्याँकि दियो।

Cross references

1 शमूएल 2:3

अब अहंकार हुदैन! अहंकारपूर्ण वचनहरू अब छैन कारण परमप्रभु परमेश्वर सर्वज्ञानी हुनुहुन्छ। परमेश्वरले मानिसका कार्यहरू तौलनु हुन्छ।

भजनसंग्रह 12:3

परमप्रभुले ती झूट बोल्ने ओंठहरू काटी दिनु हुन्छ। परमप्रभुले ती ठूल-ठूला कुराहरूको घमण्ड गर्नेहरूको जिब्रो काटिदिनु हुन्छ।

दानियल 7:20

त्यसको टाउकोमा दशवटा सींङहरू थिए अनि बीचमा अर्को सींङ उम्रियो। त्यस सींङले अरू दशवटा सींङहरूबाट तीनवटा उखेल्यो। त्यस सींङको घमण्डसित बोल्न एउटा आँखा एउटा मुख थियो। यो अरू सींङहरू भन्दा ठूलो देखिन्थ्यो। म यस दर्शनको विषयमा जान्न चाहन्थें।

दानियल 8:9

फेरि त्यो चारै सींङहरू मध्ये एउटा सानो सींङ उम्रियो। त्यो सानो सींङ बढेर ठूलो भयो। यो दक्षिण पूर्वतिर बढेर गयो। यो सींङ सुन्दर भूमि पट्टि बढेर गयो।

दानियल 8:23

“ती राज्यका अन्तिम दिनहरूमा जब तिनीहरूको पाप चरमसीमा मा पुगेको हुन्छ, तब एउटा क्रूर निष्ठूर र युद्धकलामा निपुण राजा देखा पर्नेछ।

दानियल 11:36

“‘फेरि राजाले जे इच्छा लाग्यो त्यही गर्नेछन। उसले आफ्नो विषयमा बढि-बढाईं गर्नेछ, अनि आफ्नो प्रशंसा गर्ने छ। उसले सोच्ने छ ऊ कुनै देवता भन्दा ज्यादा राम्रो छ। उसले यस्तो कुरा गर्नेछ जुन कहिल्ये कसैले पनि सुनेको छैन। उसले देवताहरूको परमेश्वरको विरोधमा यस्तो कुरा गर्नेछ। ऊ त्यति बेला सम्म सफल हुन्छ जतिबेला सम्म यो सबै नराम्रो घट्नाहरू घट्दैन, तर नराम्रो घट्ना अवश्य घट्नेछ।

2 थिस्सलोनिकी 2:4

परमेश्वर वा कुनै पनि चीज जो मानिसहरूले पूजा गर्छन् त्यसले विरोध गर्छ। त्यो दुराचारी मानिस आफैले आफूलाई परमेश्वर अथवा मानिसहरूको आराधना भन्दा माथि राख्छ। त्यो परमेश्वरको मन्दिरमा पनि जान्छ र त्यहाँ बस्छ र आफू परमेश्वर हुँ भन्ने घोषणा गर्छ।

2 तिमोथी 3:2

ती दिनहरूमा मानिसले आफूलाई र पैसालाई मात्र माया गर्नेछन्। ती अहंकारी, घमण्डी र अर्कालाई गाली गर्ने हुन्छन्। मानिसहरूले आफ्ना माता पिताका आज्ञा पालन गर्ने छैनन् अनि कृतज्ञ बन्ने छैनन्। ती परमश्वरले मन पराउनु हुने मानिसहरू हुनेछैनन्।

2 पत्रुस 2:18

ती झूटा शिक्षकहरु त्यस्ता वचनहरुमा गर्व गर्छन् जसको केही अर्थ छैन. तिनीहरुले मानिसहरुलाई पापको जालमा फसाउँछन्। तिनीहरुले, यस्ता मानिसहरुलाई आर्कषित गराइरहेछन् जो मानिसहरु कुकर्म गर्नेहरुबाट टाडा रहन शुरु गर्दैछन्। ती झूटा शिक्षकहरुले, आफ्ना पापपूर्ण प्राकृतिक वासनाबाट हुने दुष्ट कर्मको सहायताले यो गर्छन्।

यहूदा 1:16

यी मानिसहरु सदैव विरोध जनाउँछन् अनि अरुको त्रुटि खोज्छन्। तिनीहरुले सदैव तिनीहरुले गर्न चाहेका कुकर्महरु गर्छन्। तिनीहरु आफ्नै गर्व गर्छन्। तिनीहरुले अन्य मानिसहरुको विषयमा राम्रो कुरा भन्नुको एउटा कारण तिनीहरु जे चाहन्छन् त्यो प्राप्त गर्नु हो।

प्रकाश 9:7

ती सलहहरु युद्धका निम्ति तयार गरिएका घोडाहरु जस्तै देखिन्थे। तिनीहरुको शिरमा तिनीहरुले सुनको मुकुटहरु जस्तै देखिने लगाएका थिए। तिनीहरुको अनुहार मानवको जस्तै देखिन्थ्यो।

प्रकाश 13:1

त्यसपछि मैले समुद्रबाट एक पशु उठिरहेको देखें। त्यसको दशवटा सिङ्ग अनि सातवटा टाउको थिए। त्यसको प्रत्येक सिङ्गमा एउटा मुकुट थियो। त्यसको प्रत्येक टाउकोमा ईश्वर निन्दाको नाउँ लेखिएको थियो।

प्रकाश 13:5

त्यस पशुलाई अहँकारी बचन अनि ईश्वर निन्दा गर्न अनुमति दिइयो। त्यो पशुलाई बयालीस महीनासम्म त्यसको शक्ति प्रयोग गर्ने दिइयो।

प्रकाश 13:11

त्यसपछि मैले अर्को पशुलाई पृथ्वीबाट आइरहेको देखें। त्यसको भेंडाको पाठाको जस्तो दुईवटा सिङ्ग थियो, तर त्यो विशाल सर्प झौं कुरा गर्थ्यो।

Interlinear

Choose Theme