Home Bibles इजकिएल 17:18 · नेपाली बाइबल
इजकिएल 17:18 · नेपाली बाइबल

तर यहूदाको राजा बाँचेर निक्लन सक्तैन। किन? किनकि उसले आफ्नो सन्धिको उपेक्षा गर्यो। उसले नबूकदनेस्सरलाई दिएको शपथ भङ्ग गर्यो।”

Cross references

2 राजा 10:15

त्यहाँबाट गएपछि येहूले रेकाबका छोरा यहोनादाबसँग भेट गरे। यहोनादाब येहूसँग भेट गर्न आउँदै थिए। येहूले यहोनादाबको स्वागत गरे। उनलाई भने, “म तिम्रो विश्वासी मित्र भए जस्तै के तिमी मेरो विश्वासी मित्र होऊ?”यहोनादाबले उत्तर दिए, “अवश्य, म तिम्रो विश्वासी मित्र हुँ।”येहूले भने, “यदि तिमी हौ भने मलाई तिम्रो हात देऊ।”तब येहू बाहिर निहुरिए अनि यहोनादाबलाई माथि रथमा ताने।

1 इतिहास 29:24

सबै अगुवाहरू, योद्धाहरू अनि दाऊदका सबै छोराहरूले पनि उसलाई राजाको रूपमा स्वीकार गरे र तिनको हुकुम पालन गरे।

2 इतिहास 30:8

तिमीहरूका पुर्खाहरू जस्तै तिमीहरू ढीठ नबन। तर साँचो हृदयले परमप्रभुको आज्ञा पालन गर। सर्वाधिक पवित्र स्थानमा आऊ। परमप्रभुले महा पवित्र स्थानलाई संधैका निम्ति पवित्र तुल्याउनु भएको छ। परमप्रभु तिम्रा परमेश्वरको सेवा गर। तब परमप्रभुको डरलाग्दो क्रोध तिमीहरूबाट टाढा फर्कने छ।

विलाप 5:6

रोटी पाउनका लागि हामीले मिश्रसँग एउटा सम्झौता गर्यौ। हामीले अश्शूरसंग एउटा सम्झौता गर्यौं।

Interlinear

Choose Theme