“यसकारण, इस्राएल! म तिमीहरुलाई दण्ड दिनजाँदैछु। इस्रएल, तिमीहरु परमेश्वरको दण्ड सामना गर्न तयार हुनैपर्छ।
Cross references
मानिसहरूले तिम्रा गुप्त अंगहरू हेर्नेछन् अनि तिम्रो लाज हेर्नेछन्। तिमीले गरेको सबै दुष्टकर्मको बद्ला म चुकाउनेछु। अनि कोही पनि तिमीलाई सघाउन आउने छैनन्।
तिमीहरूले शहरको भत्केको पर्खालको नजिक सैनिकहरू बस्न दिएनौ। तिमीहरूले इस्राएलको परिवारको रक्षाको निम्ति पर्खालहरू बनाएनौ। यसकारण परमप्रभुको निम्ति जब तिमीहरूलाई दण्ड दिने समय आउँछ त्यतिबेला तिमीहरू युद्धमा हार्नेछौ।
“देश रक्षाकोलागि पर्खाल बनाउन अथवा त्यही भत्केको भागमा उभिन एकजना मानिस मैले तिनीहरूको माझमा खोजें धाँदोमा उभिएर प्रार्थना गर्ने मानिस तर जसले त्यस्तो गर्न सक्थ्यो कुनै मानिस पनि पाउन सकिन।
म उनीहरूसँग माऊ भालू झैं झम्टन्छु जसले उसका छाउराहरू खोसिदिएकोछ। म उनीहरूमाथि हमला गर्छु। म उनीहरूको छाती चिरीदिन्छु। म त्यो सिंह अथवा अन्य कुनै हिंस्रक जनवार जस्तै हुनेछु जसले आफ्नो शिकार लुछी-लुछी खाई रहेको हुन्छ।”
कुनै पनि मानिस बाँच्ने छैन, यहाँ सम्म कि बेगसित दगुर्नेलाई पनि छाडिने छैन।
परमप्रभु मेरो स्वमीले यो प्रतिज्ञा गर्नु भयो, उहाँले आफ्नो पवित्रता को शपथ खानुभयो अनि भन्नुभयो, “हेर यस्तो दिन आइलाग्नेछ तिनीहरुले तिमीहरुलाईअंकुसेले समातेर र बाँकिरहेकालाई बल्छीले अल्झाएर लानेछन्।
परमप्रभु इस्राएलका मानिससित यसो भन्नुहुन्छ, “मेरो खोजि गर्दै आऊ अनि बाँच्नेछौ
मैले परमप्रभुलाई वेदीको छेउमा उभिएको देखें। उहाले भन्नुभयो, “संघार हल्लिञ्जेल र मानिसको टाउको चुर हुन्जेल खम्बामाथि ठोकाऊ। ती बाँचेकाहरुलाईतरवारले मार। भाग्नेहरु मारिनेछन्। कुनैमानिस पनि मेरो रिसबाट उम्कनेछैन।
यदि तिम्रो विरोधीले तिमीलाई न्यायालयमा लाँदैछ भने उसित मिलाप गरिहाल। न्यायलय पुग्नु अधिनै तिमीले यसो गर। यदि तिमी उसको साथी बन्न असफल भयौ भने उसले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला, न्यायाधीशले तिमीलाई प्रहरीको हातमा सुम्पिदेलान् अनि तिमीलाई झ्यालखानामा थुनिदिनेछ।
यसकारण तिमीहरू पनि तयार बस। मानिसको पुत्र यस्तो समयमा आउनेछ जसको तिमीहरूले आशा गरेका हुने छैनौ।
“कसैले पनि त्यो दिन र समय थाहा पाउने छैन। पुत्र र स्वर्गमा भएको स्वगदूतहरूले समेत त्यो दिन र समय जान्ने छैनन्। त्यो दिन र समय केवल पिताले मात्र जान्नु हुनछ।
“यदि कुनै राज अर्को राजासंग युद्ध गर्न जाँदैछ भने, पहिले ऊ बस्नु पर्छ, योजना बनाउनु पर्छ। यदी त्यसको दश हजार मनिसहरू छन् अनि उसको विपक्षी बीसहजार मानिसहरू लिएर आउँदैछ भने, त्यसले निर्णय गर्नु पर्छ कि ऊ विजयी हुन सक्छ कि सक्तैन।
येशूले भन्नु भयो, “म तिमीहरूलाई साँचो भन्दछु, यो गरीब विधवाले अरू सबैले भन्दा धेरै दिई।
तिमीहरू सबैले जान्दछौ जुन दिन प्रभु आउनु हुन्छ त्यो दिन घरमा राती चोर पसेको जस्तै हुन्छ।
के तिमीहरूलाई तिमीहरूको झगडा र लडाँईको श्रोत थाहा छ? तिमीहरूका झगडा अनि बहसहरू स्वार्थपूर्ण इच्छाहरूबाट आउछ जसले अन्तमा द्वन्द्व मच्चाउँछ,
यसर्थ तिमीहरुले जे प्राप्त गरेका छौ अनि जुन तरिकाले सुन्यौ त्यो याद राख त्यसको पालन गर। तिमीहरुको हृदय अनि जीवनलाई परिवर्त्तन गर। तिमीहरु व्यूँझर उठ नत्र म तिमीहरुकहाँ आउनेछु अनि चोरले जस्तै आश्चर्य चकित तुल्याउनेछु। म कहिले आउनेछु त्यो तिमीहरुले थाहा पाउने छैनौं।