Home Bibles होशे 13:8 · नेपाली बाइबल
होशे 13:8 · नेपाली बाइबल

म उनीहरूसँग माऊ भालू झैं झम्टन्छु जसले उसका छाउराहरू खोसिदिएकोछ। म उनीहरूमाथि हमला गर्छु। म उनीहरूको छाती चिरीदिन्छु। म त्यो सिंह अथवा अन्य कुनै हिंस्रक जनवार जस्तै हुनेछु जसले आफ्नो शिकार लुछी-लुछी खाई रहेको हुन्छ।”

Cross references

2 शमूएल 17:8

“तपाईंलाई थाहै छ तपाईंका पिता र उहाँसँग भएका मानिसहरू धेरै बलियाछन्। तिनीहरू बच्चाहरू खोसिएका भालू जस्तै हिस्रक छन् तपाईंका पिता निपुण योद्धा हुनुहुन्छ। उहाँ रातभरी सैनिकहरू सित रहनु हुन्न।

भजनसंग्रह 50:22

तिमीहरूले परमेश्वरलाई भुलेर गयौ, यो मैले तिमीहरूलाई टुक्रा-टुक्रा पार्नु भन्दा अघि नै बुझ्ने चेष्टा गर। यदि त्यस्तो भयो भने कसैले पनि तिमीहरूलाई बचाउँन सक्ने छैन!

भजनसंग्रह 80:13

जङ्गली सुङ्गुरहरू आउँदछ र तपाईंको “अङ्गुरको झ्याँङ्गमाथि” हिंड्दछ। जङ्गली पशुहरू आएर त्यसको पातहरू खाँदछ।

हितोपदेश 17:12

मूर्खको सामुने पर्नु भन्दा बच्चाहरू खोसिएको भालूको सामने पर्नु असल हुन्छ।

यशैया 5:29

शत्रु चिच्याउँछन्, अनि तिनीहरूका चिच्याहट सिंहको गर्जन जस्तै हुनेछ। शत्रुहरू गर्जन्छन र तिनीहरूसित लाडने मानिसहरूलाई पक्रन्छन्। मानिसहरू तिनीहरूबाट बाँच्न संघर्ष गर्छन्। तर त्यहाँ तिनीहरूलाई बचाउँने कोही पनि हुँदैन्।

यशैया 56:9

जङ्गलमा भएका जङ्गली जानवरहरू, आउँछन् र खान्छन्।

यर्मिया 12:9

मेरा मानिसहरू मरेका पशुहरू जस्तै छन्। गिद्धहरू तिनीहरूको वरिपरि उडछन्। आऊ, जङ्गली हे पशुहरू हो। खान भेला होऊ।

आमोस 9:1

मैले परमप्रभुलाई वेदीको छेउमा उभिएको देखें। उहाले भन्नुभयो, “संघार हल्लिञ्जेल र मानिसको टाउको चुर हुन्जेल खम्बामाथि ठोकाऊ। ती बाँचेकाहरुलाईतरवारले मार। भाग्नेहरु मारिनेछन्। कुनैमानिस पनि मेरो रिसबाट उम्कनेछैन।

Interlinear

Choose Theme