Home Bibles ☰ Books प्रेरित 9:35 · नेपाली बाइबल
प्रेरित 9:35 · नेपाली बाइबल

लिड्डा अनि शारोमा सबै मानिसहरूले उसलाई देखे अनि प्रभु येशूमाथि विश्वास बढाए।”

Cross references

व्यवस्था 4:30

जब तिमीहरूमाथि मैले भनेको कुराहरू आइपर्नेछन्, संकष्टमा पर्नेछौ, तब तिमीहरू परमप्रभु आफ्नो परमेशवरको शरणमा पर्नेछौ अनि उहाँको आज्ञा पालन गर्नेछौ।

1 इतिहास 5:16

गाद परिवार समूहका मानिसहरू गिलाद क्षेत्रमा बस्थे। तिनीहरू बाशानको क्षेत्रमा बाशान वरिपरिका सा-साना शहरहरूमा अनि शारोन क्षेत्रका सीमानासम्म फैलिएका सबै र्खकहरूमा बस्थे।

1 इतिहास 27:29

शारोनका शित्रै शारोन वरिपरिका गाई वस्तुका जिम्मा मा थिए। अदूलेका छोरा शापातबेंसीमा गाई वस्तुहरूका जिम्मा मा थिए।

भजनसंग्रह 22:27

टाढा-टाढा भएका जातिका मानिसहरूले परमप्रभुलाई सम्झून् र उहाँतिर फर्केर आऊन्! विदेशीहरूका परिवारहरूले पनि, उहाँ अघि दण्डवत् गरून् र उहाँको पूजा गरून्।

भजनसंग्रह 110:3

जब तिमीले आफ्ना सैन्यहरूसँगै भेला गर्नेछौ तिम्रो मानिसहरू स्वयंसेवक हुनेछन्। तिनीहरूले आफ्नो विशेष पोशाकहरू लगाउनेछन्। अनि विहानै एका-अर्कासित भेट हुनेछ। ती युवा पुरूषहरू भूइँमा शीत परे जस्तै तिम्रो वरिपरि हुनेछन्।

यशैया 31:6

इस्राएलका नानीहरूले परमेश्वरको विरूद्ध विद्रोह गरे। तिमीहरू परमेश्वरकहाँ फर्केर आउनै पर्नेछ।

यशैया 33:9

यो भूमि रोगी भएको छ। लबानोन शर्ममा परेर आइलायो र शारोन खाडी सुक्खा र रित्तो भएको छ। बाशान र कर्मेलले एकपल्ट सुन्दर पातहरू उब्जाउने थियो तर अहिले ती पातहरू उब्जन बन्द भएका छन्।

यशैया 35:2

जुन ठाउँ एक समय पशुहरूको अधीनमा थियो त्यहाँ अग्ला-अग्ला जल वृक्षहरू हुनेछन्। मरूभूमि फुलेका फूलहरूले भरिपूर्ण हुनेछ अनि यसले आफ्नो खुशीयाली दर्शाउनेछ। यो यस्तो प्रफुल्लित हुँदछ कि मरूभूमि खुशीले नाचिरहेकोछ। मरूभूमि लबानोनको बगेंचा जस्तो हुनेछ। यस्तो हुने नै छ किनभने मानिसहरूले परमप्रभुको महिमा देख्नेछन्। मानिसहरूले हाम्रो परमप्रभुको सुन्दरता देख्नेछन्।

यशैया 65:10

तब शारोनका बेंसी भेंडाहरूलाई चर्ने चरन हुनेछ। आकोरका बेंसी आराम गर्ने ठाउँ हुनेछ। यी सम्पूर्ण थोकहरू मेरा मानिसहरूका लागि हुन् जसले मलाई खोज्दछन्।

यशैया 66:8

कुनै मानिसले पनि एकै दिनमा नयाँ जाति प्रारम्भ भएको सुनेन्। त्यो देशले प्रथम पीडा पाउनै पर्छ नयाँ शिशु जन्माउँदा जस्तै। प्रसव वेदनाको अनुभव पछि भूमिले उसको बालकलाई जन्म दिन्छ, एक नयाँ जाति।

विलाप 3:40

जाँचौं र हेरौं हामीले के के गर्यौं। त्यसपछि परमप्रभु तर्फ फर्कौ।

होशे 12:6

यसकारण आफ्नो परमेश्वरतिर आऊ। उहाँ प्रति साँचो होऊ। राम्रो कर्म गर। परमेश्वरमाथि सधैं निर्भर गर।

Interlinear

Choose Theme