प्रभुको शक्ति तिनीहरूसंग थियो। अनि ठूलो संख्यामा मानिसहरूले प्रभुलाई विश्वास गर्न अनि अनुसरण गर्न लागे।
Cross references
यहूदामा पनि परमेश्वरको शक्तिले मानिसहरूलाई संगठित तुल्याए जस द्वारा तिनीहरूले राजा अनि तिनका अधिकारीहरूका आज्ञा पालन गर्ने छन्। यस प्रकारले तिनीहरूले परमप्रभुको वचन पालन गरे।
उनी यरूशलेममा राजाको सातौ वर्षको पाचौ महिनामा आए किनभने उनले पहिलो महिनाको पहिलो दिनमा मा नै बाबेल छाडे अनि पाँचौ महिनाको पहिलो दिनमा यरूशलेम आए किनभने उनलाई उनका परमेश्वरले सहायता गर्दैथिए।
किनभने हाम्रा परमेश्वरले हामीलाई सहयाता गर्नु भयो, तिनीहरूले हामीकहाँ एक वुद्धिमान मानिस, लेवीको छोरा महलीका कुलहरूका। इस्राएलका छोरा जस्तै शरेबियाह र तिनका छोराहरू भाइहरू एवं अन्य मानिसहरू।
अनि राजाको जङ्गलका रक्षक असापलाई दिने असापको ठेगाना भएको पत्र मलाई दिइयोस्, जसद्वारा उसले मलाई मन्दिरको किल्लाका द्वाराहरू, शहरका पर्खालहरू। अनि मेरो घर बनाउनका निम्ति काठहरू दिनेछन्। अनि राजाले मलाई मैले जे मागेको थिएँ दिनु भयो किनभने परमेश्वर म प्रति दयालू हुनुहुन्थ्यो।
मैले तिनीहरूलाई भनें, कसरी मेरो निम्ति परमेश्वर दयालू हुनभयो। अनि राजाले मलाई के भन्नु भएको थियो। तब तिनीहरूले भने, “हामी पुनःनिर्माण शुरू गरौ।” यसरी यो महान कार्यको तयारीको निम्ति तिनीहरूले स्वयंलाई उत्साहित तुल्याए।
हामीले घोषणा गरेका कुराहरू वास्तवमा कसले विश्वास गर्छ? वास्तवमा कसले परमप्रभुको दण्डलाई स्वीकार गर्दछ?
हेर, तिमीहरूलाई बचाउनको निम्ति परमप्रभुको शक्ति नै प्रयाप्त छ। उहाँले सुन्नु हुनेछ जब तिमीहरूले उहाँको साथ माँग्छौ।
जम्मै मानिसहरू ज-जसले यी कुराहरू सुने तिनीहरू निकै प्रभावित भए “यो केटो पछि के बनिन्छ होला भनेर सोच्न थाले?” परमप्रभु त्यस बालकसित हुनाले त्यस्तो सोचिएको थियो।जकरियाद्वारा परमेश्वरको प्रशंसा
तिनीहरूले परमेश्वरको प्रशंसा गरे अनि सबै मानिसहरूले उनीहरूलाई मन पराउँथे। अधिक भन्दा अधिक मानिसहरूले संरक्षण पाए र प्रभुले तिनीहरूलाई विश्वासीहरूको हूलमा सम्मिलित गरे।पत्रुसले एक लङ्गडो मानिसलाई निको पार्दछन्।
तर धेरै मानिसहरू जजसले पत्रुस र यूहन्नाको समाचार सुनेका थिए, तिनीहरू विश्वासी बनिए। यसर्थ अहिले त्यहाँ प्रायः पाँच हजार पुरूषहरू विश्वासीहरूको हूलमा थिए।
अनि धेरै मानिसहरू, दुवै पुरुषहरू र नारीहरूले प्रभुमा विश्वास गरे अनि विश्वासीहरूको टोलीमा सामेल भए।
परमेश्वरको वचन धेरै मानसिहरूकहाँ पुग्दै थियो। यरूशलेममा चेलाहरूको संख्या बढ्दै गइरहेको थियो धेरै यहूदी पूजाहारीहरू पनि यस विश्वासका चेला बने।स्तिफनसको विरुद्ध यहूदीहरू
लिड्डा अनि शारोमा सबै मानिसहरूले उसलाई देखे अनि प्रभु येशूमाथि विश्वास बढाए।”