Home Bibles प्रेरित 8:30 · नेपाली बाइबल
प्रेरित 8:30 · नेपाली बाइबल

तब फिलिप रथको छेउमा दगुरे अनि त्यो मानिसले पढी रहेको सुने। उसले यशैया अगमवक्ताको पुस्तक पढिरहेको थियो। फिलिपले उसलाई भने, “के तिमीले पढेको कुरा बुझ्दैछौ?”

Cross references

भजनसंग्रह 119:32

म खुशीले तपाईंको आज्ञाहरू पालन गर्नेछु। परमप्रभु, तपाईंका आज्ञाहरूले मलाई आनन्द दिन्छ।

उपदेशक 9:10

हर समय गर्नको लागि तिमी सित काम छ, त्यसलाई तिमी जति राम्रोसित गर्नसक्छौ गर। चिहानमा त कुनै कामै हुँदैन। त्यहाँ न त चिन्तानै हुन्छ न ज्ञान, न विवेक नै। अनि मृत्युको त्यस ठाँउमा। हामी सबै त जाँदैछौं।

मत्ती 13:19

बाटोमा छरिएको बीऊ के हो? त्यो बीऊ त्यो मानिस जस्तो हो जसले राज्यको बारेमा केही उपदेश सुन्छ तर बुझ्दैन। दुष्ट आउँछ अनि उसको मनमा रोपिएको कुराहरू लैजान्छ।

मत्ती 13:23

तर मलिलो जमीनमा झरेका बीऊहरू चाहिं के हुन्? ती बीऊहरू ती मानिसहरू जस्तै हुन् जसले उपदेश सुन्छ र त्यसलाई बुझ्दछ। त्यो बीरूवा उम्रन्छन् अनि कहिले सयगुणा ज्यादा, कहीले साठी गुणा ज्यादा, र कहिले तीसगुणा अधिक फल फलाउँछन्।”

मत्ती 13:51

तब येशूले आफ्ना शिष्यहरूलाई सोध्नुभयो, ‘के यी सुबै कुराहरू तिमीहरूले बुझ्यौ?’तिनीहरूले जवाफ दिए, “ज्यु प्रभु,’ हामीले बुझ्यौं।’

मत्ती 15:10

येशूले मानिसहरूलाइ आफूकहाँ बोलाउनु भयो। उहाँले भन्नुभयो, “म तिनीहरूलाई केही भन्छु। सुन र यसलाई बुझ।

मत्ती 24:15

“दानियल अगमवक्ताले ‘यस्तो खराब कुराहरूलेविध्वंश ल्याउने छ भनी बताएका थिए। तिमीहरूले यस्तो डरलाग्दा कुराहरू पवित्र ठाउँ अनि मन्दिरमा उभिएर देख्नेछौ।” यी कुरा पढने मानिसले यसको अर्थ बुझ्नुपर्छ।

मर्कूस 13:14

तिमीहरूले भयानक विनास देख्नेछौ। तिनीहरूले त्यो घटना एउटा त्येस्तो ठाउँमा उभिएर हेर्ने छौ जहाँ त्यस्तौ नहुनु पर्नेथ्यो।” (मानिस जसले पढछ यसको अर्थ के हुन्छ बुझनुपर्छ।) त्यसबेला यहूदिया मानिसहरू पहाडहरूतिर भाग्नु पर्छ।

लूका 24:44

उहाँले तिनीहरूलाई भन्नुभयो, “जब म तिमीहरूसँग थिएँ मैले के भने त्यो सम्झना गर। मैले भने, मोशाको व्यवस्थामा अगमवक्ताहरूको पुस्तकमा मेरो विषयमा भनिएको अनि भजनसंग्रहमा भनिएका प्रत्येक कुरा पूरा हुनेछ।”

यूहन्ना 4:34

येशूले भन्नुभयो, मेरो भोजन जसले मलाई यहाँ पठाँउनु भएको छ उहाँको इच्छालाई अनुसरण गर्नु हो अनि उहाँले मलाई दिएको काम पूरा गर्नु हो।

यूहन्ना 5:39

तिमीहरूले धर्मशास्त्र सावधानसित अध्ययन गर किनभने तिमीहरू सोच्दछौ कि ती धर्मशास्त्रद्वारा तिमीहरूले अनन्त जीवन पाउनेछौ अनि यिनै धर्मशास्त्रले मेरो विषयमा गवाही दिन्छ।

प्रेरित 8:27

यसकारण फिलिप तयार भए अनि गए। बाटोमा उनले एकजना एथियोपियावासी मानिसलाई देखे जो नपुंसक थिए। उनी एथियोपिया देशकी रानी कन्दकीको ठूला अधिकार थिए। उनी रानीका जम्मै पैसा-रूपियाँका जिम्मेवार थिए। त्यो मानिस आराधना गर्न यरूशलेम गएका थिए।

1 कोरिन्थी 14:19

तर मण्डलीमा विभिन्न भाषाका हजारौं शब्दहरू भन्नु भन्दा म जुन भाषा बुझ्छु त्यसको पाँचवटा शब्द बोल्नु रूचाउँछु। बरू म बुझेर बोल्छु जसमा कि बोल्नु रूचाउँछु। बरू म बुझेर बोल्छु जसमा कि अरूलाई सिकाउन सकुँ।

एफिसी 5:17

यसर्थ मूर्ख नबन। सट्टामा, प्रभूले तिमीलाई के गराउन चाहनुहुन्छ, बुझ।

प्रकाश 13:18

कोही पनि जसकोमा बुद्धि छ उसले त्यस पशुको संख्या थाहा लगाउनु सक्थ्यो। यहाँ बुद्धिको आवश्यक छ। यो संख्याले मानिसको नाउँ प्रतिनिधित्व गर्छ। यो 666 हो।

Interlinear

Choose Theme