Home Bibles ☰ Books प्रेरित 8:31 · नेपाली बाइबल
प्रेरित 8:31 · नेपाली बाइबल

त्यस मानिसले भन्यो, “म कसरी बुझ्न सक्छु? मलाई त्यस्तो मानिसको खाँचो छ जसले मलाई यो व्याख्या गरिदिन सक्छ।” त्यसपछि उसले फिलिपलाई उसको छेउमा आएर बस्न निमन्त्रणा गर्यो।

Cross references

2 राजा 5:9

यसकारण नामान आफ्ना घोडाहरू अनि रथहरूसँगै एलीशाको घरमा आए अनि ढोकाको बाहिर उभिए।

2 राजा 5:26

एलीशाले गेहजीलाई भने, “त्यो साँचो होइन! मेरो मुटु तँसगै थियो जब त्यो नामान तँ सँग भेट गर्न आफ्नो रथबाट ओर्लियो। यो धन, लुगा भद्राक्ष, दाख, भेडा, गाई अथवा पुरूष तथा मैले सेवकहरू लिने समय होइन।

2 राजा 10:15

त्यहाँबाट गएपछि येहूले रेकाबका छोरा यहोनादाबसँग भेट गरे। यहोनादाब येहूसँग भेट गर्न आउँदै थिए। येहूले यहोनादाबको स्वागत गरे। उनलाई भने, “म तिम्रो विश्वासी मित्र भए जस्तै के तिमी मेरो विश्वासी मित्र होऊ?”यहोनादाबले उत्तर दिए, “अवश्य, म तिम्रो विश्वासी मित्र हुँ।”येहूले भने, “यदि तिमी हौ भने मलाई तिम्रो हात देऊ।”तब येहू बाहिर निहुरिए अनि यहोनादाबलाई माथि रथमा ताने।

भजनसंग्रह 25:8

परमप्रभु साँच्चै असल अनि इमान्दार हुनुहुन्छ। उहाँले पापीहरूलाई ठीक मार्गमा बाँच्ने तरिका सिकाउनु हुन्छ।

भजनसंग्रह 73:16

मैले यी कुराहरू जान्नलाई यथासक्य कोशिश गरें। तर ती सबै मेरो लागि एकदम कठिन थिए।

भजनसंग्रह 73:22

हे परमेश्वर! म तपाईंसित शोकाकुल र क्रोधित थिएँ। मैले एउटा लठुवा र अज्ञात पशुले जस्तो व्यवहार गरें।

हितोपदेश 30:2

अरू कुनै मानिस भन्दा म धैरे अनभिज्ञ छु, जसरी बुझ्नु पर्छ त्यसरी बुझ्न म असक्षम छु।

यशैया 29:18

बहिराले पुस्तकको शब्दहरू सुन्नेछ। अन्धाले अन्धकारमय कुहिरोबाट देख्नेछ।

यशैया 35:8

त्यसबेला, त्यहाँ एउटा मुलबाटो बनिनेछ र त्यसलाई “पवित्र मार्ग” भनिनेछ। दुष्ट मानिसहरूलाई त्यहाँ हिंड्ने अनुमति दिइने छैन्। कुनै मूर्ख त्यस बाटोबाट हिंड्न पाउने छैन्। खाली असल मानिसहरू त्यस मार्ग भएर हिँड्ने छन्।

मत्ती 18:3

अनि भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। यदि तिमीहरू सानो बालकहरू जस्तै बदलिएनौ भने तिमीहरू स्वर्गको राज्यमा कहिल्यै प्रवेश गर्न सक्नेछैनौ।

मर्कूस 10:15

म तिमीहरूलाई साँचो भन्दछु। तीमीहरूले परमेश्वरको राज्यलाई ग्रहण गर्नै पर्दछ, जसरी सो दिइएको कुरा स्वीकार्दछ, नत्र भने तिमीहरू कहिल्यै त्याहाँ पस्न पाउने छैनौ।”

रोमी 10:14

तर मानिसहरूले प्रभुलाई पत्याउन भन्दा पहिले उहाँमा विश्वास गर्नुपर्छ? अनि विश्वास गर्न अघि, तिनीहरूले उहाँको बारेमा सुनन्नुपर्छ। तर उहाँको बारेमा सुन्नलाई कसैले उहाँ बारे तिनीहरूलाई प्रचार गर्नुपर्छ।

1 कोरिन्थी 3:18

कसैले आफैलाई धोका नदिवोस्। यदि तिमीहरू मध्ये कसैले यस संसारमा आफूलाई ज्ञानी संझन्छ भने मूर्ख बन्नु पर्छ तब मात्र उ साँच्चिकै ज्ञानी बन्न सक्छ।

1 कोरिन्थी 8:2

जसले केही जान्दछु भन्ने संझन्छ उसले जान्नु पर्ने खास केही कुरो जानेको हुँदैन।

Interlinear

Choose Theme