किनभने तिमी कटुता इर्ष्याले भरिएको अनि पापको अधीनमा भएको म देख्दछु।”
Cross references
दृढ भएर बस तिमीहरूमध्ये कुनै पनि पुरूष अथवा स्त्री, कुल अथवा परिवार समूह परमप्रभु हाम्रा परमेश्वरदेखि टाढा नजाऊ कुनै पनि मानिस अन्य राष्ट्रले मान्ने देवताको सेवा गर्न नजाऊन्। जुन मानिसले त्यो गर्छ त्यो एउटा उद्भिद जस्तै हो जसले उम्रेर तितो अथवा विषालु फल दिन्छ।
सदोम र गमोरा जस्तै तिनीहरूको अङ्गुरको लहरा र खेती नष्ट हुनेछ। तिनीहरूको अङ्गुर विष जस्तै तीतो हुनेछ।
तर त्यो दुष्टको पेटमा उसको भोजन विष हुन्छ। त्यो उसको पेटभित्र एउटा साँपको विष जस्तै तितो हुन्छ।
हे परमप्रभु, म तपाईंको दास हुँ। म तपाईंकी एकजना सेविकाको बालक हुँ। परमप्रभु, तपाईं नै मेरो प्रथम गुरू हुनुहुन्थ्यो!
एकजना खराब मानिस उसले गरेको खराब कर्महरूद्वारा नै फँस्छ। उसको पापले उसलाई डोरीले झैं बाध्ने छ।
अब तिमीहरूले ती चीजहरूको विरूद्धमा लडाइँ गर्नु नै हुँदैन्। यदि गर्यौ भने, डोरीहरूले तिमीहरूलाई वरिपरि कसेर बाँध्नेछ।मैले सुनेका शब्दहरू बद्लिने छैन। ती शब्दहरू सेनाहरूका परमप्रभुबाट आएका हुन् जो सारा पृथ्वीका शासक हुनुहुन्छ। अनि ती कुराहरू हुने नै छन्।
“म कुन प्रकारको विशेष दिन चाहन्छु, भन्नेछ। एक दिन मानिसहरूलाई स्वतन्त्र पार्ने दिन्। म त्यस्तो दिन चाहन्छु ताकि त्यो दिन तिमीहरूले मानिसहरूको बोझा हटाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि त्यस दिन तिमीहरूले मानिसहरूलाई संकटबाट छुटकारा दिलाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि जब तिमीहरूले उनीहरूका काँधबाट बोझहरू हटाइदिनेछौ।
“तिमीहरूले जुन प्रकारले काम गर्यौ अनि जुन तरिकाले बसो-बास गर्यौ त्यसले यो विपद निम्त्यायो। यो तिम्रो लागि सजाय हो। यो तीक्त छ र तिम्रो मुटु छुन्छ।”
यसकारण सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “म तिनीहरूलाई तीतो भोजन खाने र विषालु पानी पिउने बनाउनेछु।
परमप्रभुले मलाई घेर्नु भयो अनि सबै तिरबाट आक्रमण गर्नु भयो। उहाँले मेरो वरीपरी समस्या र तिक्तता ल्याउनु भयो।
परमप्रभु मलाई सम्झनु होस् म अति उदास छु। अनि मेरो घर छैन। त्यो तीतो विष सम्झनु होस् जुन तपाईंले मलाई दिनु भएको थियो।
येशूले जवाफ दिनुभयो, “म साँचो भन्दछु। प्रत्येक मानिस जसले लगातार पाप गर्छ ऊ पापको दास हो। पाप उसको मालिक हो।
विगतमा तिमीहरू पापको दास थियौ। पापले तिमीहरूलाई अधिनमा राखेको थियो। तर परमेश्वरलाई धन्यवाद छ, तिमीहरूले ती आदेश हृदयले पालन गर्यौ जुन तिमीहरूलाई दिइयो।