Home Bibles ☰ Books उत्पत्ति 22:15 · नेपाली बाइबल
उत्पत्ति 22:15 · नेपाली बाइबल

परमप्रभुका स्वर्गदूतले दोस्रो पल्ट अब्राहामलाई बोलाए।

Cross references

उत्पत्ति 16:7

परमप्रभुको र्स्वग दूतले हागारलाई मरूभूमिमा पानीको स्रोतनेर भेटे। त्यो पानीको स्रोत शूर जाने बाटोनिर थियो।

उत्पत्ति 16:10

स्वर्गदूतले पनि भने, “म तिम्रा सन्तानहरू यति सम्म बढाउनेछु तिनीहरूलाई गन्न सकिंदैन।”

उत्पत्ति 18:10

तब परमप्रभुले भन्नुभयो, “म फेरि वसन्त ऋतुमा आउनेछु। त्यस समयमा तिम्री पत्नी साराले छोरो जन्माएकी हुनेछिन्।” साराले पालबाट यी सब कुराहरू सुनिरहेकी थिइन्।

उत्पत्ति 31:11

परमेश्वरका स्वर्गदूतले सपनामा मसित कुरा गरे। स्वर्गदूतले भने, “याकूब”। “मैले भनें, हजुर।’

उत्पत्ति 48:16

उहाँ एकजना स्वर्गदूत हुनु हुन्थ्यो जसले मलाई मेरो जीवनका सबै कष्टहरूबाट मुक्त गर्नु भयो। अनि म प्रार्थना गर्छु, उहाँले यी केटाहरूलाई पनि आशीर्वाद दिनु हुनेछ। मेरा अनि मेरो पुर्खाहरू अब्राहाम अनि इसहाकको नाउँ यी केटाहरूले बढाउने छन्। तिनीहरू बढुन अनि बहुसंख्यक मानिसहरूका राष्ट्र होउन्।”

प्रस्थान 3:2

पर्वतमा मोशाले परमप्रभुको दूतलाई एउटा बल्दै गरेको पोथ्रामा देखे। पोथ्रामा आगो जलिरहेको थियो तर पोथ्रा चाँहि भस्म भएको थिएन। उनले हेरे त्यो आगो पोथ्रामा जलि रहेको थियो तर पोथ्रा भस्म भएको थिएन।

लेवी 26:42

मैले याकूब, इसहाक र अब्राहामसँग गरेको करार र त्यस देशलाई पनि सम्झनेछु।

यशैया 45:23

“मेरो आफ्नै शक्तिद्वारा यो प्रतिज्ञा गर्छु। अनि जब प्रतिज्ञा सत्य हो। जुन कुरा विषयमा म वचन दिँन्छु त्यो हुने नै छ। अनि म वचन दिँदछु कि प्रत्येक मानिस मेरो समक्ष झुक्नेछ। अनि प्रत्येक मानिसले मलाई पछ्याउने प्रतिज्ञा गर्नेछ।

जकरिया 3:6

त्यसपछि परमप्रभुका स्वर्गदूतले यहोशूसंग यसो भनेः

जकरिया 12:8

तर त्यसदिन परमप्रभुले यरूशलेमका मानिसहरूको साह्रै रक्षा गर्नु हुनेछ, यहाँ सम्म कि कमजोर मानिसहरू पनि दाऊद जस्तै योद्धा बन्नेछन् अनि दाऊदका परिवारहरू परमप्रभुको आफ्नो स्वर्गदूत जस्तै पथप्रदर्शक हुनेछन्।

प्रेरित 7:30

“चालिस र्वष पछि मोशा सीनै पर्वतको मरूभूमिमा थिए। बलिरहेको पोथ्राको ज्वालामा एकजना स्वर्गदूत तिनको अघाडि देखा परे।

हिब्रू 6:13

परमेश्वरले अब्राहामलाई प्रतिज्ञा दिनु भएको थियो। परमेश्वर भन्दा ठूलो कोही छैन, यसर्थ परमेश्वर स्वयंले आफ्नो नाउँमा उनलाई शपथ दिनुभयो कि उहाँले आफ्नो वचन पूरा गर्नु हुनेछ।

प्रकाश 10:5

तब, मैले समुद्र अनि भूमिमा पाउ राख्ने स्वर्गदूतले आफ्नो दाहिने हात स्वर्गतिर उठाएको देखें।

Interlinear

Choose Theme