Home Bibles प्रेरित 5:2 · नेपाली बाइबल
प्रेरित 5:2 · नेपाली बाइबल

तर उनले बेचेर पाएको पैसाको केही अंश मात्र प्रेरितहरलाई दिए। उनले बचेको पैसाको केही अंश आफ्नो लागि राखे। उनकी स्वास्नीलाई त्यो कुरा थाहा थियो तर उ पनि सहमत थिई।

Cross references

यहोशू 7:11

इस्राएलका मानिसहरूले मेरो विरूद्ध पाप गरेका छन्। तिनीहरूले करार भङ्ग गरे जो मैले तिनीहरूलाई पालन गर्नु भनी आज्ञा गरेको थिएँ। तिनीहरूले ती केही वस्तुहरू लगे जसलाई मैले नष्ट गर्नु भनी आज्ञा दिएको थिएँ। तिनीहरूले मबाट चोरी गरेका छन्, तिनीहरूले झूटो काम गरेका छन्। तिनीहरूले ती वस्तुहरू आफ्नै निम्ति लगे।

2 राजा 5:21

यसकारण गेहजी नामानतिर दगुरे।नामानले कसैलाई आफूतिर दगुरेको देखे। उनी गेहजी सँग भेट गर्न रथबाट ओर्लिए। नामानले भने, “के सबै ठीकठाक छ?”

मलाकी 1:14

कति मानिसहरूसित तिम्रो पशुहरू छन्, जुन उनीहरूले बलिदान स्वरूप चढाउँन सक्छन् तर उनीहरूले ती राम्रा पशुहरू मलाई चढाउँदैनन्। केही मानिसहरूले राम्रोपशुहरू मकहाँ ल्याउँछन्। तिनीहरूले स्वास्थ पशुहरू ल्याउँने प्रतिज्ञा गर्छन् तर गुप्तरूपमा त्यो राम्रो स्वास्थ पशुलाई रोगी पशुहरूसँग साटेर मलाई रोगी पशुहरूचढाउँछन्। तिनीहरूमाथि आपद् आईलाग्नेछ। किनभने म महान राजा हुँ। तिमीहरूले मलाई सम्मान गर्नु पर्ने हो। सारा पृथ्वीका मानिसहरूले मेरो सम्मान गर्छन्।” सर्वशक्तिमान परमप्रभुले ती सबै कुराहरू भन्नुभयो।

मलाकी 3:8

“परमप्रभुलाई लुट्न बन्द गर। मानिसहरूले परमेश्वरको चिजहरू चोर्नु हुँदैन। तर तिमीहरूले मेरो भागहरू चोर्यो। तिमीहरू भन्छौ, ‘हामीले तपाईंको के चोर्यौं?’तिमीहरूले मलाई तिमीहरूको चीजको दशांशकप दिनुपर्ने थियो। तिमीहरूले मलाई बिशेष भेटी दिनुपर्ने थियो। तर तिमीहरूले मलाई ती चीजहरू दिएनौ।

मत्ती 6:2

‘जब तिमी दरीद्रहरूलाई सहायता दिन्छौ त्यसको विज्ञापन नगर कपटीहरूले जस्तो काम नगर। तिनीहरूले अरूले देखुन भनेर दरीद्रलाई सहायता गर्न अघिबाटै आफ्ना तुरही बजाउँछन्। तिनीहरूले सभाघरहरू र गल्लीहरूमा यसो गर्छन्। मानिसहरूबाट प्रशंसा पाउनलाई तिनीहरू यसो गर्दछन्। म तिमीहरूलाई साँचो भन्छु, यो नै ती सबै इनामहरू हुन् जो तिनीहरूले पाउने छन्।

मत्ती 23:5

“तिनीहरू मानिसहरूलाई देखाउनका निम्ति राम्रा कुरा गर्दछन्। तिनीहरू आफ्ना धर्मशास्त्रहरूका विशेष सन्दूक राख्छन्। तिनीहरू सन्दूकहरू ठूला-ठूला बनाउँछन्। अनि मानिसहरूले देख्न सकुन भनेर तिनीहरू आफ्ना प्रार्थनामा लगाउने वस्त्रहरू पनि लामा-लामा बनाउँछन्।

यूहन्ना 12:6

यहूदा आफै गरीबहरूसंग सम्बन्धित थिएन। यहूदाले यसो भनेको कारण ऊ स्वयं चोर थियो। यहूदाले चेलाहरूका पैसाको थैली राख्थ्यो र उसले बेला बेलामा ती थैलीहरूबाट पैसा चोर्थ्यो।

प्रेरित 4:34

तिनीहरूले चाहेका सबै वस्तुहरू प्राप्त गरे। जजसका आफ्ना जमीन र घरहरू थिए पैसाको निम्ति बेची दिए।

प्रेरित 4:37

यूसुफको आफ्नै खेत थियो। त्यो उनले बेची दिए अनि उनले बिक्रीबाट पाएको पैसा प्रेरितहरूलाई दिए।

प्रेरित 5:3

पत्रुसले भने, “हननिया, तिमीले किन आफ्नो हृदय शैतानलाई नियन्त्रण गर्न दियौ? तिमीले पवित्र आत्मालाई धोका दिने प्रयास गर्यौ। तिमीले तिम्रो जमीन बेच्यौ, तर आफ्नै लागि तिमीले किन बेचेको पैसाबाट केही अंश राख्यौ?

फिलिप्पी 2:3

जब केही कुरो गर्छौ, स्वार्थ वा मूर्खताको गर्वमा नगर। नम्र होऊ र आफूलाई भन्दा अरू अझ सम्मान योग्य भएको मान।

1 तिमोथी 6:10

पैसा प्रतिको प्रेमले हर प्रकारको खराबीलाई सृष्टि गर्छ। कसैले त सत्य विश्वासलाई नै त्यागिसकेकाछन् किनभने तिमीहरूमा धेरैभन्दा धेरै धन संग्रह गर्ने प्रबल इच्छा थियो। तर त्यसो गरेर तिनीहरूले आफैलाई घोर दुःख अनि अफसोसमा पारेकाछन्।

2 पत्रुस 2:14

हरेकपल्ट तिनीहरु स्त्रीलाई हेर्छन्, अनि तिनीहरु उसैलाई चाहन्छन्। यी झूटा शिक्षकहरु सदैव पाप गरिरहन्छन्। तिनीहरुले कसजोर मानिसहरुलाई पापको जालमा फसाउँछन्। तिनीहरु आफैले स्वार्थी हुन् प्रशिक्षण लिएका छन्। तिनीहरु श्रापित छन्।

Interlinear

Choose Theme