प्रधान पूजाहारी र उनका साथीहरू (त्यस टोलीलाई सदुकीहरू भनिन्थ्यो) इर्ष्याले भरिए।
Cross references
परमप्रभु दाऊदसित हुनुहुन्थ्यो अनि परमप्रभुले शाऊललाई त्याग्नु भएको थियो। यसकारण शाऊल दाऊद सँग भयभीत थिए।
मूर्ख मानिसको क्रोधले उसलाई नै मार्नेछ। सरल मानिसको उग्र आवेशले उसलाई नै मार्नेछ।
अन्य राष्ट्रका मानिसहरू किन रिसाउँछन्? किन तिनीहरू मूर्खतापूर्ण योजनाहरू बनाउँदै छन्?
शान्ति हृदयले शरीरलाई जीवन दिन्छ, तर डाहले शरीरको हड्डी सम्म मककाउँछ।
रिस निर्दयी हुन्छ अनि क्रोध एउटा बाढी झैं हुन्छ, तर डाहको सामुने को खडा हुन सक्छ?
मैले फेरि सोचें, ‘मानिसहरू यति कठोर परिश्रम किन गर्छन्।’ मैले बुझें मानिस सफल हुनालाई र अरूहरू भन्दा ठूलो बन्नालाई परिश्रम गरिरहन्छन्। यस्तो कोशिश यसकारण गरिन्छ कि मानिस इर्ष्यालु हुन्छन्। आफ्नोमा जति छ, अरूकोमा त्यो भन्दा धेर नहोस् भन्ने उनीहरू चाँहन्छन्। यी सब अर्थहीन कुराहरू हुन्। यो हावालाई पक्रनु जस्तो हो।
पिलातस जान्दथे कि मानिसहरूले नै इर्ष्याको कारणले येशूलाई तिनीकहाँ सुम्पिएका हुन्।
तब मुख्य पूजाहारीहरू र फरिसीहरूले यहूदी परिषदको सभा डाके। तिनीहरूले भने, “हामीले के गर्नु पर्ने? यो मानिसले धेरै चमत्कारहरू गरिरहेछ।
यसैले मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने योजनाहरू गरे।
यसर्थ फरिसीहरूले एक-अर्कामा भने, “हेर, हामीले कुनै कार्य सम्पन्न गर्न सकेका छैनौ। व्यर्थमा सवै मानिसहरू उहाँलाई पछ्याउँदैछन्।”
जब पत्रुस र यूहन्ना मानिसहरूसंग बोलिरहेका थिए, केही मानिसहरू तिनीहरूकहाँ आए। तिनीहरू यहूदी पूजाहारीहरू मन्दिरको देखरेख गर्नेहरूको कप्तान र केही सदुकीहरू थिए।
प्रधान पूजाहारी हन्नास, कैयाफा, यूहन्ना र अलेकजाण्डरहरू त्यहाँ थिए। सबै मानसिहरू जो प्रधान पूजाहारी चुनिने एक परिवारका थिए।
पृथ्वीका राजाहरू, शासकहरू परमप्रभु र उहाँका ख्रीष्ट विरुद्ध लडाँई लड्न एक ठाँउमा भेला भए।’
“त्यसपछि ती पिताहरू यूसुफसंग डाह गर्ने भए। यूसुफलाई मिश्रदेशमा दास बनाउन बेचे। तर यूसुफसंग परमेश्वर हुनुहुन्थ्यो।
जब यहूदीहरूले ती मानिसहरूलाई त्यहाँ देखे तिनीहरूमा खूबै डाह उत्पन्न भयो। तिनीहरूले नराम्रा शब्दहरू भने अनि पावलसंग र्तक विर्तक गरे।