Home Bibles ☰ Books प्रेरित 11:1 · नेपाली बाइबल
प्रेरित 11:1 · नेपाली बाइबल

यहूदीयामा प्रेरितहरू र दाज्यू-भाईहरूले गैर यहूदीहरूले पनि परमेश्वरको शिक्षालाई स्वीकार गरेको थाहा पाए।

Cross references

उत्पत्ति 49:10

यहूदाको परिवारबाट राजाहरू हुनेछन्। राजत्वको प्रतीक यस परिवारबाट हराउने छैन जबसम्म एकजना वास्तविक राजा आउनु हुँदैन।तब उनको आज्ञाहरू पालन गर्न र उहाँलाई सेवा पुर्याउनु धेरै मानिसहरू आउनेछन्।

भजनसंग्रह 22:27

टाढा-टाढा भएका जातिका मानिसहरूले परमप्रभुलाई सम्झून् र उहाँतिर फर्केर आऊन्! विदेशीहरूका परिवारहरूले पनि, उहाँ अघि दण्डवत् गरून् र उहाँको पूजा गरून्।

भजनसंग्रह 96:1

परमप्रभुले गर्नु भएको नयाँ कुराहरूका बारेमा नयाँ गीत गाऊ सारा संसारले परमप्रभु प्रति गीत गाउन्।

यशैया 11:10

त्यसबेला, यस्सी वंशबाट एउटा विशेष मानिस आउनेछ। त्यो मानिस “झण्डा” जस्तो हुनेछ। त्यस “झण्डा” सारा जातिहरूलाई के देखाउँछ र भन्नेछ उहाँको वरिपरि तिनीहरू सबै आउनु पर्दछ। ती जातिहरू के गर्नु पर्ने भनेर उनलाई सोध्नेछन्। अनि जुन ठाउँमा उनी हुने छन् त्यो ठाउँ महिमाले भरिपूर्ण हुनेछ।

यशैया 32:15

जब परमप्रभुलेमाथिबाट आफ्नो आत्मा दिनु हुँदैन तब सम्म हुनेछ। अब त्यस देशमा धर्म छैन्। यो मरूभूमि सरह भएको छ।

यशैया 35:1

खडेरीले डडेको भूमिमा त्यस समयमा पानीको खोला बग्नेछ। सुख्खा जग्गाहरूमा पानीको कुवाहरू हुनेछन्।

यशैया 42:1

“मेरो दासलाई हेर! म उसलाई सम्हाल्नेछु, उसलाई मात्र रोजेको हुँ। अनि म उसँग एकदम खुशी छु। मैले मेरो आत्मा उसमा हालीदिए। उसले जातिहरूमा निष्पक्ष न्याय गर्नेछ।

यशैया 42:6

“म, परमप्रभुले, तिमीलाई मेरो धार्मिकता-अनुसार बोलाएको छु। म तिम्रो हात समाउने छु। अनि म तिम्रो रक्षा गर्नेछु। तिमी त्यस्तो चिन्ह हुनेछौ जसले देखाउँदछ। मानिसहरूसँग मेरो करार भएको। तिमी सारा मानिसहरूका निम्ति प्रज्वलित ज्योति हुनेछौ।

यशैया 49:6

“तिमी मेरो एक मुख्य दास हौ। इस्राएलका मानिसहरू कैदी छन्, तर तिनीहरूलाई मकहाँ फर्काई ल्याउनेछु। याकूबका वंशहरू मकहाँ फर्की आउनेछन्। तर, तिमीसँग अर्को काम छ यो त्यो भन्दा पनि अझ मुख्य छ। सारा जातिहरूका लागि म तिमीलाई ज्योति बनाउनेछु। तिमी पृथ्वीमा भएका सारा मानिसहरूलाई बचाउने मेरो बाटो हुनेछौ।”

यशैया 52:10

परमप्रभुले आफ्नो पवित्र बाहुबल सारा जातिहरूलाई देखाउनु हुनेछ। टाढामा भएका सारा राष्ट्रहरूले परमप्रभुले कसरी आफ्ना मानिसहरूको उद्धारलाई देख्नेछन्।

यशैया 60:3

तिमीहरूका जातिहरूकहाँ प्रकाश आउनेछ, राजाहरू तिमीहरूको चहकिलो प्रकाशमा आउनेछ।

यशैया 62:2

तब समस्त जातिहरूले तेरो धार्मिकता देख्नेछन्। सबै राजाहरूले तेरो गौरव देख्नेछन्। त्यसपछि तिमीले नयाँ नाउँ पाउने छौ। परमप्रभु स्वयंले तिमीलाई त्यो नयाँ नाउँ दिनुहुनेछ।

यर्मिया 16:19

हे परमप्रभु, तपाईं मेरो बल र मेरो संरक्षण हुनुहुन्छ। तपाईं संकटको बेलामा दौडेर जाने एक सुरक्षित ठाउँ हुनुहुन्छ। सारा पृथ्वीका कुना-कुनारीट जातिहरू तपाईंकहाँ आउँछन्। तिनीहरू भन्छन्, “हाम्रा पिता-पुर्खाहरूकहाँ झूटा देवताहरू थिए। तिनीहरूले ती महत्वहीन मूर्तिहरू पूजे, जुन मूर्तिहरूले तिनीहरूलाई मद्दत गर्दैन।”

Interlinear

Choose Theme