परमप्रभुले गर्नु भएको नयाँ कुराहरूका बारेमा नयाँ गीत गाऊ सारा संसारले परमप्रभु प्रति गीत गाउन्।
Cross references
सारा पृथ्वीका मानिस हो, परमप्रभुको निम्ति गाओ। हामीलाई बचाउँने परमप्रभुको बारेमा हेरक दिन तिमीले असल समाचार भन्नुपर्छ।
उहाँको निम्ति एउटा नयाँ गीत गाऊ। सुखमय सुन्दर वाद्यहरू बजाऊ!
सारा पृथ्वीले तपाईंको उपासना गरून, प्रत्येकले तपाईंको नाउँको स्तुति-गान गरून्।
हे परमप्रभु! मानिसहरूले तपाईंको गुण-गान गर्न सकुन्। प्रत्येक मानिसले तपाईंको प्रशंसा गर्न सकुन्।
हे पृथ्वीका राजाहरू हो! परमेश्वरको गुण गाऊ! हाम्रो स्वामीको स्तुति-गान गर!
परमप्रभु प्रति नयाँ गीत गाऊ किनभने उहाँले नयाँ र छक्क पार्ने कुराहरू गर्नुभयो।
परमप्रभुको प्रशंसा गर। परमप्रभुले रच्नु भएको नयाँ कुराहरूको बारेमा नयाँ गीत गाऊ! महासभामा उहाँको प्रशंसा गर जहाँ उहाँका चेलाहरू आपसमा भेला हुँदछन्।
अनि फेरि त्यसले भन्छः“तिमीहरू सबै अयहूदीहरू! परमप्रभूको प्रशंसा गर, सबैले उहाँको प्रशंसा गर्नुपर्छ।”
अनि तिनीहरु सबैले भेंडाको पाठाको लागि एउटा नयाँ गीत गाए“तिमी त्यो बेह्रिएको चर्मपत्र लिन अनि त्यसको मोहर खोल्न योग्य छौ, किनभने तिमी मारिएका थियौ। अनि, तिम्रो रगतद्वारा तिमीले परमेश्वरका निम्ति हरेक जाति, भाषा, कूल अनि राष्ट्रबाट मानिसहरुलाई किन्यौ।
मानिसहरुले सिंहासन, ती चार सजीव वस्तु अनि धर्म-गुरुहरु अघि एउटा नयाँ गीत गाए। केवल ती मानिसहरु जसले नयाँ गीत सिक्न सके, एक लाख चवालीस हजार थिए जसलाई पृथवीबाट मुक्त गरिएका थिए। अन्य कसैले त्यो गीत सिक्न सकेनन्।