Home Bibles ☰ Books 2 शमूएल 9:2 · नेपाली बाइबल
2 शमूएल 9:2 · नेपाली बाइबल

शाऊलका परिवारमा एकजना सीबा नामका नोकर थिए। दाऊदका सेवकहरूले सीबालाई दाऊदको अघि बोलाए। राजा दाऊदले सीबालाई भने, “के तिमी नै सीबा हौ?”सीबाले भने, “ज्यू, म तपाईंको सेवक सीबा हुँ।”

Cross references

उत्पत्ति 15:2

अब्रामले भने, “हे परमप्रभु परमेश्वर! हजुरले मलाई के दिनुहुन्छ? यस्तो हजुरले दिंदा मलाई खुशी पार्ने केही छैन। किन? किनभने, मसित छोरा छैन। यसर्थ मेरो घरमा जन्मेको कमारा दमीसकको एलीएजरले मेरो मृत्यु पछाडी मसँग भएका सबै सम्पत्ति पाउँनेछ।”

उत्पत्ति 24:2

अब्राहामको सबभन्दा पुरानो अनि प्रमुख सेवक तिनको प्रत्येक चीजको जिम्मेवार थियो। अब्राहामले उसलाई आफू भएको ठाउँमा बोलाए अनि भने, “तेरो हात मेरो तिघ्रामुनि राख।

उत्पत्ति 39:6

यसैले पोतीफरले यूसुफलाई आफ्नो घरको प्रत्येक चीजको जिम्मावारी लगायो। पोतीफरले कुनै कुराको चिन्ता गर्दैनथ्यो ऊ खाली आफ्नो भोजनको विषयमा मात्र चिन्ता गर्दथ्यो।यूसुफ अत्यन्तै सुन्दर र राम्रो थियो।

2 शमूएल 16:1

दाऊद जैतुन डाँडाको टापुमा अलिक पर मात्र पुगेका थिए, मपीबोशेतको नोकर सीबाले दाऊदलाई भेटे। सीबासँग जीन लगाम कस्सिएका दुइवटा गधा थिए। गधामा 200 रोटी, 100 झुप्पा किसमिस, 100 ग्रीष्मफल र दाखरस लादिएको एउटा मसक थियो।

2 शमूएल 19:17

झण्डै 1,000 मानिसहरू बिन्यामीन कुल समूहका शिमीसित आए। सीबा शाऊलका नोकर पनि आए। सीबाले 15 छोराहरू र 20 नोकरहरू पनि साथमा ल्याए। यी सबै मानिसहरू यर्दन नदी पुगी राजा दाऊदलाई हेर्न हतारीएका थिए।

2 शमूएल 19:18

ती मानिसहरू यर्दन नदी तरेर राजाका परिवार यहूदामा फिर्ता गराउन गए। मानिसहरूले राजाले जे चाहन्थे त्यही गरे। जब राजा नदी तर्दैथिए, गेराका छोरा शिमी तिनलाई भेटून आए।

2 शमूएल 19:27

तर मेरो नोकरले मलाई छक्कायो। तिनीहरूले मलाई धोका दिएर तपाईंलाई भेटून गए अनि तिनले अघि मलाई गाली गरे। तर मेरो मालिक राजा तपाईं त परमेश्वरका दूत जस्तै हुनुहुन्छ तपाईंलाई जस्तो ठीक लाग्छ गर्नुहोस्।

Interlinear

Choose Theme