Home Bibles ☰ Books 2 शमूएल 16:1 · नेपाली बाइबल
2 शमूएल 16:1 · नेपाली बाइबल

दाऊद जैतुन डाँडाको टापुमा अलिक पर मात्र पुगेका थिए, मपीबोशेतको नोकर सीबाले दाऊदलाई भेटे। सीबासँग जीन लगाम कस्सिएका दुइवटा गधा थिए। गधामा 200 रोटी, 100 झुप्पा किसमिस, 100 ग्रीष्मफल र दाखरस लादिएको एउटा मसक थियो।

Cross references

1 शमूएल 10:3

तब शमूएलले भने, “तपाईंहरू ताबेरमा बज्राँठको रूख नआइञ्जेलसम्म अघि बढ्नुहोस्। त्यहाँ तीनजना मानिसहरू भेट्नुहुनेछ। तिनीहरू बेतेलमा परमेश्वरको आराधना गर्न गइरहेका हुनेछन्। ती मध्येको पहिलोले तीनवटा पाठा बोकेको हुनेछ। दोस्रोले तीनवटा रोटी र तेस्रोले एक मशक दाखरस बोकेको हुनेछन्।

1 शमूएल 16:20

यिशैले शाऊलका निम्ति उपहारको बन्दोबस्त गर्यो। यिशैले उपहारको रूपमा एउटा गधा, केही रोटी, एक मशक दाखरस र एउटा बाख्राको पाठो तयार पार्यो। यिशैले ती चीजहरू दाऊदका साथ लगाएर शाऊल कहाँ पठायो।

1 शमूएल 17:17

एक दिन यिशैले दाऊदलाई भने, “यस फुर्लुङमा चार पाथी (एक एपा) चिउरा र दशवटा रोटी छन् तिम्रा दाज्यूहरूलाई छाउनीमा लगि देऊ।

1 शमूएल 25:18

अबीगेलले हतार हतार 200 वटा रोटी, दुइ मशक दाखरस पाँचवटा पकाएको भेडा, पाँच पाथी पकाएको चिउरा 100 झुप्पा किसमिस र सुकाएको 200 झुप्पा नेभारा तयार पारी गधाहरूमा लदाइन्।

2 शमूएल 9:2

शाऊलका परिवारमा एकजना सीबा नामका नोकर थिए। दाऊदका सेवकहरूले सीबालाई दाऊदको अघि बोलाए। राजा दाऊदले सीबालाई भने, “के तिमी नै सीबा हौ?”सीबाले भने, “ज्यू, म तपाईंको सेवक सीबा हुँ।”

2 शमूएल 15:30

दाऊद जैतून डाँडा उक्ले। तिनी रोए। टाउको ढाकेर खाली खुट्टै हिंडे। दाऊदका साथमा भएका अन्य मानिसहरूले पनि टाउको ढाके। तिनीहरू पनि रूँदै दाऊदसँग गए।

2 शमूएल 15:32

दाऊद पहाडको चुचुरोमा उक्ले। जहाँ दाऊदले कहिलेकाहीं परमेश्वरलाई आराधना अर्चना गर्थे। त्यही समय एरेकी हूशै फाटेको कोट अनि टाउकोभरि धुलो हालेर तिनका अघि आए।

2 शमूएल 17:27

दाऊद महनैम पुगे। शोबी, माकीर र र्बजिलाइहरू त्यस ठाउँमा थिए। (शोबी रब्बाको अम्मोनी नाहाशका छोरा थिए। माकीरचाहि लोदबारको अमीएलका छोरा थिए। र्बजिलाइ गिलादका रोग्लीमबाट थिए।)

2 शमूएल 19:32

र्बजितले 80 वर्ष पुगेका साह्रै बृद्ध मानिस थिए। दाऊद महनैममा भएका बखत राजालाई खाना पिना र अन्य सामानहरू तिनैले जुटाइदिए। र्बजितले यो कार्य सजिलै गर्न सक्थे कारण तिनी साह्रै धनी थिए।

1 इतिहास 12:40

तिनीहरूका ती क्षेत्रका छिमेकीहरूले पनि जहाँ इस्साकार, जबूलून अनि नप्तालीका कुल समूहहरू बस्थे! खाने कुरा, गधा, ऊँट, खच्चर अनि गोरूहरूमा लिएर आए। तिनीहरूले प्रशस्त मात्रामा पीठो, नेभाराका डल्ला, किसमिसका झुप्पा, दाखका डल्ला, दाखरस, तेल गाई गोरूहरू अनि भेडाहरू ल्याए। इस्राएलका मानिसहरू अत्यन्त प्रसन्न थिए।

हितोपदेश 18:16

उपहारले एकजना मानिसको निम्ति ढोका उर्घाछ, अनि त्यो मानिस महापुरूषहरूको सामुन्ने पुग्न सक्छ।

हितोपदेश 29:4

एकजना राजाले आफ्नो राज्यलाई न्याय द्वारा बलियो राख्छ, तर घूस लिने मानिसले यसलाई सर्वनाश पार्छ।

यर्मिया 40:10

बाबेलवासीहरू अघि जो हामीकहाँ आउँछन तिमीहरूको प्रतिनिधित्व गर्न म आफै मिस्पामा बस्नेछु। दाखरस, ग्रीष्मऋतुका फल, तेल जम्मा गर अनि भाँडामा राख। तिनीहरूले आफ्नो अधीनमा लिएको शहरहरूमा बस्।”

यर्मिया 40:12

यसर्थ यहूदाका मानिसहरू जो विभिन्न ठाउँमा छरिएर बसेका थिए यहूदामा फर्के अनि मिस्पामा गदल्याहलाई भेटे। तिनीहरूले धेरै मद र ग्रीष्म ऋतुका फलहरू बटुले।

Interlinear

Choose Theme