परमेश्वर, तपाईंले मलाई युद्धको निम्ति शक्तिशाली बनाउनु भयो तपाईंले शत्रुहरूलाई मेरो समक्ष भगाउनुभयो।
Cross references
दाऊदले आफ्नो झोलाबाट एउटा ढुङ्गा निकाल्यो र घुँयेत्रोमा राखेर मच्चायो। घुयेत्रोको ढुङ्गा गएर गोल्यतको आँखा बिच निधारमा लाग्यो। गोल्यत घोप्टो परेर भूईंमा लड्यो।
यसरी दाऊद र तिनका मानिसहरू कीलामा गए। दाऊद र तिनका मानिसहरू पलिश्तीसँग लडे। दाऊदका मानिसहरूले पलिश्तीहरूलाई हराए अनि तिनीहरूका पशु लिए। यसरी दाऊदले कीलाका मानिसहरूलाई बँचाए।
परमेश्वर मलाई शक्ति प्रदान गर्नु हुन्छ। उहाँले मलाई चोखो जीवन जिउन सहायता गर्नुहुन्छ।
हे परमेश्वर, तपाईंले मलाई शक्तिशाली बनाउनु भयो, युद्धमा तपाईंले मेरो शत्रुहरूलाई मेरो अघि झुकाउनु भयो।
मेरो परमेश्वर, तपाईंको सहायताले गर्दा हामी आफ्ना शत्रुहरूलाई पछि धकेल्ने छौं। तपाईंको नाउँमा हामी तिनीहरूलाई कुल्चदै हिंड्ने छौं।
परमप्रभुले मलाई प्रेम गर्नुहुन्छ र मेरो रक्षा गर्नुहुन्छ। परमप्रभु नै त्यो उच्च पर्वतमा मेरो सुरक्षाको जग्गा हुनुहुन्छ। परमप्रभुले मलाई मुक्ति दिनुहुन्छ। परमप्रभु मेरो ढाल हुनुहुन्छ। म उहाँमा भरोसा राख्दछु परमप्रभुले मलाई आफ्ना मानिसहरूमाथि राज्य गर्न सघाउनु हुन्छ।
म परमप्रभु हुँ। म मात्र परमेश्वर हुँ। म बाहेक अरू परमेश्वर छैन्। मैले तिमीलाई बलसँगै लुगा लगाइदिएँ। तर अझै तिमी मलाई बुझ्दैनौ।
विगतमा जुन मानिसहरूले तिमीहरूलाई चोट पुर्याए ती मानिसहरू तिम्रो समक्ष झुक्ने छन्। विगतमा, जो मानिसहरूले तिमीहरूलाई घृणा गरे ती मानिसहरू तिम्रा खुट्टामा निउरिनेछन्। ती मानिसहरूले तिमीलाई ‘परमप्रभुका शहर’ इस्राएलको परम पवित्र ‘सियोन भन्ने छन्।”‘
तिमी परमेश्वरको गौरवमय शक्तिले शक्तिशाली बन्न सक्ने छौ ताकि तिमी धैर्य हुनेछौ अनि सबै कष्टहरू सहन सक्ने छौ।तब तिमीहरू खुशी हुन सक्छौ।
अनि तिनीहरु सबैले भेंडाको पाठाको लागि एउटा नयाँ गीत गाए“तिमी त्यो बेह्रिएको चर्मपत्र लिन अनि त्यसको मोहर खोल्न योग्य छौ, किनभने तिमी मारिएका थियौ। अनि, तिम्रो रगतद्वारा तिमीले परमेश्वरका निम्ति हरेक जाति, भाषा, कूल अनि राष्ट्रबाट मानिसहरुलाई किन्यौ।