Home Bibles 2 शमूएल 22:39 · नेपाली बाइबल
2 शमूएल 22:39 · नेपाली बाइबल

मैले शत्रु नष्ट पारे। तिनीहरूलाई हराएँ! तिनीहरू फेरि उठ्न सक्दैनन् मेरा शत्रुहरू मेरा शरणमा परे।

Cross references

यहोशू 10:24

तिनीहरूले ती पाँचजना राजाहरूलाई यहोशू कहाँ ल्याए। यहोशूले उसका सबै मानिसहरूलाई भने, “यहाँ आऊ, तिमीहरूका खुट्टा यी राजाहरूका धिच्रोमा राख।” यसर्थ यहोशूका सैनिक अधिकारीहरू नजिकमा आए। तिनीहरूले आफ्ना पाउ ती राजाहरूको घिच्रोमा राखे।

1 राजा 5:17

राजा सुलेमानले मन्दिरको आधारशिलाको निम्ति तिनीहरूलाई विशाल अनि मूल्यवान ढुङ्गाहरू काट्ने आदेश दिएका थिए। ती ढुङ्गाहरू सावधानीपूर्वक काटियो।

भजनसंग्रह 18:37

त्यसपछि म मेरा शत्रुहरूलाई खेद्न र पक्रन सक्छु तिनीहरूलाई ध्वंश नगरीकन म फर्केर आउने छैन!

भजनसंग्रह 110:1

परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो, “जति बेला सम्म म तिम्रा शत्रुहरूलाई तिम्रो अधीनमा पार्दिन त्यस बेलासम्म मेरो दाहिनेपट्टि बस्।”

भजनसंग्रह 110:5

मेरो स्वामी तिम्रो दाहिनेपट्टि हुनुहुन्छ। जब उहाँ क्रोधित हुनुहुन्छ उहाँले अन्य राजाहरूलाई डराउनु हुनेछ।

भजनसंग्रह 118:10

धेरै शत्रुहरूले मलाई घेरेर राखे तर परमप्रभुको शक्तिले ती शत्रुहरूलाई मैले परास्त पारें।

मलाकी 4:1

“त्यो न्यायको समय आउँदैछ। यो दन्केको आगोको भट्टी जस्तै हुनेछ। ती सबै अहंकारी मानिसहरूलाई दण्ड दिइनेछ। ती सबै पापी मानिसहरू सुख्खा घाँसजस्तै जल्नेछन्। त्यस समय त्यो आगोमा बल्दै गरेको पराल जस्तै हुनेछ जसको कुनै हाँगा अथवा जरा बाँच्ने छैन।” सर्वशक्तिमान परमप्रभुले यो सबैकुराहरू भन्नुभयो।

मलाकी 4:3

त्यस समय तिमीले ती सबै नराम्रा मानिसहरूलाई कुल्चनेछौ। तिनीहरू तिम्रो पैताला मुनिको धुलो जस्तै हुनेछन्। म न्यायको समयमा यो घटनाहरू घटाउनें छु।” सर्वशक्तिमान परमप्रभुले यी सबैकुराहरू भन्नुभयो।

Interlinear

Choose Theme