Home Bibles 2 शमूएल 19:39 · नेपाली बाइबल
2 शमूएल 19:39 · नेपाली बाइबल

राजाले र्बजितलाई म्वाई खाए र आशीर्वाद दिए। अनि राजा र अरू मानिसहरू नदी पार गए। बरसीलै घर फर्किए।

Cross references

उत्पत्ति 14:19

मल्कीसेदेकले अब्रामलाई आशीर्वाद दिएर भनेः“जुन परमेश्वरले पृथ्वी र र्स्वग बनाउनु भयो, सर्वोच्च परमेश्वरले अब्रामलाई आशीर्वाद दिऊन्।

उत्पत्ति 28:3

म प्रार्थना गर्छु जसले गर्दा सर्वशक्तिमान परमेश्वले तँलाईं आशीर्वाद दिनु हुनेछ अनि तेरो धेरै सन्तान हुनेछन्। म प्रार्थना गर्छु तँ एउटा महान राष्ट्रको पिता हुनेछस्।

उत्पत्ति 31:55

अर्को दिन बिहानै लाबानले आफ्नो नाति-नातिनीहरूलाई म्वाइँ खाए अनि छोरीहरूलाई विदा दिए। उनले तिनीहरूलाई आशीर्वाद दिए अनि घरतिर फर्किए।

उत्पत्ति 45:15

त्यसपछि यूसुफले आफ्ना सबै दाज्यू-भाइहरूलाई म्वाइँ खाए अनि तिनीहरूको निम्ति रोए। त्यसपछि उनका दाज्यू-भाइहरू उनीसँग कुरा गर्न थाले।

उत्पत्ति 47:7

तब यूसुफले आफ्ना बाबु याकूबलाई फिरऊनसित भेट गर्न बोलाए। याकूबले फिरऊनलाई आशीर्वाद दिए।

उत्पत्ति 47:10

0याकूबले फिरऊनलाई आशीर्वाद दिए अनि उनले फिरऊनबाट विदा लिए।

गन्ती 24:25

त्यसपछि बिलाम उठेर घर फर्के अनि बालाक पनि आफ्नो बाटो लागे।

रूथ 1:14

यसर्थ ती स्त्रीहरू फेरि एकदमै रोए। तब ओर्पाले नाओमीलाई म्वाई खाईन अनि गइन्। तर रूथले तिनलाई अंगालो हालिन र छोडिनन्।

1 शमूएल 24:22

दाऊदले शाऊलसँग शपथ खाए। दाऊदले शाऊलका सन्ताहरू कसैलाई पनि मार्ने छैनन् भन्ने वचन सुनेर शाऊल घरतिर फर्के। दाऊद र तिनका मानिसहरू किल्लातिर लागे।

2 शमूएल 6:18

होमबली र मेलबली चढाइसके पछि दाऊदले सर्वशक्तिमान परमप्रभुको नाममा मानिसहरूलाई आशीर्वाद दिए।

2 शमूएल 6:20

दाऊद आफ्नो घरमा आशीर्वाद दिन गए। तर शाऊलकी छोरी मीकल तिनलाई भेटून आइनन्। मीकलले भनिन्, “इस्राएलका राजाले आज आफैलाई सम्मान गरेनन्। आफ्नै नोकर्नीहरूका अघि तपाईंले आफ्नो लुगा खोल्नु भयो। तपाईं त्यही मूर्ख मध्येको एक हुनुभयो जसले नलजाई कपडाहरू खोल्छन्।”

2 शमूएल 13:25

राजाले अब्शालोमलाई भने, “होइन, छोरा। हामी सबै जाँदैनौं। यसले तिमीलाई धेरै बोझ हुनेछ।”अब्शालोमले अनेक बिन्ति गरे। दाऊद नजाने नै भए, तर उसले आशीर्वाद दिए।

2 शमूएल 14:33

तब योआब राजाकहाँ आएर अब्शालोमका सबै कुरा बताउँछन्। राजाले अब्शालोमलाई बोलाउँछन्। त्यसपछि अब्शालोम राजालाई भेटून आउँछन्। राजाका अघि अब्शालोम झुकेर उभिन्छन्। अनि राजाले अब्शालोमलाई म्वाईं खान्छन्।

1 राजा 19:20

तत्कालै एलीशाले गोरूहरू छोेडे अनि एलियाको पछि लागे। एलीशाले भने, “मलाई मेरी आमालाई र बाबुलाई म्वाईखान देऊ अनि तिनीहरूलाई विदा लिनु देऊ। तब म तिम्रो अनुसरण गर्नेछु।”एलियाले उत्तर दिए, “तिमी त्यसो गर्नु सक्छौ, म तिमीलाई रोक्दिन।”

लूका 2:34

त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए अनि मरियम, येशूकी आमालाई भने, “यो बालक इस्राएलमा धेरैजनको उत्थान र पतनको कारण हुनछ। उनी चिन्ह हुनेछन् र जसलाई कतिपयद्वारा अस्वीकार गरिनेछ।

प्रेरित 20:37

तिनीहरू प्रत्येक नै रोए, धेरै रोए। तिनीहरू अत्यन्त उदास भए कारण पावलले भनेका थिए कि विशेष गरी अब तिनीहरूले उनलाई कहिल्यै देख्ने छैनन्।

1 थिस्सलोनिकी 5:26

जब भेट गर्छौं सब भाइ बहिनीहरूलाई पवित्र चुम्बनले अभिवादन गर।

Interlinear

Choose Theme