Home Bibles ☰ Books रूथ 1:14 · नेपाली बाइबल
रूथ 1:14 · नेपाली बाइबल

यसर्थ ती स्त्रीहरू फेरि एकदमै रोए। तब ओर्पाले नाओमीलाई म्वाई खाईन अनि गइन्। तर रूथले तिनलाई अंगालो हालिन र छोडिनन्।

Cross references

उत्पत्ति 31:28

तैंले मेरा नातिहरूलाई म्वाइँ खान अनि छोरीहरूलाई बिदाइगर्न पनि दिइनस्। यो सब गरेर तँ साह्रै मूर्ख भइस्।

उत्पत्ति 31:55

अर्को दिन बिहानै लाबानले आफ्नो नाति-नातिनीहरूलाई म्वाइँ खाए अनि छोरीहरूलाई विदा दिए। उनले तिनीहरूलाई आशीर्वाद दिए अनि घरतिर फर्किए।

व्यवस्था 4:4

तर जो परमप्रभु तिमीहरूका परमेश्वरसित थिए, तिनीहरू सबै आज पनि जीवित छन्।

व्यवस्था 10:20

“तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई आदर गर, उहाँलाई कहिल्यै नछोड तथा कसम खाँदा पनि उहाँकै नाउँमा खाऊ।

रूथ 1:7

तिनीहरूले आफूहरू बसिरहेको स्थान त्याग गरे अनि यहूदा देशमा फर्कन थाले।

रूथ 2:11

बोअजले तिनलाई उत्तर दिए, “तिमीले नाओमी, तिम्री आमालाई सहायता गरेको विषयमा मलाई सबै थाहा छ। म जान्दछु तिम्रा पतिको मृत्यु भएपछि पनि तिमीले उनलाई सहायता गर्यौ। अनि म जान्दछु कि तिमीले आफ्ना पिता-माता एवं आफ्नै देश पनि त्याग गर्यौ र यस देशमा आयौ। तिमीले यस देशका कुनै व्यक्तिलाई चिन्दैन थियौ, तर तिमी नाओमी सित यहाँ आयौ।

1 राजा 19:20

तत्कालै एलीशाले गोरूहरू छोेडे अनि एलियाको पछि लागे। एलीशाले भने, “मलाई मेरी आमालाई र बाबुलाई म्वाईखान देऊ अनि तिनीहरूलाई विदा लिनु देऊ। तब म तिम्रो अनुसरण गर्नेछु।”एलियाले उत्तर दिए, “तिमी त्यसो गर्नु सक्छौ, म तिमीलाई रोक्दिन।”

हितोपदेश 17:17

असल मित्रले सधैं माया गरिरहेको हुन्छ। त्यसरी नै साँचो दाज्यू-भाइले पनि कष्टको समयमा सहायता पुर्याइरहेको हुन्छ।

हितोपदेश 18:24

धेरै मित्रहरू भएको मानिसले आफैंलाई हानी गर्छ, तर कुनै भित्र यस्तो पनि हुन्छ जो आफ्नै दाज्युभाई भन्दा पनि विश्वासीहुन्छ।

यशैया 14:1

भविष्यमा, परमप्रभुले फेरि आफ्नो प्रेम याकूबमाथि दर्शाउनु हुने छ। परमप्रभुले फेरि एकपल्ट इस्राएललाई छान्नु हुनेछ। त्यसबेला परमप्रभुले तिनीहरूलाई आफ्ना भूमि फर्काइ दिनुहुनेछ। तब गैर-यहूदीहरू आफै यहूदी समूहमा सम्मिलित हुनेछन्। दुवै समुदायहरू परस्परमा मिलेर एक परिवार अर्थात याकूबको परिवार तुल्य हुनेछन्।

जकरिया 8:23

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “त्यस समय, बिभिन्न जातिहरूबाट बिभन्न भाषाहरू बोल्ने दशजना मानिसहरूले एकजना यहूदी मानिसको लुगाको छेउ समात्नेछ अनि भन्नेछ, “हामीले सुनेका छौं कि परमेशवर तिम्रो साथमा हुनुहुन्छ, के हामी उहाँको उपासना गर्न तिमी सित आउँन सक्छौं?”‘

मत्ती 10:37

“जसले मलाई भन्दा आफ्ना बाबु-आमालाई धेरै माया गर्छ उ मलाई पच्छ्याउने योग्यको हुँदैन। जसले आफ्नो छोरा-छोरीलाई मलाई भन्दा धेरै माया गर्छ, ऊ मेरो पछिलाग्ने योग्यको हुँदैन।

मत्ती 16:24

त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहान्छ भने उसले आफूलाई चाहिएको चीजहरू प्रति अस्वीकार गर्नु पर्छ। उसलाई प्रदान गरीएको क्रूस उसले स्वीकार गर्नै पर्छ अनि त्यसपछि मलाई उसले पछ्याउनु पर्छ।

Interlinear

Choose Theme