Home Bibles 2 शमूएल 18:33 · नेपाली बाइबल
2 शमूएल 18:33 · नेपाली बाइबल

तब राजाले अब्शालोम मरे भनेर थाहा पाए। राजा साह्रै दुःखी भए। ऊ द्वारबाट कोठामा गएर रोए। कोठामा जाँदा रूँदै गए। तिनले भन्दैथिए, “हे मेरो छोरा अब्शालोम, तिम्रो सट्टामा म मर्नु असल थियो। हे अब्शालोम, मेरो छोरा, छोरा!”

Cross references

उत्पत्ति 21:11

यसले अब्राहामलाई अत्यन्तै दुःखी बनायो र तिनी आफ्नो छोरा इश्माएलको निम्ति चिन्तित भए।

प्रस्थान 32:32

अब यिनीहरूका पाप क्षमा गरि दिनुहोस्। यदि तिनीहरूलाई क्षमा गर्नु हुँदैन भने तपाईंले लेख्नु भएको पुस्तकबाट मेरो नाउँ निशान मोटाइ दिनुहोस्।”

2 शमूएल 12:10

यसकारण तरवारले तिम्रा परिवारका कसैलाई त्यही गति बनाउने छ। तिमीले उरियाहकी पत्नी लग्यौ। यसरी नै थाहा हुन्छ मेरो कुनै वास्तानै गरेनौ।’

2 शमूएल 14:1

सरूयाहका छोरा योआबले राजा अब्शालोमका बारेमा साह्रै चिन्तित छन् भन्ने थाहा पाए।

2 शमूएल 19:1

मानिसहरूले योआबलाई खबर सुनाउँछन्। तिनीहरूले योआबलाई भन्छन्, “हेर्नुहोस्, राजा अब्शालोमको लागि दुःखी भएर रोइरहेकाछन्।”

2 शमूएल 19:4

राजाले अनुहार ढाकेका थिए। हे मेरो छोरा “अब्शालोम, मेरो छोरा भन्दै राजा जोडजोडले रोइरहेका थिए।”

भजनसंग्रह 103:13

परमप्रभु आफ्ना भक्तजनहरूसंग त्यस्तो स्नेही हुनुहुन्छ जसरी एक पिता आफ्ना छोरा-छोरीहरूसँग हुन्छ।

हितोपदेश 10:1

एकजना बुद्धिमानी छोरोले आफ्नो बाबुलाई आनन्द दिन्छ भने, एक मूर्ख छोरोले आफ्नी आमालाई कष्ट दिएको हुन्छ।

हितोपदेश 17:25

मूर्ख छोरोले उसको बाबुलाई शोक दिइरहन्छ, अनि आफूलाई जन्म दिने आमालाई पीर मार्कामा पार्छ।

रोमी 9:3

तिनीहरू मेरा दाज्यु-भाइ दिदी-बहिनीहरू हुन्, पृथ्वीमा मेरा सन्तानहरू हुन्। यदि यसले तिनीहरूलाई सहायता गर्न सक्थे भने म ख्रीष्टबाट श्राप पाउन र उहाँसित छुट्टिनें पनि इच्छा गर्थें।

याकूब 5:17

एलिया पनि हामी जस्तै मानिस थिए। तिनले पानी नपरोस् भनी, गम्भीरता पूर्वक प्रार्थना गरे, त्यस भूमिमा तीन र्बषसम्म पानी परेन।

Interlinear

Choose Theme