Home Bibles हितोपदेश 10:1 · नेपाली बाइबल
हितोपदेश 10:1 · नेपाली बाइबल

एकजना बुद्धिमानी छोरोले आफ्नो बाबुलाई आनन्द दिन्छ भने, एक मूर्ख छोरोले आफ्नी आमालाई कष्ट दिएको हुन्छ।

Cross references

1 राजा 4:32

आफ्नो जीवन-कालमा सुलेमानले 3,000 ज्ञानवर्द्धक शिक्षाहरू अनि 1,005 गीतहरू रचे।

हितोपदेश 1:1

यी हितोपदेशहरू दाऊदका छोरा सुलेमानका हुन्। सुलेमान इस्राएलका राजा थिए।

हितोपदेश 15:20

एक बुद्धिमानी छोरोले बाबुको निम्ति खुशीयाली ल्याउँछ भने, मूर्ख छोरोले उसको आमालाई हेला गर्छ।

हितोपदेश 17:21

मूर्ख छोरा भएको पिता दुःखी हुन्छ। मूर्ख छोरोको बाबु कहिल्यै सुखी हुँदैन।

हितोपदेश 17:25

मूर्ख छोरोले उसको बाबुलाई शोक दिइरहन्छ, अनि आफूलाई जन्म दिने आमालाई पीर मार्कामा पार्छ।

हितोपदेश 19:13

मूर्ख छोरो बाबुको लागि विनाशको बाढी हो, अनि झगडालु पत्नी नित्त्य पानी चुहुने घर जस्तै हो।

हितोपदेश 23:15

हे मेरो छोरो, तिमी बुद्धिमान् भयौ भने म खुशी हुनेछु।

हितोपदेश 23:24

इमान्दार मानिसका बाबु अति सुखी मानिस हुन। यदि कुनै मानिसको बुद्धिमान नानी छ, भने त्यस नानीले घरमा खुशीयाली ल्याउँछ।

हितोपदेश 23:25

यसर्थ तिम्रा आमा-बाबु तिमी सित खुशी भई बसुन्। तिम्री आमाले आनन्द पाउन।-17-

हितोपदेश 25:1

सुलेमानका यी हितोपदेशहरू यहूदाका राजा हिजकियाका नोकरहरूबाट उतारेका हुन्।

हितोपदेश 29:3

यदि कुनै मानिसले ज्ञानलाई प्रेम गर्छ भने, उसको बाबु खुशी हुन्छन, तर वेश्याहरूको साथीले आफ्नो सम्पत्ति बरबाद गर्छ।

हितोपदेश 29:15

दण्ड अनि शिक्षाहरूले ज्ञानतिर डोर्याउँछ, तर एकजना छाडा छोडिएको छोरा आमाको लाज बन्छ।

उपदेशक 2:19

जुन कुराहरूका लागि मैले यति मन लगाई परिश्रम गरें ती सब माथि अरूकै अधिकार हुनेछ र म यो पनि जान्दिन कि त्यो अधिकार जमाउने मानिस बुद्धिमान हुन्छ कि मूर्ख। तर यी सब पनि त व्यर्थ नै रहेछन्।

उपदेशक 12:9

उपदेशक खुबै ज्ञानी थिए। उनले मानिसहरूलाई शिक्षा दिन आफ्नो ज्ञानको प्रयोग गरे। उपदेशकले खुबै सावधानीसित अध्यायन गरे र धेरै शक्तिहरूलाई सम्पादन गरे।

Interlinear

Choose Theme