Home Bibles ☰ Books 1 शमूएल 16:20 · नेपाली बाइबल
1 शमूएल 16:20 · नेपाली बाइबल

यिशैले शाऊलका निम्ति उपहारको बन्दोबस्त गर्यो। यिशैले उपहारको रूपमा एउटा गधा, केही रोटी, एक मशक दाखरस र एउटा बाख्राको पाठो तयार पार्यो। यिशैले ती चीजहरू दाऊदका साथ लगाएर शाऊल कहाँ पठायो।

Cross references

उत्पत्ति 43:11

त्यसपछि तिनीहरूका बाबु इस्राएलले भने, “यदि यो सही रूपमा नै साँचो हो भने, तब बिन्यामीनलाई तिमीहरूसँगै लिएर जाऊ। तर त्यस शासकको निम्ति केही उपहारहरू लैजाऊ। हामीले आफ्नो भूमिमा उब्जाएका चीजहरूबाट केही लिएर जाऊ। केही सुगन्धित मसला, अलिकती मह, अलिकता, सुगन्धित लेप, मूर्र, पेक्ता, र हाडे-बदाम लिएर जाऊ।

1 शमूएल 10:27

तर कोही बद्‌माशहरूले भने, “यो मानिसले हामीलाई कसरी रक्षा गर्छ?” तिनीहरूले शाऊलको विरूद्धमा नराम्रो भन्न थाले र उपहार नदिनेभए। तर शाऊलबाट कुनै प्रतिक्रिया भएन।अम्मोनीका राजा नाहाशले गाद र रूबेन कुल समूहरूलाई सताईरहेका थिए। नाहाशले प्रत्येक पुरूषको एउटा दाहिने आँखा निकाल्न लगायो। नाहाशले तिनीहरू कसैलाई पनि सहायता गर्न दिएनन्। अम्मोनीका राजा नाहाशले यर्दन नदीको पूर्वतिर बस्ने प्रत्येक इस्राएली मानिसहरूको दाहिने आँखा निकाले। तर 7,000 इस्राएली मानिसहरू अम्मोनीबाट भागेर याबेश गिलाद आए।

1 शमूएल 17:18

यो 10 टुक्रा पनीर पनि लिए जाऊ। तिम्रा दाज्यूहरूको 1,000 सेनाको समूहलाई आदेश गर्ने अधिकारीलाई देऊ। दाज्यूहरूले के गर्दै छन् हेर। दाज्यूहरू ठीक-ठाक नै छन् भन्ने प्रमाण पनि लिएर आउनु।

1 शमूएल 25:18

अबीगेलले हतार हतार 200 वटा रोटी, दुइ मशक दाखरस पाँचवटा पकाएको भेडा, पाँच पाथी पकाएको चिउरा 100 झुप्पा किसमिस र सुकाएको 200 झुप्पा नेभारा तयार पारी गधाहरूमा लदाइन्।

2 शमूएल 16:1

दाऊद जैतुन डाँडाको टापुमा अलिक पर मात्र पुगेका थिए, मपीबोशेतको नोकर सीबाले दाऊदलाई भेटे। सीबासँग जीन लगाम कस्सिएका दुइवटा गधा थिए। गधामा 200 रोटी, 100 झुप्पा किसमिस, 100 ग्रीष्मफल र दाखरस लादिएको एउटा मसक थियो।

हितोपदेश 18:16

उपहारले एकजना मानिसको निम्ति ढोका उर्घाछ, अनि त्यो मानिस महापुरूषहरूको सामुन्ने पुग्न सक्छ।

Interlinear

Choose Theme