Home Bibles ☰ Books 1 शमूएल 25:42 · नेपाली बाइबल
1 शमूएल 25:42 · नेपाली बाइबल

हतार-हतार तयार भएर गधामा चढी ती दूतहरूसँग अबीगेल बाटो लागिन्। अबीगेलले आफूसित पाँचजना सहेलीहरू लगिन् र आफू दाऊदकी पत्नी भइन्।

Cross references

उत्पत्ति 24:61

त्यसपछि रिबेका र उसको सहेलीहरू ऊँटमा चढेर अघि लागे अनि अब्राहामको नोकर र उसको साथीहरू तिनीहरूको पछि लागे। यसरी त्यो नोकरले रिबेकालाई आफूसंगै लिएर घर फर्किन यात्रा शुरू गरे।

1 शमूएल 27:3

दाऊद, तिनका मानिसहरू र तिनका परिवार गातमा आकीशसँग बसे। दाऊदकी दुवै पत्नी तिनीसितै थिए। तिनीहरू यिज्रेली अनहीनोअम अनि कर्मेली अबीगेल थिए। अबीगेल नबालकी विधवा थिईन्।

1 शमूएल 30:5

अमालेकीहरूले दाऊदका दुवै पत्नीहरू यिज्रेली अहीनोअम र कर्मेली नाबालकी विधवा अबीगेललाई पनि हरेर लगेछन्।

2 शमूएल 2:2

त्यसै कारण दाऊद आफ्ना दुइवटी पत्नी लिएर हेब्रोनतिर लागे। (उसका पत्नीहरू यिज्रेलीबाटकी अहीनोअम र कर्मेलको नाबाल की विधवा अबीगेल थिए।)

2 शमूएल 3:3

माहिलो छोरो किलाब थिए। उसकी आमा कर्मेलका नावालकी विधुवी अबीगेल थिइन्। साँहिलो छोरा अबशालोम थिए। अबशालोमकी आमा गशूरका राजा तिल्मैकी छोरी माकाह थिइन्।

भजनसंग्रह 45:10

हे मेरी स्त्री, मेरा कुरा सुन। ध्यानदिएर सुन अनि तिमीले बुझ्ने छौ। आफ्ना मानिसहरू र आफ्ना पिताका परिवारलाई बिर्स।

Interlinear

Choose Theme